२२ असार २०८१ शनिबार
image/svg+xml

मेलम्चीमा खोइ त छानविन?

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना जन्मदेखि नै भ्रष्टाचारको आहालमा डुबेको छ। यो आहालबाट १६ पदाधिकारी र दुई कम्पनीसमेतलाई अख्तियारले पाखामा ल्याइदिएको छ।

हेलम्बु मेलम्चीमा बाढी: मेलम्ची–हेलम्बु सडक अवरुद्ध

अबिरल वर्षाका कारण सिन्धुपालचोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ ।लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ।

प्रधानमन्त्री दाहाल मेलम्चीमा

प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न आज मेलम्ची आइपुगेका छन्।

मेलम्ची बाढीपहिराको डेढ वर्ष: विपद्को घाउ अझै उस्तै

मेलम्चीमा आएको विनाशकारी बाढीपहिरोले हेलम्बु र मेलम्ची क्षेत्रमा पुर्‍याएको ठूलो जनधनको क्षति भएको डेढ वर्षभन्दा बढी भइसकेको छ। तर, त्यसले छाडेर गएको घाउ अझै पनि उस्तै छ।

मेलम्चीमा फेरि बाढी: रातो पुल बगायो, १२ घर टहरा पनि बगे

पछिल्लो बाढीले रातो पुल बगाएपछि हेलम्बु एक्लिएको छ। अघिल्लो बाढीबाट मेलम्ची–हेलम्बु करिडोरमा भएकामध्ये यो पुल मात्र बचेको थियो। जाली गारो र ढुंगाले यो पुल जोेगाउने प्रयास भइरहेका बेला पुनःअर्को बाढी आएको हो।

मेलम्ची पुगेर प्रम ओलीले भने : समाजसेवा देखाउनका लागि हैन

उनले मेलम्चीमा राहत दिने नाममा कोही फेसबुकमा राख्ने, कोही धर्म प्रचारमा आउने गरेको बताउँदै राहतमा स्वार्थ राखेर समाजसेवा नहुने बताए। उनले राहत वितरण गर्ने जोकोहीले पनि स्थानीय तहसँग समन्वय गरी गर्नुपर्नेमा जोड दिए।

मेलम्चीमा बाढीको सूचना दिने साइरन जडान

साइरन जडानसँगै आगामी दिनमा बाढीबाट हुने मानवीय क्षति कम हुने अपेक्षा गरिएको छ। यही असार १ गते र त्यसयताको वर्षा तथा बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठुलो क्षति भएको छ।

मेलम्चीको बहाव बढ्यो, सतर्क रहन आग्रह

बुधबार दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै प्ररीले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

भ्रेमाथाङ पहिरोले मेलम्चीमा बाढी

तल्लो तटीय क्षेत्र जोखिममा रहेकाले हेलम्बुको नाकोतेदेखि मेलम्ची हुँदै काभ्रेको दोलालघाटसम्म मनसुन अवधिभर बसोबास नगर्न विज्ञ सुझाव।

बेथानचोक गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान

नेपाली कांग्रेसका युवा नेता भगवान अधिकारीले काभ्रेको बेथानचोक गाउँपालिकाका सम्पुर्ण वार्डका वृद्ध र बालबालिकाका लागि आवश्यक औषधि वितरण गरेका छन्।

मेलम्चीमा १२ करोडको ग्रिन सिटी पार्क

सिन्धुपाल्चोकको सिम्ले बगर (शिखरपुर) स्थित पर्यटन प्रवद्र्धन र वातारणीय संरक्षण अभियानका लागि ग्रिन सिटी पार्क निर्माण हुने भएको छ । नगर क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत मेलम्ची नगरपालिकाले १२ करोड रुपैयाँ लगानीमा सो पार्क निर्माण गर्न लागेको हो ।

मेलम्चीमा राज्यलाई ५८ करोडको भारः लेखा समिति

व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले मेलम्ची खानेपानी विकास समितिलाई ठेकेदार कम्पनीलाई ५८ करोड रुपैयाँ क्षतिपूर्ति दिनुको कारण सात दिनभित्र स्पष्ट पार्न निर्देशन दिएको छ ।

मेलम्चीमा मनमानी

मेलम्ची आयोजना चाँडै सम्पन्न होला र काकाकुल काठमाडौंको तिर्खा मेटिएला भनेर पर्खेको दुई दशक पुग्ने छाँट देखिँदैछ। आयोजना प्रगतिको कछुवा गतिले राजधानीवासीको धैर्यको बाँध टुटाउन लागेको छ। राजधानीवासीलाई आयोजना सञ्चालकहरूले दिएको आश्वासन पट्ट्यारलाग्दो गरी कुरेका कुर्‍यै छन्।

मेलम्चीमा भेटिएकाे पहेंलो वस्तु परीक्षण गर्न खानी विभाग पठाइयाे, निर्माण कार्य प्रभावित

बहुचर्चित तथा बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल क्षेत्रको चट्टाने पहाडमा सुन जस्तै पहेंलो रंगको चम्किलो पदार्थ भेटिएपछि त्यहाँ पहाड खन्ने काम रोकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्