१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

होमस्टेकाे अनुदान रकम ‘पिकनिक स्पट’ बनाइँदै

कास्कीको मादी गाउँपालिका–२, ताङतिङमा २०६७ देखि होमस्टे सञ्चालनमा छ। १३ घरमा होमस्टे सञ्चालन गरिरहेको त्यो गाउँले अहिले गण्डकी प्रदेश सरकारबाट पाएको अनुदान रकम ‘पिकनिक स्पट’ बनाउन खर्च गर्दैेछ। प्रदेश सरकारबाट १० लाख रुपैयाँ पाउने पक्का भएपछि ताङतिङ सामुदायिक होमस्टे समितिले गाउँको कोलोको डाँडामा ‘पिकनिक स्पट’ बनाउन थालेको हो।

गाउँ स्तरमा पाश्र्वचित्र

कालिका गाउँपालिकाले सम्पूर्ण वस्तुगत विवरण समेटेर पाश्र्वचित्र निर्माण गरेको छ। पाश्र्वचित्रले वस्तुगत विवरणका आधारमा प्राथमिकता निर्धारण गरी वास्तविक आवश्यकता र जनताको चाहनामा आधारित कार्यक्रम सञ्चालन गर्न तथा भविष्यका लागि पूर्वतयारी गर्न सहयोग पुग्ने गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले बताए।

पर्यटकबाट उठाउनु पर्ने ३३ लाख राजश्व उधारो

सिमकोट र नाम्खा गाउँपालिकाले सिमकोट विमानस्थलमा पर्यटकबाट सरसफाई शुल्क बापत जेष्ठ ३१ गते सम्म उठाउनु पर्ने ३८ लाख ४३ हजार सात सय राजश्वमा शुक्रबार सम्म जम्मा ५ लाख मात्र उठेको छ।

जङ्गली च्याउ खाएर ६ जनाको मृत्यु

निस्दी गाउँपालिका पाल्पामा जङ्गली च्याउको तरकारी पकाएर खाएर बिरामी परेकामध्ये मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ। गत शुक्रबार च्याउ खाएर केही बिरामी भएका थिए।

पर्यटकीय गन्तव्य कनकासुन्दरी

‘पहिलो चरणमा पर्यटकमैत्री होटल र पर्यटकमैत्री व्यवाहारमा जोड दिदै आएका छौ', अध्यक्ष रावतले भने ‘बिस्तारै पर्यटकमैत्री संरचना निर्माणमा समेत जोड दिदै जानेछौँ।’

काममै जान मानेनन् सूचीकृत बेरोजगार

कास्कीको अन्नपूर्ण गाउँपालिका–१ लेवाडेमा ५० मिटर दूरीको मोटरबाटोको ट्र्याक खोल्न प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सूचीकृत स्थानीय बेरोजगारलाई बोलाइयो। तर, आफ्नै गाउँको त्यो बाटोमा काम गर्न कोही बेरोजगार मानेनन्। अन्नपूर्ण–१ बाट ९८ जना बेरोजगार कामका लागि सूचीकृत भएका थिए।

छोराले गरे बुवाको हत्या

अछाममा छोराले चिरपटले हानेर आफ्नै बुवाको हत्या गरेका छन्। जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुङ्ग्रा निवासी ५६ बर्षीय मिने ढोलीलाई उनकै सहोदर जेठो छोरा प्रेम ढोलीले दाउराको चिरपट प्रयोग गरि हत्या गरेका हुन्।

बालविबाह विरोधी अभियानमा गाउँपालिका उपाध्यक्ष

यहाँको एक गाउँपालिकाकी उपाध्यक्ष स्कुले वालवालिकालाई वालविवाह नगर्न सुझाउदै गाउँ अभियानमा लागेकी छिन्।

कांग्रेसले गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई तालिम दिने

नेपाली कांग्रेसले आफ्नोतर्फबाट विजयी देशभरिका गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुका लागि तालिम दिने भएको छ। राष्ट्रिय जागरण अभियानको दोस्रो कार्यक्रम सार्वजनिक गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले 'सेवा, संगठन र समृद्धि' केन्द्रीत प्रशिक्षण साउन महिनाको प्रथम साता काठमाडौँमा आयोजना गरिने बताए।

बन्दीपुरमा पनि कार्यक्रम सुरु

तनहुँको बन्दीपुर गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना कार्यान्वयन गरेको छ । गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले मंगलबार बन्दीपुर बजारमा एक कार्यक्रमबीच ४१ जनालाई रोजगारी प्रदान गरेर सुरुआत गरे । तनहुँका १० वटा स्थानीय तहमध्ये बन्दीपुर सुरुआत गर्नेमा पहिलो बनेको छ । बन्दीपुर–पिप्ले सडकखण्डमा नाला बनाउने काममा खटाइएको छ ।

श्रीमानको खुकुरी प्रहारबाट श्रीमती गम्भीर घाइते

मैवाखोला गाउँपालिका–५ फाकुम्बामा श्रीमान्ले श्रीमतीलाई धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएका छन्।

चट्याङबाट हुने धनजनको क्षति न्युनिकरण गर्न लाइटिङ एरेष्टर

चट्याङबाट हुने धनजनको क्षति न्युनिकरणका लागि खोटाङको केपीलासगढी गाउँपालिकाले दुई स्थानमा लाइटिङ एरेष्टर (चट्याङ प्रतिरोधी उपकरण) जडान गरेको छ। चट्याङबाट हुने क्षति तथा जोखिम न्युनिकरणका लागि गाउँपालिकाले वडा नम्बर ४ बाक्सिलाको साक्सिला र हरेलोडाँडामा लाइटिङ एरेष्टर जडान गरेको हो।

जंगली च्याउ खाएर थप एकको मृत्यु

निस्दी गाउँपालिकाका जङ्गलबाट ल्याइएको च्याउको तरकारी पकाएर खाएर बिरामी परेकामध्ये दुई जनाको ज्यान गएको छ।

ट्रयाक्टर दुर्घटनामा २ जनाको मृत्यु, एक घाइते

जिल्लाको मरिण गाउँपालिका–२ स्थित सकौरीमा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। नम्बर प्लेट नै राख्न बाँकी रहेको अनटेष्ट ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तुम्बेवामा बल्यो बिजुली

जिल्लाको दुर्गमा तुम्बेवा गाउँपालिकामा पहिलो पल्ट बिजुली पुगेको छ। भौतिक पूर्वाधार, आर्थिक अवस्था, जनसंख्या तथा भौगोलिक पूर्वाधारका आधारमा दुर्गम मानिएको गाउँपालिकामा पहिलोपल्ट बिजुली पुगेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्