६ आश्विन २०८१ आइतबार
image/svg+xml

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

नयाँ वर्षका अवसरमा शैलुङ घुम्न आएका दुई जनाको मोटरसाइकल दुर्घटनामा परी गए राति घटनास्थलमै मृत्यु भएको छ।  दोलखाको तामाकोशी गाउँपालिका वडा नं १ मा तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा चालक रामेछाप, मन्थलीनगरपालिका–१ का १८ वर्षीय सागर श्रेष्ठ र मोटरसाइकलमा सवार सिन्धुपाल्चोक, साँगाचोकगढी नगरपालिका–४ का २५ वर्षीय राजकुमार मोक्तानको मृत्यु भएको हो।

धादिङमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नं ८ मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।

महोत्सव प्रचार गर्न मोटरसाइकल -याली, उपराष्ट्रपतिबाट उद्घाटन

इलाम सदरमुकाम (खलंगा) स्थापना भएको २ सय वर्ष पुगेको अवसरमा आउँदो वैशाखमा आयोजना गरिने महोत्सवको तयारी तीव्र पारिएको छ। यहीक्रममा सदरमुकाममा शनिबार मोटरसाइकल -यालीसमेत आयोजना गरियो।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

रौतहटमा मोटरसाइकल दुर्घटनामा एकजनाको ज्यान गएको छ । गौर–चन्द्रनिगाहपुर सडक खण्ड अन्तर्गतको सखुअवा चोकनजिक रोकिराखेको टेलरमा ठोकिएर मोटरसाइकल दुर्घटना हुँदा माधवनारायण नगरपालिका ३ भेलहीका ४० वर्षिय रामबावु यादवको ज्यान गएको छ।

तीन मोटरसाइकलसहित कपडा बरामद

बाराको सिम्रौनगढ नाकाबाट भारतीय नं प्लेटको तीन मोटरसाइलसहित करीब चार लाख मूल्य बराबरको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ।

क्यास बोकेर सोरुम पुग्दा यामाहाको मोटरसाइकल उपहारमा परेपछि...

इनरुवाका विपिन दाहालको जीवनमा सोमबार पत्याउनै नसकिने घटना भयो। मोटरसाइकल किन्न गएका उनले एक पैसा नतिरिकनै आफूले चाहेको मोटरसाइकल पाए। ढल्केबारस्थित एनएमबी माइक्रोफाइनान्समा काम गर्ने उनी घरायसी कामको सिलसिलामा शनिबार इनरुवामा आए थिए। पुरानो मोटरसाइकल बेचेर नयाँ मोटरसाइकल किन्ने निधो गरे।

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–८ मा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको ६ लेन सडकस्थित सल्लाघारीनजिक सुवर्णचोकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोरङको धनपालथान गाँउपालिकास्थित रंगेली–विराटनगर सडकखण्डमा मोटरसाइकलको ठक्करबाट गएराति पैदलयात्रीको मृत्यु भएको छ।

चोरीका मोटरसाइकल किन्दै प्रहरी

मोटरसाइकल हराउने घटना निरन्तर वृद्धि हुने तर चोरीमा संलग्न हुनेहरू पक्राउ नपरेपछि पछिल्लो समय हरिवन प्रहरीले नयाँ जुक्ति निकालेको छ । चोरीमा संलग्न हुनेलाई प्रमाणसहित नियन्त्रणमा लिनका लागि प्रहरीले त्यस्ता मोटरसाइकल किन्न सुरु गरेको हो ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत दमौलीदेखि पोखरा जाँदै गरेको ना ५ ख ४६०२ नम्वरको मिनीवसले विपरित दिशावाट आएको वा ५३ प ९४८३ नम्वरको मोटरसाइकललाई  ठक्कर दिँदा चालक गम्भीर घाइते भएका थिए। घाइते मोरङ विराटनगर महानगरपालिका २१ बस्ने ४६ वर्षीय श्याम कुमार शाहको रत्नहरी अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापाको कनकाई नगरपालिका–८ लक्ष्मीपुरस्थित भित्री सडकखण्डमा बिहीबार साँझ ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । गएराति १।३० बजे रोकिराखेको ना ६ ख ५२१६ नंको ट्रकमा बा ७३ प १८८२ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक बूढानीलकण्ठ नगरपालिका घर भएका २१ वर्षीय सन्तोष कार्कीको मृत्यु भएको हो।

चाेरीकाे तीन मोटरसाइकलसहित दुर्इ पक्राउ

चोरीका तीन थान मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा विराटनगर–२ का निशल भण्डारी र कटहरी गाउँपालिका– १ का वासु राजवंशी रहेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेकाे हाे।

मोटरसाइकल दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु

पश्चिम रुकुमबाट दाङ जाँदै गरेको मोटर साइकल सल्यान कपुरकोटमा रोकिराखेको ट्रकमा संग ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्