७ आश्विन २०८१ सोमबार
image/svg+xml

तेह्रथुममा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु, १ घाइते

बसन्तपुर–म्याङलुङ सडक खण्डको च्याक्चेमा हिलाम्य भएको सडक  पार गर्ने क्रममा मोटरसाइकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु

मध्यपुर थिमि नगरपालिका-१, कौशलटारस्थित अरनीको पेट्रोलपम्प अगाडि आज बिहान काठमाडौँबाट भक्तपुरतर्फ आइरहेको बा२क १२१३ नं को मिनि टिपरले बा ७७ प ४२२० नं को मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्।

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–१ स्थित खाँडो पुल नजिकै बुधबार बिहान रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ।

नियम विपरित सरकारी मोटरसाइकल चलाउनेको लाइसेन्स जफत

ट्राफिक प्रहरी जुम्लाले पूर्व स्वीकृति बिना संचालन गरिएका ३ वटा सरकारी मोटरसाइकल चालकको लाइसेन्स जफत गरेको छ । यसै साता जिल्ला प्रशासन कार्यालयले अनुमति बिना सरकारी तथा गैर सरकारी संघ संस्थाका सवारी साधानहरु सार्वजनिक बिदाको दिन संचालन गर्न नपाइने निर्णय गरेको थियो । स्थानीय प्रशासनले गरेको निर्णय विपरित संचालन भएका ३ वटा सरकारी मोटरसाइकल चालककको लाइसेन्स ट्राफिक प्रहरीले जफत गरेको हो।

मोटरसाइकल दुर्घटनामा एक सैनिकको मृत्यु

ठाकुरबाबा –६ खैरीस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइल दुर्घटनामा शुक्रवार एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्।

गठ्ठाघरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा गएराति १ बजे टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। राजापुरबाट पाताभारतर्फ गइरहेको से१त ६७९८ नं को ट्र्याक्टर बर्दियाको पश्चिममा रहेको राजापुर नगरपालिका-१ हिमालीपुरमा अनियन्त्रित भई विपरीत दिशाबाट आइरहेको से५प ४४३८ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गेरुवा– ३ का ३१ वर्षीय टोपेन्द्र रावलको मृत्यु भएको हो।

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनाकय नगरपालिका ११ बाँसघारी नजिकै आइतबारबाट लडेर एकजनाको मृत्यु भएको छ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई गम्भीर

नेपालगन्जस्थित दंगा नियन्त्रण प्रहरी गण अगाडि दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

मोटरसाइकल दुर्घटनामा म्यादी प्रहरीको मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका– ११ स्थित मोहुली पुलमा मोटरसाइकल दुर्घटनामा परी आज एकजना म्यादी प्रहरीको मृत्यु भएको छ ।

मोटरसाइकलकाे ठक्करले एक भारतीयको मृत्यु

नेपालगन्ज— कोहलपुर सडक खण्डमा मंगलबार राती मोटरसाइकलको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मंगलबार राती १० बजे जानकी गाउँपालिकास्थित गनापुरमा नेपालगन्जबाट काहलपुर जाँदै गरेको भे ५ प ८९३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री भारत बहराईचका अहमद बाचपैयाको मृत्यु भएको हो ।

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा गाउँपालिका–२ स्थित जनक चौकमा गएराति बसको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

तनहुँको बन्दीपुर गाउँपालिका– १ डुम्रेमा हिजोराति भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ।

लैनचउरमा मोटरसाइकलले ठक्कर दिँदा दुई घाइते

लैनचउरमा मोटरसाइकलले गएराति एक पैदल यात्रुलाई ठक्कर दिई पल्टिँदा दुई जना घाइते भएका छन्। फुर्वा शेर्पाले चलाइरहेको बा ५८ प १६२६ नम्बरको मोटरसाइकलले लैनचउरस्थित सासा ब्याङ्केट अगाडि देवेन्द्र खनाललाई ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ।

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

सर्लाही प्रहरीले जिल्लामा संगठित भएर मोटर साइकल चोरी गर्दै आएका ६ जनालाई पक्राउ गरेको छ। उनीहरुबाट ७ वटा चोरीका मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयले चलाएको अप्रेशन अन्तर्गत एक साथ ७ मोटर साइकल सहित ६ जना पेशेवर चोरहरु पक्राउ परेको प्रहरी उपरीक्षक उतमराव सुवेदेले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्