१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

बडीकेदार गाउँपालिकाको वडा नम्बर–४ को कायार्लयमा अज्ञात समूहले आगजनी गरेको छ।कार्यालयको ढोका फोडेर कागजात र फर्निचरहरुमा आगजनी गरिएको गाउँपालिका उपप्रमुख इन्द्रा बोहरा भाटले जानकारी दिइन्।

विभागीय टोलीको सुखद सुरुआत

ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघु पार्टीमा सुरु तेस्रो पाथीभरा पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा तीन विभागीय टोलीले सुखद सुरुआत गर्दा गण्डकी प्रदेशले पनि विभागीय टोलीकै लय समाएको छ।

बागलुङमा दुई शव फेला

बागलुङको बडिगाड गाउँपालिका र जैमिनी नगरपालिकामा दुई जना पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। बडिगाड गाउँपालिका–८ नेटाको जङ्गलमा सडेको अवस्थामा बागलुङकै तमानखोला गाउँपालिका–२ का बमबहादुर घर्तीको शव फेला परेको हो। सोमबार बिहान घाँसदाउराका लागि जङ्गल पुगेका स्थानीयवासीले घर्तीको कङ्काल देखेपछि प्रहरीलाई खबर गरेका थिए।

डेढ सय घरधुरीलाई बिजुली

जिल्लाको दुर्गम मानिएको महाकुलुङ गाउँपालिका–१ खिरौले, नाजिङ, छाराखोरलगायत बस्तीमा बिजुली पुगेपछि सर्वसाधारणले राहत महसुस गरेका छन्।

पुरानै जग्गामा घर बनाउँदा पहिरोपीडित जोखिममा

२०७५ साउन १ को मध्यराति भीषण वर्षा भयो। वर्षाले जलजला गाउँपालिकाको वडा नम्बर ७ र ८ मा तीन दर्जन बढी परिवार विस्थापित भए।

तिला गाउँपालिकामा ७ करोड ८७ लाख बेरुजु

महालेखापरिक्षकको ५६ औं वार्षिक प्रतिवेदनका अनुसार जुम्लाको तिला गाउँपालिकामा ७ करोड ८७ लाख ४७ हजार रुपैया रकम बेरुजु निस्किएको छ। जुम्लाका एक नगरपालिका र ७ वटा गाउँपालिकामा मध्ये तिला गाउँपालिकामा सबैभन्दा बढि बेरुजु देखिएको हो।

अज्ञात रोगले गाउँले धमाधम बिरामी

जुम्लामा अज्ञात रोगका कारण तातोपानी गाउँपालिका–७ सर्मीका स्थानीय धमाधम बिरामी पर्न थालेका छन्।

भाइरल ज्वरोले दुई गाउँ प्रभावित, एकको मृत्यु

हिमाली गाउँपालिका वडा नं. ५ को क्युडी र वडा नं. ६ को पाडीमा भाइरल ज्वरो फैलिएको छ। एकाएक फैलिएको संक्रमणका कारण दुई गाउँ पूरै प्रभावित भएको स्थानीयले बताएका छन्।]

मौसमी रोगका बिरामी बढे , भाइरल ज्वरोले एकको मृत्यु

जिल्लाको हिमाली गाउँपालिका–५ क्युडी र ६ को पाडीगाउँमा एक सातादेखि भाइरल ज्वरोको प्रकोप बढेको छ। भाइरल ज्वरोका कारण एकको मृत्युसमेत भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोक सिंहले बताए। मृत्यु हुनेमा क्युडीकी ५५ वर्षीया छञ्चकला बुढा रहेको बताइएको छ। मृतक बुढाको १८ गते मृत्यु भएको हो।

सूचनाको हकविरुद्ध स्थानीय तह

नेपालको संविधानले मौलिक हकअन्तर्गत धारा २७ मा सुनिश्चित गरेको ‘सूचनाको हक’को प्रतिकूल हुनेगरी पर्साको बिन्दवासनी गाउँपालिकाले निर्णय गरेको छ। संविधानको व्यवस्थाअनुरूप नागरिकलाई सूचनाको हक दिलाउनका लागि विद्यामन ‘सूचनाको हक सम्बन्धी ऐन, २०६४’ विपरीत गाउँपालिकाको कार्यपालिकाले वैशाख १० को बैठकबाट ‘यस गाउँपालिकाबाट चालु आव २०७५÷०७५ का योजना र कार्यक्रम कार्यान्यवन गर्न कार्यबोझ र जनशक्ति अभावको कारण कार्यालय प्रयोजनबाहेक अन्य सेवाग्राहीको हकमा सूचना माग भएमा ६० दिनपछि मात्र सूचना उपलब्ध गराउने निर्णय गरियो,’ उल्लेख छ। ऐनको दफा ७ ले ‘निवेदन प्राप्त भएको मितिले पन्ध्र दिनभित्र निवेदकलाई सूचना उपलब्ध गराउनुपर्ने’ भनेको छ।

लाङटाङ लिरुङमा आरोहण अनुमति

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ क्यान्जिनमा रहेको लाङटाङ लिरुङ आरोहणका लागि सरकारले अनुमति दिएको छ। लाङटाङ लिरुङ आरोहणका लागि एउटा समूहले अनुमति लिएको पर्यटन विभागले जनाएको छ। जसमा दुईजना सदस्य छन्।

यार्सागुम्बा संकलक फिर्ता

यार्सागुम्बा टिप्न पाटन भएका संकलकहरू घर फिर्ता हुन् थालेका छन्। विगतका वर्षभन्दा यस वर्ष यार्सा कम पाइन थालेपछि उनीहरू घर फिर्ता हुन थालेका हुन्।

फलामखानी उत्खननका लागि सम्भाव्यता अध्ययन गरिने

सरकारले पर्वतको फलामखानीबाट फलाम उत्खननका लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ। महाशिला गाउँपालिका–६ फलामखानीमा रहेको खानीलाई उत्खननका लागि आगामी आर्थिक वर्ष ०७६/७७ मा सम्भाव्यता अध्ययन गरी सञ्चालनमा ल्याउने भएको हो।

६ महिनादेखि सामाजिक सुरक्षा भत्ता वितरण भएन

अजिरकोट र सिरानचोक गाउँपालिकाले ६ महिनायता सामाजिक सुरक्षा भत्ता वितरण गर्न सकेका छैनन्।

अज्ञात समूहद्वारा गाउँपालिका कार्यालय तोडफोड

जिल्लाको गजुरी गाउँपालिकाको कार्यालयमा तोडफोड भएको छ। बिहीबार राति अज्ञात समूहले तोडफोड गरी सामानहरू चोरी गरेको हो। गाउँकार्यपालिकाको कार्यालयको मूलढोकासहित सबै कार्यकक्षका ढोका फुटाइएका छन् भने दराज र टेबुलका घर्राहरू फुटाई सामानसमेत चोरी गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्