coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

महिन्द्र पक्षका नेता नेसपाकाे पार्टी जिम्मेवारीबाट मुक्त

नेपाल समाजवादी पार्टी (नेसपा) ले नेकपा (माओवादी) सँग पार्टी एकीकरण गर्ने घोषणा गरेका महिन्द्र यादव पक्षधर नेताहरूलाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ।

निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्चमा

उपेन्द्र यादव पक्षलाईजनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालतमा पुगेका छन्।

उपेन्द्र यादव पक्षले पायाे जसपाको आधिकारिकता

यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले यादव पक्षलाई आधिकारिकता दिएको हो।

जसपाको कार्यकारिणी समितिमा यादव पक्षको बहुमत

जसपाका अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यले निर्वाचन आयोगमा पुगेर सनाखत गरेका हुन्।

यादव पक्षले माग्यो सात मन्त्रालय

जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले सरकारसँग सात मन्त्रालय मागेको छ। यादव पक्षका नेता मृगेन्द्रसिंह यादवले सात मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने आफूहरूको लाइन भएको स्पष्ट पारे। यद्यपि यसबारे पार्टीको औपचारिक निर्णय नभएको उनले प्रस्ट पारे।

आयोगको फैसलापछि मात्र यादव पक्ष सरकारमा जाने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्का अध्यक्ष पुष्पकमल दाहालले जसपा अध्यक्ष उपेन्द्र यादवलाई आग्रह गरेका थिए। तर यादव भने आधिकारिकताको टुंगो लागे पछि मात्र आफूहरू सरकारमा जाने बताए। अध्यक्ष यादवले यसपटक आफू सरकारमा नजाने आफूनिकटसँग बताएका छन्। उनी सरकारमा नगए यादव पक्षको तर्फबाट राजेन्द्र श्रेष्ठ या महेन्द्र यादवले सरकारको नेतृत्व गर्ने भएका छन्।

सर्वोच्चको निर्णयप्रति ठाकुर पक्ष चिन्तित

प्रधानमन्त्रीले गरेको मन्त्रिमण्डल विस्तार खारेज गर्ने सर्वोच्चको निर्णयलाई जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले चिन्ता र दुःख व्यक्त गरेको छ।तर उपेन्द्र यादव पक्षका नेताहरू भने सर्वोच्चको निर्णयबाट खुसी भएका छन्।

निर्वाचन आयोगविरुद्ध उपेन्द्र अदालत जाने

जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले निर्वाचन आयोगको आइतबारको निर्णयविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने घोषणा गरेको छ। महन्थ ठाकुर पक्षले भने आयोग निर्णयलाई स्वागत गरेको छ।

आयोगको निर्णयले ठाकुरलाई राहत, उपेन्द्र आक्रोशित

निर्वाचन आयोगको फैसलाबाट आफैंले मागेको समयमा दस्तावेज बुझाउन नसकेर नयाँ पार्टी गठन गर्ने निष्कर्षमा पुगेको जसपा ठाकुर पक्षले राहत महसुस गरेको छ। यादव पक्ष भने भनेअनुसार दस्तावेज बुझाउँदा पनि फैसला आफू अनुकूल नआएपछि आक्रोशित बन्न पुगेको छ।

जसपा यादव पक्षको राजनीतिक प्रतिवेदनः ओलीबाट माग पूरा हुन्छ भनी सोच्नु हानिकारक

जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले शुक्रबार सार्वजनिक गरेको राजनीतिक प्रतिवेदनमा ओली सरकारबाट केही प्रशासनिक माग सम्बोधन भए पनि राजनीतिक माग मुद्दा सम्बोधन हुन्छ भनी सोच्नु हानिकारक भएको निष्कर्ष निकालेको छ ।

यादव पक्षका ५ सांसदले कित्ता फेरे

कित्ता परिवर्तन गरी ठाकुर पक्षमा पुग्ने सांसदमा उमाशंकर अरगरिया, विमल श्रीवास्तव, रुही नाथ, कल्लुदेवी विश्वकर्मा र रेणुका गुरुङ छन्। ठाकुर पक्ष सरकारमा जाने निश्चित भएपछि उनीहरूले कित्ता परिवर्तन गरेको स्रोतको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्