७ आश्विन २०८१ सोमबार
image/svg+xml

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कपिलवस्तुकाे पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुद्धभूमि नगरपालिकास्थित इमिलियामा आइतबार साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

काठमाडौं प्रहरीलाई नाडाले दियो मोटरसाइकल

नाडा अटोमोबाइल्स एशोसियशनले महानगरीय प्रहरी परिसर काठमाडौंलाई मोटरसाइकल प्रदान गरेको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत नाडाकोतर्फबाट आइएमइ अटोमोटिभ्स प्रालिबाट प्राप्त भएको यूएम कमाण्डो २३० सीसी मोटरसाइकलको साँचो नाडाका अध्यक्ष अन्जन श्रेष्ठले प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीलाई हस्तान्तरण गरे।

झापामा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापाको कमल गाँउपालिका–५ पाडाजुंगीमा ट्रिपरको ठक्करबाट बुधबार दिउँसो एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

छुटृाछुटृै मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु

मोरङका दुई छुट्टा–छुट्टै स्थानमा गएराति भएका मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। जिल्लाको सुनबर्सी नगरपालिका–६ स्थित भित्री सडकखण्डमा गए राति को २९ प ३६५६ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सुनबर्सी नगरपालिका–८ बस्ने २० वर्षीय दीपक कामत र पछाडि सवार २१ वर्षीय बालकृष्ण मण्डलको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ।

ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ।  गएराति ११ः४५ बजे काठमाडौँको टेकुमा रोकी राखेको ना५ख १६४३ नंको ट्रकमा बा३०प ६११९ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ढल्कु क्षेत्रपाटी बस्ने २४ वर्षीय विक्की महर्जनको मृत्यु भएको हो।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

लैनचौरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  आज बिहान ४ः०० बजे लैनचौरमा बा९०प १४०० नंको मोटरसाइकल अनियन्त्रित भइ सडकको पेटिमा ठक्कर खाई दुर्घटना हुँदा बाग्लुङ घर भई हाल बोहराटार बस्ने २५ वर्षका साजन ठकुरीको मृत्यु भएको हो।

ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पाडाजुँगी–गौरादह सडकखण्डमा आज दिउँसो ट्र्याक्टरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।  मृत्यु हुनेमा गौरादह नगरपालिका–१ निवासी २८ वर्षीय भानु थापा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

राजविराज–रुपनी सडकखण्डअन्तर्गत सप्तरीको रायपुर गाउँपालिकास्थित सडकमा गएराति भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

कलंकीबाट मोटरसाइकल चोर्ने भीमढुंगामाा पक्राउ

मकवानपुरको कैलाश गाँउपालिका–६ स्थायी घर भई नागार्जुन नगपालिका–४ बसोबास गर्दै आएका २८ वर्षीय रामबहादुर वाईवालाई चोरीको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको छ।

साउदीका महिलाले अबदेखि ट्रक र मोटरसाइकल चलाउन पाउने

साउदी अरबको ट्राफिक कार्यालयले महिलाहरुलाई पनि ट्रक र मोटरसाईकल चलाउन पाउने व्यवस्था शुक्रबार गरेको छ।  देशले औपचारिक रुपमा यस्तो व्यवस्था आउदो वर्षको मध्यतिर गर्ने भएको स्थानीय एक पत्रिकाले लेखेको छ।

सैंतीस मोटरसाइकल र सात गाडी नियन्त्रणमा

जिल्लामा अनुमति नलिई सञ्चालनमा आएका ३७ मोटरसाइकल र सातवटा गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाका अनुसार जिल्लाभरिका विभिन्न स्थानबाट ती साधनलाई नियन्त्रणमा लिइएको हो।

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवनको फिस्लिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट काठमाडौँबाट जाँदै गरेको ना६ख ९७३१ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा७७प ४२६९ नंको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो।

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ सल्यानटार दाउन्नेमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । सल्यानटारबाट आरुघाट जाँदै गरेको बा ७९ प ७२७२ नम्बरको मोटरसाइकल दुर्घटना भई सडकबाट १० मिटर तल खसेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्