२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

यसरी बनाउँदैछ आविस्कार केन्द्रले पीपीई (तस्बिर)

राष्ट्रिय आविस्कार केन्द्रले पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई) बनाउन थालेको छ। अहिले विश्वभर पीपीईको अभाव देखिइरहेको बेला महावीर पुन नेतृत्वको केन्द्रले पीपीई बनाउन थालेको हो।

डोल्पाका स्वास्थ्यकर्मीले बनाए पीपीई

जिल्ला अस्पताल डोल्पाका स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा उपकरण आफै बनाएका छन्। कोरोना भाइरस (कोभिड-१९) ले देश लकडाउन भएको अवस्थामा स्वास्थ्य विभागले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) समयमा उपलब्ध नगराएपछि जिल्ला अस्पतालका डाक्टरहरुले बजारकै प्लाष्टिकबाट व्यक्तिगत सुरक्षा उपकरण आफै निर्माण गरेर प्रयोगमा ल्याएका हुन। बिरामीलाई उपचारका क्रममा सुरक्षित रहन प्लाष्टिकका पीपीई निर्माण गरेको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबी शर्माले जानकारी दिइन्।

तनहुँमा पीपीई अभाव, स्वास्थ्यकर्मी भन्छन्– जोखिम मोलेर उपचार गर्दैछौंं

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) का संक्रमित बिरामीको उपचारार्थ खटिने स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) आवश्यक हुन्छ। तनहुँमा भने पीपीईको अभाव देखिएको छ। पीपीई नहुदाँ यहाँका स्वाथ्यकर्मीले असुरक्षित महसुस गर्ने थालेका हुन्।  कोरोनाको शंकास्पद बिरामी स्वास्थ्य परिक्षण गर्न आएमा असुरक्षित तरिकारले काम गर्नुपर्ने बाध्यता छ।

विदेशबाट आएकालाई अनुहार हेरेर औषधि

पश्चिम म्याग्दीको तीनवटा गाउँपालिकाका जनतालाई सेवा दिइरहेको मालिका गाउँपालिका–६ दरबाङमा अवस्थित प्राथमिक उपचार केन्द्रमा बिरामीलाई चेक गर्दा चिकित्सकले लगाउने पीपीई (पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट) छैन।

चिकित्सक र सुरक्षाकर्मीलाई नगरपालिकाले बाड्यो ३० सेट पीपीई

कोरोना भाइरस रोकथामका लागि यहाँको कमलामाई नगरपालिकाले ३० ओटा पीपीई सेट वितरण गरेको छ। कोरोना संक्रमणका सम्भावित बिरामीलाई सेवा दिनका लागि चिकित्सक तथा अन्य सरोकारवाला निकायलाई आवश्यक पर्ने पीपीई(पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) मास्क, सेनिटाइजर र डिस इनफेक्टिङ लिक्विड विरतण गरेको कमलामाई नगरपालिकाले जनाएको छ।

रोल्पा अस्पतालमा आयो पीपीई

रोल्पा अस्पतालमा कोरोना संक्रमणका सम्भावित बिरामीलाई सेवा दिनका लागि चिकित्सकसंग उपकरण नभएको गुनासो आइरहदा रोल्पा नगरपालिकाको पहलमा केहि सामाग्री थपिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्