१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

तलब–भत्ताबापतको सुविधा क्याम्पसलाई

यहाँका एक गाउँपालिका अध्यक्षले सरकारबाट पारिश्रमिक, भत्ताबापत प्राप्त गरेको दुई २ लाख रुपैयाँ गाउँकै क्याम्पसलाई सहयोग गरेका छन्।

यार्सा टिप्न गुर्जावासी हिमालतिर

जिल्लाको धवलागिरी गाउँपालिका–१ गुर्जाका स्थानीय आकर्षक आम्दानीको रूपमा चिनिएको यार्सा टिप्न लेकतिर लागेका छन्।

दरबन्दीविहीन धार्चेका विद्यालय

धार्चे गाउँपालिकाका सातवटै माध्यमिक विद्यालयमा मावि तहको दरबन्दी छैन। कुनैपनि विद्यालयमा मावि तहको दरबन्दीमा शिक्षक नभएपछि गाउँपालिकाले चालू वर्ष एक करोड १० लाख तबल भत्तामा खर्च ग-यो।

आगलागी पीडितलाई गाउँपालिकाको राहत

खोटाङको ऐसेलुखर्क गाउँपालिकाले आगलागी पीडितलाई राहत प्रदान गरेको छ। बैसाख २४ गते राति भएको आगलागीमा सर्वस्व गुमाएका ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका अग्नी पीडित टेकबहादुर बिकको परिवारलाई गाउँपालिकाले राहत प्रदान गरेको हो।

गाउँपालिका अध्यक्षले रोके प्रअको तलब

विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धित विद्यालयले गर्ने प्रावधान छ। तर, सिरहाको लक्ष्मीपुरपत्तारी गाउँपालिकामा अध्यक्षले नै व्यवस्थापन समिति गठन गरेर प्रधानाध्यापकलाई कार्यान्वयन गर्न दबाब दिएको खुलेकोे छ।

सत्तारूढ नेकपा स्थानीय नेतासहित १ सय ६८ जना कांग्रेस प्रवेश

कांग्रेस इच्छाकामना गाउँपालिकाले आज आयोजना गरेको कार्यकर्ता भेलामा नेता गगन थापाले उनीहरूलार्इ पार्टी प्रवेश गराएका हुन्।

सडक खन्ने क्रममा मूर्ति भेटिएपछि भक्तजनकाे ओइरो

मूर्ति फेला परेपछि सो स्थललाई अहिले ‘गुप्तेश्वर महादेव’ नामाकरण गरी स्थानीयले संरक्षण गरिरहेका छन्। स्थानीय पुजारी गणेशप्रसाद निरौलाका अनुसार परापूर्वकालमा त्यहाँ देवस्थल रहेको तर पहिरोले पुरिएको हुन सक्ने र अहिले सडक खन्ने क्रममा मूर्ति फेला परेको हो।

मन्थलीमा माेटरसाइकल ठक्करबाट एक वृद्धाकाे मृत्यु

आज बिहान खिम्तीबाट मन्थली आउँदै गरेको बा४८प ३०१८ नंको मोटरसाइकलको ठक्करबाट लिखुतामाकोशी गाउँपालिका–७ तिल्पुङ निवासी ६५ वर्षीया वृद्धा केशरी तामाङको ज्यान गएको हो।

अर्काको मुखमा दिसा कोच्चाउने महिला पक्राउ

बराहताल गाउँपालिका–७ सुर्खेत करङ्गेगाउँ निवासी ४६ वर्षीय भवीसरा दङ्गालीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अभद्र तथा अमानवीय व्यवहार गरेको आरोपमा उनलाई बुधबार पक्राउ गरेको हो ।

भूकम्पपीडित परिवारलाई घर

थुलुङ दूधकोसी गाउँपालिका–९ लोखिम वडा कार्यालयले भूकम्पपीडित स्थानीय एकल महिला रत्नकुमारी राईलाई घर निर्माण गरी हस्तान्तरण गरेको छ। पाँच लाख रुपैयाँको लगानीमा निर्माण गरिएको दुईकोठे एक तले घर भूकम्पपीडित राईलाई थुलुङ दूधकोसी गाउँपालिका अध्यक्ष असिम राईले मंगलबार हस्तान्तरण गरेका हुन्। २०७२ वैशाख १२ गतेको भूकम्पमा उनको घर भत्किएको थियो।

१४ वटा विद्यालयमा विद्युतीय हाजिरी

नौकुण्ड गाउँपालिकाका १४ वटा सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी सुरु भएको छ। जिल्लाको नौकुण्ड गाउँपालिकास्थित शिक्षा विकास शाखाको वार्षिक स्वीकृत कार्यक्रमअनुसार विद्युतीय हाजिरी सुरु गरिएको हो।

पुलिस र आर्मीबीच उपाधि भिडन्त

ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघु पार्टीमा जारी तेस्रो पाथीभरा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि बिहीबार पुलिस र आर्मी भिड्ने भएका छन्।

गाउँपालिकाका सहायक लेखापालको शव फेला

महाकाली नदीमा डुबेर बेपत्ता भएका भागेश्वर गाउँपालिकाका सहायक लेखापाल डम्बर पालको शव भेटिएको छ। शनिबार महाकालीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका २५ वर्षीय पालको आज शव फेला परेको हो।

बुधबारदेखि काम गर्न दिने सहमति

रसुवाको नौकुण्ड गाउँपालिका–१ थाङ्दोरमा निर्माण भइरहेको फलाखु खोला जलविद्युत् आयोजनाको निर्माण कार्य बुधबारदेखि नियमित हुने भएको छ। बेत्रावती फलाखुखोला जलविद्युत् सरोकार समितिले विभिन्न माग राख्दै निर्माणमा अवरोध गरेपछि काम ठप्प भएको थियो। समितिले वैशाख २२ गतेदेखि निर्माण कार्य रोकेका थिए।

प्रहरीविहीन सीमा प्रहरी चौकी

मुगम कामारोङ गाउँपालिका–२ स्थित सीमा प्रहरी चौकी गत मंसिरदेखि प्रहरीविहीन रहेको छ। जाडोका कारण मंसिरदेखि जिल्लामा ल्याइएका सुरक्षाकर्मीलाई फागुनसम्ममा फर्काइसक्नुपर्ने भए पनि हालसम्म फिर्ता नगरिएकाले सो चौकी प्रहरीविहीन भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्