८ मंसिर २०८१ शनिबार
image/svg+xml

मधेसमा विवाह : दाइजोले उकुसमुकुस

मधेसी समाजमा केटी पक्ष विवाहको पहिलो कुरा छिन्न केटाको घरमा जानुअघि आफ्नो औकात केटापक्षकै जस्तो बलियो बनाउनुपर्छ । केटा पक्षले सर्तमाथि सर्त राख्दै जान्छन्, केटी पक्षले यति त सक्दिनँ भन्दै मोलमोलाई (बार्गेनिङ) गर्दै सर्त घटाउने प्रयत्न गर्छन् । मोलमोलाइको यो क्रम महिनौँसम्म चल्छ । दुवै पक्षका मध्यस्थकर्ता कुरा मिलाउन दौडधूप गर्छन् ।

दाइजो नदिएको निहुँमा हत्या

कपिलवस्तु गजेहडाकी एक युवती भारतमा मृतावस्थामा भेटिएपछि नेपालमा रहेका माइती पक्षले परिवारले हत्या गरेको बताएका छन्। बाणगङ्गा नगरपालिका–४ की २१ वर्षीय खेमकला सुनार भारतको हरियाना हिसार भन्ने ठाउँमा मृत फेला परेसँगै उनका माइतीले हत्या गरिएको दाबी गरेका हुन्।

‘दाइजो’ले लियो महिलाको ज्यान, प्रहरी कार्यालय अगाडि प्रदर्शन

दाइजोको विवादमा पर्सामा फेरि एक २१ बर्षीया महिलाले ज्यान गुमाएकी छिन्। पछिल्लो समयमा दाइजोकै कारण महिलाको हत्या र आत्महत्याको घटनाहरु एकपछि अर्को बाहिर आइरहेका बेला हरदासपुर की २१ वर्षीया रिंकी देवीको शंकास्पद मृत्यु भएको छ। माइती पक्षले ससुरालमा रिंकुको हत्या भएको दाबी गरेका छन्।

दाइजोको सकस : हत्या, आत्महत्यादेखि सम्बन्ध विच्छेदसम्मका घटना बढ्दै

पर्साको पोखरिया नगरपालिका–९ का रघुनाथ साहकी २२ वर्षीया छोरी मधुमाला कुमारीको बिहे २०७१ मा पर्सौनीबिर्ताका मनोज साह तेलीसँग धुमधामसाथ भएको थियो । तीन वर्ष नबित्दै रघुनाथ छोरी मधुमालाको ज्वाइँ र परिवारजनले हत्या गरेको भन्दै न्यायको खोजीमा जिल्ला अदालतदेखि प्रहरीसम्म धाइरहेका छन् । उनी दाइजोका कारण छोरी मारिएको बताउँछन्।

दाइजोविरोधी ‘भोर’ ट्रेलर

तराईमा व्याप्त दाइजो प्रथाको कथालाई उठान गरेर निर्माण गरिएको फिल्म ‘भोर’को ट्रेलर सार्वजनिक भएको छ। फिल्म युनिटले नयाँ वर्ष २०७५ को छेको पारेर ट्रेलर सार्वजनिक गरेको हो।

दाइजोको निहुँमा श्रीमतीलाई आगो लगाई मार्ने प्रयास

ग्रामीण भेगमा दाइजोको निहुँमा एक १८ वर्षीया युवतीको जिउमा आगो लगाई ससुराली पक्षले मार्ने प्रयास गरेको घटना सार्वजनिक भएको छ। पर्साको छिपहरमाई गाँउपालिका–४ तुलसिवर्वाकी रविना खातुनलाई उनकै श्रीमान साविर मियाँ धोबी र सासूससुराले जिउमा आगो लगाई मार्ने प्रयास गरेका हुन्।

जन्मदिनमा दाइजोविरुद्ध जागरण

तराईमा प्रचलित दाइजो(दहेज) प्रथाको विषयमा निर्माण गरिएको फिल्म ‘राज्जा रानी’ले प्रचारप्रसारसँगै दाइजो र बालविवाहविरुद्ध सोमबारबाट जागरण अभियान सुरु गर्ने घोषणा गरेको छ ।

दाइजो ? हैन, शिक्षा

वर्षेनि महिला दिवस या त महिला हिंसाविरुद्धको अभियान नजिकिँदै गर्दा मात्र महिलामाथि हुने हिंंसाबारे कुरा उठ्छ । करिब ३५ प्रतिशत महिला कुनै न कुनै कारणले हिंसामा परेको तथ्यांक अनुसन्धानले पनि बताउँछ । महिलाले खेप्नुपरेका विभिन्न प्रकारका हिंसामध्ये दाइजो नल्याएका कारणले खेप्नुपरेको हिंसा अझै गहिराइको हिंसाको रूप बनेर बसेको पाइन्छ धेरैजसो महिलाहरूमा।

दाइजो नल्याएको भन्दै दिल्लीमा जिउँदै जलाएर युवतीको हत्या

भारतको राजधानी नयाँ दिल्लीमा एक व्यक्तिले आफ्नी पत्नीको जिउँदै जलाएर हत्या गरेका छन्। छिमेकी एवं प्रहरीले पीडित महिलालाई अस्पताल पुर्‍याएका थिए। त्यहीँ उनको मृतयु भयो। मृत्यु अघि २४ वर्षीया परिवन्दर कौरले प्रहरी समक्ष बयान दिएको बताइएको छ। प्रहरीले आरोपी गुरुचरण नाम गरेका पतिलाई पक्राउ गरेको छ।

दाइजो महिलाको आफ्नो र निजी हो

देवानी संहिताको सबै भन्दा महत्वपूर्ण पक्ष इच्छापत्रको व्यवस्था हो । हामीले विधायन समितिबाट तयार पारेको विधेयक चाँडै नै पास हुन्छ र २०७५ वैशााख १ देखि ऐनका रूपमा लागू हुन्छ । इच्छापत्रसम्बन्धी व्यवस्था ऐन लागू भएको १८ वर्षपछि कार्यान्वयमा आउँछ । ऐन लागू भएको वर्ष जन्मिएको बच्चा १८ वर्षको उमेरको भएपछि इच्छापत्र लागू हुने व्यवस्था छ । ऐन लागू भएको १८ वर्षपछि हाम्रो समाजमा व्याप्त अंशबण्डा भन्ने हुँदैन । १८ वर्ष पुगेको मानिसले आफ्नो इच्छाअनुसार सम्पत्ति बाँड्न सक्छन् । आफ्ना सन्तानलाई दिने, संघसंस्थालाई वा नाताभन्दा बाहिरका जो कोहीलाई दिनसक्छन् ।

समाजमा दाइजोको त्रास

तराई मधेसका कतिपय ठाउँमा त केटाको पढाइ र जागिरलाई दाइजोको मानकका रूपमा पनि लिइएको पाइन्छ। जति धेरै पढाइ वा जागिरको कमाइ, उति नै  धेरै दाइजो!

लैनो भैँसी दाइजो नदिँदा विवाह रोकिएकी अमृताले पढ्ने भइन्

दाइजोमा लैनो भैँसी नपाएपछि केटाका बुबाले विवाहको अन्तिम समयमा आएर बेहुली छोडेर जाँदा अलपत्रमा परेकी महोत्तरी बर्दिवास नगरपालिका–८ कि अमृताकुमारी कापर अब पढेर दाइजोविरुद्ध लड्ने भएकी छिन्।

प्रेरणाको दाइजो होइन, ट्रस्टकै :  सर्वाेच्च

सर्वोच्च अदालतले नेपाल ट्रस्टको जग्गा पूर्वअधिराजकुमारी प्रेरणा शाहको नाममा गरिदिने यसअघिको फैसलालाई त्रुटिपूर्ण ठहर गर्र्दै उल्टाएको छ। प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीशद्वय दीपकुमार कार्की र सपना प्रधान मल्लको पूर्ण इजलासले बिहीबार यसअघि सर्वोच्चबाटै भएको फैसला त्रुटिपूर्ण भएको निर्णय सुनाएको हो।

दाइजोविरुद्ध मौलवी

नेपाली समाजमा जरो गाडेर बसेको ‘दाइजो कुप्रथा’ पछिल्लो समय झनै मजबुत भएको देखिएको छ । विशेषगरी तराई–मधेस यो समस्याबाट प्रताडित छ।

दाइजो नलिन रौतहटका मुस्लिम मोलवीको फतवा

दाइजो प्रथाले समाजलाई ग्रसित बनाइरहेको अवस्थामा रौतहटका मोल्वीहरुले कुनै किसिमको दाइजो नलिन फतवा जारी गरेका छन्। रौतहटका मुस्लिम अगुवा तथा मोलवीहरुको शनिवार राजपुर फरहदवामा भएको भेलाले दाइजो नलिने फतवा जारी गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्