१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

लगातारकाे वर्षाले कहाँ–कहाँ के भयाे ?

लगातारको वर्षाले मुलुकको जनजीवन प्रभावित भएको छ । खोला किनारका वस्ती जोखिममा छन् । बाढीपहिरो आउने क्रम जारी छ । सडक अवरुद्ध छन् । दैनिक कामकाज प्रभावित भएको छ ।

बाढीपहिरोमा परी दुईजना बेपत्ता,आधा दर्जन आयोजना क्षतिग्रस्त

बेपत्ताद्वय शिवश्री हाइड्रो पावरद्वारा निर्माणाधीन १ सय २२ मेगावाट क्षमताको सो आयोजनाको उपठेकेदार बेस स्ट्रक्चरका कर्मचारी हुन्।

पहिरो हटाउन प्रहरी परिचालन

वर्षासँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्ने क्रम शुरु भएपछि पन्छाउनका लागि प्रहरी परिचालन गरिएको छ। इलाका प्रहरी कार्यालय मुग्लिन र प्रहरीचौकी जुगेडीमार्फत प्रहरीको टोली खटाइएको हो।

जताततै पहिरो, जोखिममा स्थानीय

जिल्लाको उत्तरी याङ्वरक–२ का विभिन्न बस्तीमा पहिरो जाँदा स्थानीय विस्थापित भएका छन्। मंगलबार राति र बुधबार विभिन्न गाउँका ठाउँ–ठाउँमा पहिरो जाँदा कम्तीमा १७ परिवार जोखिममा परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ।

पानीसँगै बगेको लेदोले पृथ्वी राजमार्ग अवरुद्ध

बुधबार रातीदेखि परेको पानीसँगै लेदो बग्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। धादिङको बैरेनी र जहरेका सडकमा लेदो बग्दा राजमार्ग अवरुद्ध भएको छ। धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारबाट वालुवाखानी जाने शाखा सडकहरु जताभावी खोल्दा पानीसँगै राजमार्गमा लेदो बगेको हो। जसका कारण बैरेनीबजारका घरहरु पनि डुबानमा परेको छ।

पहिरोले बनायो विस्थापित

पाँचथर उत्तरी गाँउपालिका–२ फलैचाका विभिन्न गाँउमा पहिरो जाँदा विभिन्न बस्तीका बासिन्दा जोखिममा परेर विस्तापित भएका छन्।

सुरुङमा फसेका ६ चिनियाँ नागरिकसहित १७ को सकुशल उद्धार

१११ मेगावट क्षमताको यो आयोजना रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माण हुँदै छ।

पहिरोले सुरुङभित्रै १५ जना कामदार फसे

रसुवागढी जलविद्युतु आयोजनाको पावर हाउसभन्दा माथिबाट आएको पहिरोले सुरुङमा रहेका १५ जना कामदारभित्रै फसेका छन्।

एक्साभेटर पुरिँदा दुई जनाको मृत्यु भएको आशंका

पश्चिम मकवानपुरको दुर्गम क्षेत्रमा सडकको ट्रयाक खन्ने क्रममा पहिरो खस्दा एक्साभेटर पुरिएर दुई जना हेल्परको मृत्यु भएको आशंका गरिएको छ। राक्सिराङ गाउँपालिका ८ टोड्केमा बाटो खन्ने क्रममा बिहीबार विहान करिब पौने १२ बजे एक्साभेटरसँगै चितवनका २३ वर्षिय सुदीप श्रेष्ठ र धादिङका १७ वर्षिय रोशन बुढाथोकी पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताए।

रसुवागढी नाकामा पहिरो, ७ कन्टेनरमा क्षति

रसुवागढी नाकामा शनिबार सुख्खा पहिरो जाँदा सात वटा कन्टेनरमा क्षति पुगेको छ। भूकम्पको कारण चार वर्षअघि झरेको पहिरो रोकथामको काम नहुँदा कन्टेनरमा क्षति पुगेको हो। यसअघि पनि त्यस क्षेत्रमा सुख्खा पहिरो जाने गरेको थियो।

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक एकतर्फी

नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण एकतर्फी सञ्चालनमा आएको छ। शनिबार राति आएको वर्षाका कारण दुई ठाउँमा पहिरो जाँदा सडक एकतर्फी सञ्चालनमा आएको हो।

सार्नुपर्ने बस्तीमा घर निर्माण

२०७२ वैशाख १२ गतेको भूकम्पपछि उत्तरी धादिङको रुबिभ्याली गाउँपालिका–४ स्थित हिन्दुङका ९६ घरधुरीलाई दुईवटा पहिरोले घे¥यो। घर ढले, जग्गाजमिन चिराचिरा प¥यो र माथिबाट झरेको पहिरोले बस्ती जोखिममा पा¥यो। पहिरोको जोखिम भएपछि केही सदरमुकाम धादिङबेंसी झरे, केही सल्यानटार भने केही आसपासका बस्तीमा सरे। भूकम्पपछि सर्वेक्षणमा पुगेका भूगर्भविद्ले बस्ती नै सार्नुपर्ने भनेर सिफारिस गरेका थिए। तर अहिले यो बस्तीमा न पहिरोको त्रास नै रोकिएको छ न बस्ती नै अन्यन्त्र सारिएको छ। सार्नुपर्ने भनिएको बस्तीमै स्थानीय धमाधम घर बनाएर बसिरहेका छन्।

विपद्का घटनाले करोडौंको क्षति

विपद्का घटना न्यूनीकरणमा सरोकारवाला पक्षको भूमिका बढाउनुपर्ने देखिएको छ। हिमाली जिल्ला ताप्लेजुङमा चालु आर्थिक वर्ष २०७५/०७६ मा मात्र १ सय २३ घरधुरीमा विपद्का घटनाले क्षति गरको पाइएको छ भने करोडौं मूल्य बराबरको नोक्सानी भएको छ।

पुरानै जग्गामा घर बनाउँदा पहिरोपीडित जोखिममा

२०७५ साउन १ को मध्यराति भीषण वर्षा भयो। वर्षाले जलजला गाउँपालिकाको वडा नम्बर ७ र ८ मा तीन दर्जन बढी परिवार विस्थापित भए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्