१४ आश्विन २०८१ सोमबार
image/svg+xml

भरतपुरमा चुनाबी तालमेल नगर्ने चितवन काँग्रेसको घोषणा

चितवन काँग्रेसले आफूहरुले जिल्लामा कसैसँग चुनाबी तालमेल नगर्ने बताएको छ । भरतपुर महानगरपालिकामा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रसँग तालमेल हुन सक्ने चर्चा आइरहेका बेलामा चितवन काँग्रेसले त्यो आधारहीन कुरा भएको प्रष्ट्याएको छ । भरतपुर काँग्रेसको गढ भएका कारण अन्य दलहरुसँग तालमेल गर्न आवश्यकता नै नरहेको नेताहरुको भनाइ छ ।

सुन्दरबजार नगरपालिकामा कांग्रेसको प्रमुख देखि सदस्यसम्मै बागी

सुन्दरबजार नगरपालिकामा नेपाली काँग्रसको बागी उम्मेदवारी परेको छ। नेपाली काँग्रेसका नगर सभापति द्वारिका मिश्रले नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

कांग्रेसको आकस्मिक बैठक सानेपामा

प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोगको प्रक्रिया सुरु गर्ने निर्णय आलोचित भइरहेका बेला नेपाली कांग्रेसको पदाधिकारीसहित मुख्य नेताहरुको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ।

काँग्रेसको मेयरमा ४२, उपमेयरमा २३ को नाम सिफारिस

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुरको चारवटै नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट प्रमुख तथा उपप्रमुखका लागि नाम सिफारिस भएको छ ।

काँग्रेसको चुनावी एजेन्डा : लोकतान्त्रिक समाजवाद र आर्थिक विकास

नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक समाजवाद र आर्थिक विकासलाई प्रमुख चुनावी मुद्दाका रुपमा उठाएको छ ।

अन्य दलको भूमिकाप्रति कांग्रेसको असन्तुष्टि

दलीय सहमतिबाट देशलाई आर्थिकरुपमा संमृद्ध बनाउने घोषणा गरेको नेपाली कांग्रेसले अन्य दलहरुको भूमिकालाई लिइर तीव्र आलोचना गरेको छ। प्रमुख प्रतिपक्षी एमाले, सत्ता साझेदार नेकपा माओवादी केन्द्र देखि संविधानप्रति असन्तुष्टि जनाउँदै आएका मधेस केन्द्रीत दलप्रति कांग्रेसले असन्तुष्टि पोखेको हो।

कांग्रेसको मिडिया सेन्टर सञ्चालनमा, प्रचारका लागि सोसल मिडिया उपयोग गर्ने

स्थानीय निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले बिहीबारदेखि मिडिया सेन्टर सञ्चालनमा ल्याएको छ। पत्रकार महासंघका पूर्व अध्यक्ष सुरेश आचार्यको कमान्डमा रहने मिडिया सेन्टरमा ७ प्रदेशका लागि ७ कम्प्युटर छन्।

निर्वाचन एकै चरणमा हुनुपर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसका नेताहरूले स्थानीय तहको निर्वाचन एकै चरणामा गर्नुपर्ने बतएका छन् । मधेशी माेर्चाकाे माग सम्बाेधन गर्न निर्वाचन २ चरणामा गर्न कांग्रेस लचक भएकाे चर्चा चलिरहेका बेला शुक्रबार संविधानसभा भवन नयाँ बानेश्वरमा बसेकाे कांग्रेस केन्दीय समिति र संसदीय दलकाे संयुक्त बैठकले यस्ताे निष्कर्ष निकालेकाे हाे।

कांग्रेसको घोषणापत्र विकास केन्द्रित हुने

नेपाली कांग्रेसले जनतालाई न्याय र गाउँसम्मै विकास पु¥याउने योजना र कार्यक्रमसहित स्थानीय तहको घोषणा पत्र तयार गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको घोषणा पत्र मस्यौदा समितिको पहिलो बैठकले मुलुकका समस्यालाई उजागर गर्दै समाधानका उपाय समेटेर घोषणा पत्र तयार गर्न लागेको हो।

कांग्रेसको निर्वाचन घोषणा पत्र लेखन समिति ३५ सदस्यीय

स्थानीय तह निर्वाचन घोषणा पत्र लेखन समितिलाई कांग्रेसले पूर्णता दिएको छ। केन्द्रीय सदस्य महेश आर्चायको संयोजकत्वमा रहेको समितिलाई शनिबार विस्तार गरी ३५ सदस्यीय पुर्‍याइएको हो।

पौडेल नेतृत्वमा कांग्रेसको निर्वाचन परिचालन समिति

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै दुई समिति गठन गरेको छ। आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले बरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा केन्द्रीय निर्वाचिन परिचालन समिति तथा नेता महेश आचार्यको संयोजकत्वमा स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति गठन गरेको हो।

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन

नेपाली काँग्रेसले महाधिवेशन भएको एक वर्षपछि ‘केन्द्रीय कार्यसम्पादन समिति’ गठन गरेको छ ।

काँग्रेसको भोलीको बैठक स्थगित, अर्को बैठक १३ गते

करिव पाँच महिनापछि बिहीबार बस्न लागेको नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक चैत १३ गते सम्मलाई स्थगित भएको छ ।

संयम हुन कांग्रेसको अपिल

नेपाली कांग्रेसले सबै पक्षलाई संयमित भएर सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ।  एमालेद्वारा सप्तरीमा सोमबार आयोजना गरेको कार्यक्रमपछि भएको दोहोरो झडपमा केही व्यक्तिको निधन भएपछि अपिल जारी गर्दै कांग्रेसले कुनै पनि राजनीतिक दलको शान्तिपूर्ण राजनीति अभियानमा कहींकतैबाट पनि अवरोध सिर्जना हुने किसिमका गतिविधि नगर्न  नगराउन आह्वान गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्