७ आश्विन २०८१ सोमबार
image/svg+xml

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

मोरङको बेलबारी नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

जिप र मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

जिप र मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । विपरीत दिशाबाट आएका मोटरसाइकल र जिप एकापसमा ठोक्किँदा रौतहटको जयनगरमा बुधवार एक युवकको मृत्यु भएको हो । रौतहटको सदरमुकाम गौरलाई पूर्व–पश्चिम राजमार्गलाई छुने वीरेन्द्र राजमार्गको गरुडा नगरपालिका १ स्थित जयनगरमा जिल्ला कृषि विकास कार्यालय रौतहटको बा १ झ ५३९३ नम्बरको गाडी र स्थानीय शेख अन्सारुलको करिब १६ वर्षका छोरा माेहम्मद ताज चढेको ना ७ प ९५१८ नम्बरको मोटरसाइकल एकापसमा ठाेक्किँदा मोटरसाइकल चलाइरहेका माेहम्मद ताज गम्भीर घाइते भएका थिए ।

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीकाे मृत्यु

मोटरसाइकलको ठक्करबाट झापाको दमकमा आइतबार बिहान एकजना पैदलयात्रीको मृत्यु भएको छ।  मृत्यु हुनेमा दमक–९ का ५० वर्षीय विष्णु सुवेदी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। दमक–९ स्थित शान्तिमार्ग सडकखण्डमा बाटो काट्ने क्रममा तीव्र गतिमा आएको को७प नंको मोटरसाइकलले सुवेदीलाई ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट झापाको दमकमा आइतबार बिहान एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक–९ का ५० वर्षीय विष्णु सुवेदी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दमक–९ स्थित शान्तिमार्ग सडकखण्डमा बाटो काट्ने क्रममा तीव्र गतिमा आएको को ७ प नंको मोटरसाइकलले सुवेदीलाई ठक्कर दिएको थियो ।ठक्करबाट गम्भीर घाइते सुवेदीको विराटनगरस्थित न्यूरो अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको इप्रका दमकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

जीपले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

सडक दुर्घटनामा परी धनुषामा गएराति दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हंसपुर नगरपालिकाका ३५ वर्षीय शिवकुमार चौधरी रहेको छ भने अर्का एकजना महिलाको सनाखत हुन नसकेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए।

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर

झापाको विभिन्न स्थानमा भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोरङको बेलबारी नगरपालिका-११ स्थित पूर्व-पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा आज बिहान एकजनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिम जाँदै गरेको को २१ प ४२१० नंको मोटरसाइकल आज बिहान १ः३० बजे आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो।

सप्तरीमा मोटरसाइकलको ठक्करबाट एककाे मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका– ५ मा मोटरसाइकलको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ।

मोटरसाइकलको ठक्करबाट एककाे मृत्यु

मोटरसाइकलको ठक्करबाट तुलसीपुरका एक व्यक्तिको मृत्यु भएको छ।  रा२प ४३९३ नंको मोटरसाइकलको ठक्करबाट तुलसीपुर–७ मोतीपुरका ६४ वर्षीय गोरे गिरीको मृत्यु भएको हो। घाइते गिरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

तातोपानीको भीरबाट मोटरसाइकल खस्दा एक बेपत्ता

बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको दानाको काभ्रेभिर र भुरुङ तातोपानीमा सडकबाट खसेर दुईजना बेपत्ता भएका छन्। अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेभिर स्थित सडकबाट खसेर शनिबार दिउँसो एक भारतीय तीर्थयात्री र अन्नपूर्ण–२ भुरुङ तातोपानीको भिरबाट मोटरसाइकलसहित खसेर अर्का एक नेपाली बेपत्ता भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलले ठक्करबाट ४५ वर्षीय थापाको मृत्यु

पुरानो बसपार्कअघि एक मोटरसाइकलको ठक्करबाट घाइते बनेका बटुवाको उपचारका क्रममा मृत्यु भएको छ ।

चोरीका चार मोटरसाइकल सहित तीन पक्राउ

चोरीको चारवटा मोटरसाइकल सहित रौतहट पुलिसले एक भारतीय सहित तीन जनालाई पक्राउ गरेको छ। रौतहटको माधवनारायण गाउँपालिका ७ का दीपेन्द्र यादव, गरुडा नगरपालिका ९ का शम्भु राय यादव र भारत सितामढी जिल्लाको बथनाहा ९ का राजीव कुमार राय समेतको टोलीले नेपाल र भारतको विभिन्न स्थानबाट मोटरसाइकल चोरी बिक्री गर्ने गरेको विशेष सूचनाको आधारमा दसीसहित तीनै जनालाई पक्राउ गरेको हो।

टिभिएसको नयाँ मोटरसाइकल‘स्ट्राइकर–१२५’ सार्वजनिक

टिभीएसले आफ्नो नयाँ मोटरसाइकलमा ‘स्ट्राइकर–१२५’ सार्वजनिक गरेको छ । काठमाडौंको नक्सालस्थित आफ्नो सो–रुममा बिहीबार एक समारोहबीच बाइक सार्वजनिक गरिएको हो।

बसले घिसार्दा मोटरसाइकल चालकको मृत्यु

बसले मोटरसाइकललाई ठक्कर दिएर २० फिटपरसम्म घिसार्दा २२ वर्षिय अभिशेक घिमिरेको मृत्यु भएको छ। कलंकीको लामपाटीमा मंगलबार बसले घिमिरेले चलाएको मोटरसाइकल ठक्कर दिएको हो।

बसको ठक्करबाट मोटरसाइकल चालककाे मृत्यु

धनगढीबाट काठमाडौँ आउँदै गरेको  यात्रुवाहक बसले काठमाडौँबाट मुग्लिन तर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालककाे मृत्यु भएकाे छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्