१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

पहिराेले घर पुरिँदा आमाछोरीको मृत्यु, ओखलढुंगामा बाढीपहिरोबाट मर्नेकाे संख्या ४ पुग्यो

ओखलढुंगामा बाढी पहिरोबाट मृत्यु हुनेको संख्या चार जना पुगेको छ। जिल्लाको मोलुङ गाउँपालिका ७ पात्लेमा पहिरोले घर पुरिँदा आमाछोरीको ज्यान गएको छ। पहिरोले घर पुरिँदा घरभित्र रहेका ४० वर्षीया पुटी शेर्पा र उनका छोरी १० वर्षीया याङ्जी शेर्पाको ज्यान गएको हो।

दुई दिनदेखि अवरुद्ध विपी राजमार्ग अझै खुलेन

चार दिनदेखिको अविरल बर्षाका कारण दुई ठूला राजमार्ग अवरुद्ध भएको छ। दुई दिनदेखि नै विपी राजमार्ग र मध्यपहाडी राजमार्ग अवरुद्ध भएको हो। माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने

बाढी, पहिरोका कारण मृतक र घाइते परिवारलाई प्रदेश नम्बर ३ सरकारले राहत रकम दिने घोषणा गरेको छ। प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको शनिबार हेटौंडामा बसेको बैठकले बाढी, पहिरोका कारण मृतकका परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको हो।

बाढीपहिरोबाट सिन्धुलीमा २ को मृत्यु, ६ जना बेपत्ता

अविरल बर्षाका कारण सिन्धुलीका दुई छुट्टाछुट्टै घट्नामा १ को मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन्। कमला नदीमा आएको बाढीले बगाउँदा एक बालकको मृत्यु भएको छ।

बाढीपहिरोले सिन्धुलीमा दुई सय पोल बगायो, विद्युत सेवा अवरुद्ध

लगातार चार दिनदेखि परेको अविरल बर्षाका कारण सिन्धुलीको विद्युत सेवा अवरुद्ध भएको छ। बर्षाका कारण बाढी र पहिरोले विद्युतका पोल बगाएपछि विद्युत सेवा अवरुद्ध भएको हो।

बाढी र पहिरोबाट मर्नेकाे संख्या ३२ पुग्यो, ८३१ जनाको उद्दार

दुई दिनदेखि परेको अविरल वर्षापछिको बाढी र पहिरोबाट देशभर मर्नेको संख्या ३२ पुगेको छ। प्रहरी प्रधान कार्यालयले शनिबार अपराह्न सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर मृत्यु हुनेको संख्या ३२ पुगेको छ।

स्थानीय सरकारमार्फत् नै राहत बाँडिने

अविरल वर्षासँगैको बाढी र पहिरोमा परेका प्रभावितहरूका लागि स्थानीय सरकारमार्फत्नै राहत वितरण गर्ने सरकारले निर्णय गरेको छ।

मृतकका परिवारलाई तीन लाख राहत दिइने

प्रदेश २ मा बाढीपहिरोले ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले तीनलाखको दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

पहिरोले एकै परिवारका तीनको मृत्यु

भोजपुरको दक्षिण रामप्रसाद राई गाउँपालिका–५, भञ्ज्याङमा पहिरोले घर पुरिएर एकै परिवारका आमा र दुई छोरा गरी तीनजनाको ज्यान गएको छ।

२१ को मृत्यु, आठ बेपत्ता, ६ हजार विस्थापित

वर्षाका कारण राजधानी काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न भाग डुबानमा परेका छन्। मुलुकका विभिन्न भागमा बिहीबार रातिदेखि भइरहेको छ। वर्षासँगै भएको डुबान र बाढीपहिरोमा परी २१ जनाको मृत्यु भएको छ भने नौजना बेपत्ता भएका छन्।

बाढी–पहिरोले १७ जनाको मृत्यु, कहाँ के–के भयो ?

केहि दिन अघिदेखि परेको अविरल वर्षाले देशका विभिन्न ठाउँमा वितण्डा मच्चाएको छ। बाढी र पहिरोले देशभर १७ जनाले ज्यान गुमाएका छन् भने सात जना बेपत्ता भएका छन्। त्यस्तै हालसम्म सात जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीले हालसम्म चार जनालाई उद्धार गरेको जनाएको छ।

पहिरोले घर भत्काउँदा एकै परिवारका दुईको मृत्यु

पहिरोले घर पुरिँदा रामप्रसाद दंगालकी श्रीमती अन्दाजी ६० वर्षीया गोमा दंगाल र उनकी नातिनी ७ वर्षीया सुहाबी दंगालको घटनास्थलमै मृत्यु भएको हो।

पहिरोले घर भत्कियो

चार दिन देखी निरन्तर परेको झरिका कारण ओखलढुंगाको खिजीफलाटे बजारमा पहिरोले एउटा नयाँ घर पूर्ण रुपमा भत्काएको छ। खिजीदेम्बा गाउँपालिका वडा नं ५ खिजीफलाटे बजारमा रहेको धन बहादुर तामाङ्गको ३ तले ढुगां माटोले बनेको नयाँ घर पहिरोले भत्काएको हो।

काठमाडौं जोड्ने चार सडक अवरुद्ध, पहिरोले कार पुरियो

निरन्तर वर्षाका कारण आएको बाढी र पहिरोले हेटौंडा हुँदै काठमाडौं जोड्ने चार वटै सडक अवरुद्ध भएको छ। पहिरोका कारण सिस्नेरी र फाखेल हुँदै हेटौंडा–काठमाडौं छोटो दुरीको मार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्