७ आश्विन २०८१ सोमबार
image/svg+xml

रसुवामा तीन मोटरसाइकलमा आगजनी

चुनावी प्रचारप्रसारका क्रममा आइतबार साँझ तीनवटा मोटरसाइकलमा आगजनी भएको छ।  प्रहरी निरीक्षक ध्रुव सिलवालका अनुसार पार्वतकुण्डा गाउँपालिका–२ ग्रे गाउँमा तीन मोटरसाइकलमा आगजनी भएको र आगजनी गरेको आशंकामा केही व्यक्तिलाई गए राति नै नियन्त्रणमा लिई छानबिन कार्य शुरु गरिएको छ।

निर्वाचनमा प्रयोग गरिएका मोटरसाइकलमा आगजनी , चार जना पक्राउ

निर्वाचनको लागि प्रयोग गरिएका मोटरसाइकलमा आगजनी गर्ने ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पार्वतीकुण्ड गाउँपालिका–२ ग्रे का ३० वर्षका फुर्पा तामाङ र ५२ वर्षका सन्तु तामाङ, कालिका गाउँपालिकाका ३८ वर्षका बिजय लामा र गुल्मी घर भई रसुवामा स्कार्पियो चलाउने ४२ वर्षका रबि थापा रहेका छन् ।

चोरीको दुई मोटरसाइकलसहित एक पक्राउ

महानगरीय प्रहरी प्रभाग खरिपाटी भक्तपुरले चोरीका दुईवटा मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ।  सवारी चेकजाँचका क्रममा बा २६ प ४३४७ र बा ४१ प। १०३० नं को चोरीको मोटरसाइकलसहित चालक काभ्रे भकुण्डे नपा ५ का १७ वर्षीय विकास तामाङलाई नियन्त्रणमा लिएको छ भने अर्का चालक मोटरसाइल छाडेर फरार भएकाले त्यसको खोजी भइरहेको प्रहरीले जनाएको छ।

भ्यानमा मोटरसाइकल ठोकिँंदा अमेरिकन नागरिकको मृत्यु

काठमाडौँको ज्याठामा पिकअप भ्यानमा मोटरसाइकल ठोकिँंदा एक अमेरिकन नागरिकको मृत्यु भएको छ।  बिहीबार साँझ ५ बजे सडक छेउमा रोकी सामान झारिरहेको बा १४ च ४९९६ नम्बरको पिकअफ भ्यानको ढोकामा बा ५८ प ३७१८ नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकल सबार अमेरिकन नागरिक रोबर्ट ग्रोबरको मृत्यु भएको हो।

चोरीको दुई मोटरसाइकलसहित एक पक्राउ

महानगरीय प्रहरी प्रभाग खरिपाटी भक्तपुरले चोरीका दुईवटा मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ।  सवारी चेकजाँचका क्रममा बा २६ प ४३४७ र बा ४१ प १०३० नं को चोरीको मोटरसाइकलसहित चालक काभ्रे भकुण्डे नपा ५ का १७ वर्षिय विकास तामाङलाई नियन्त्रणमा लिएको छ भने अर्का चालक मोटरसाइल छाडेर फरार भएकाले त्यसको खोजी भइरहेको प्रहरीले जनाएको छ।

ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्याक्सीको ठक्करबाट एक जना मोटरसाइकल चालकको आज बिहान मृत्यु भएको छ।  सिंहदरबार चोक नजिक बा २ ज २३४४ नंको ट्याक्सीले ठक्कर दिँदा बा ३३ प ७४३ नं को मोटरसाइकल चालक धादिङ रुबीभ्यालीका २१ वर्षीय रुप घलेको मृत्यु भएको हो।

मोटरसाइकल दुुर्घटनामा एकको मृत्युु

मोटरसाइकल दुर्घटनामा गएराति एकजना युुवकको मृत्यु भएको छ । मृत्युुु हुुनेमा मोटरसाइकल चालक बारा जितपुर नगरपालिका–३ का २२ वर्षीय सञ्जयकुुमार साह रौनियार रहेको प्रहरीले जनाएको छ ।

ट्रक र मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु

पूर्व—पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट सुस्ता पुर्व कावासोती नगरपालिकामा सवारीसाधन दुर्घटना हुँदा बुधबार एकजनाको मृत्यु भएको छ।

तनहुँमा मोटरसाइकल दुर्घटना, ३ को मृत्यु

पुथ्वी राजमार्गअन्तर्गत आवुखैरेनी गाउँपालिका २ एक्लेफाटमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ।

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

महोत्तरी जिल्लाको भिट्ठामोड–जलेश्वर–जनकपुर सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।  मृत्यु हुनेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नम्बर २१ कुर्था गाउँबस्ने रामशरण महासेठका छोरा २५ वर्षीय जितेन्द्र महासेठ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कठायतले बताए।

मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा नगरपालिका– ५ अजुर्नी नजिक गए राति १०ः१५ बजे म २ प ३४५६ नं को मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल सवार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

झापाको बुद्धशान्ति गाउँपालिका–७ बर्नेस्थित मेची राजमार्गमा मोटरसाइकलको ठक्करबाट शनिबार राति एक बालकको मृत्यु भएको छ ।

मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

मोरङको बेलबारी नगरपालिका–११ मा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार महिलाको शनिबार मृत्यु भएको छ । को १२ प ३२८ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा सोही ठाउँकी ४२ वर्षीया अन्जिला श्रेष्ठको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते श्रेष्ठको विराट टिचिङ हस्पिटल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए ।

मोटरसाइकले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

मोटरसाइकलले साइकललाई ठक्कर दिँदा कपिलवस्तुमा गए राति एक जनाको मृत्यु भएको छ । वाणगंगा नगरपालिका–६ सुठौलीमा बा२ब ३५७० नंको सरकारी मोटरसाइकलले बैदौलीतर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलयात्री स्थानीयवासी ६५ वर्षीय कृष्णप्रसाद आचार्यको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्