७ आश्विन २०८१ सोमबार
image/svg+xml

मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको चौमाला कुचैनी सडकखण्डमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

चोरी भएका मोटरसाइकल फिर्ता

महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न समयमा चोरी भएका ९ वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखाले २०६८ देखि २०७३ सालसम्म चोरी भएका मोटरसाइल खोजेर सवारीधनीलाई बुझाएको हो ।

जर्बजस्ती रंग दल्ने २२० जना पक्राउ, १२९५ मोटरसाइकल नियन्त्रणमा

होली दिन अाइतबार ट्राफिक नियम उल्लंघन गर्नेे १ हजार २९४ मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएकामध्ये ६९४ लाई कारवाही गरी छाडिएको छ भने ५९६ ट्राफिक प्रहरीको नियन्त्रणमा छन्।

५२ बुलेट मोटरसाइकल नियन्त्रणमा

पोखरा–जिल्ला ट्राफिक कार्यालय कास्कीले ध्वनि परिवर्तन गरी प्रदूषण र क्रस फायर गर्ने ५२ बुलेट मोटरसाइकल आज नियन्त्रणमा लिएको छ।

मोर्चाद्वारा रौतहटमा बिहानैदेखि प्रदर्शन, प्रहरीको मोटरसाइकलमा तोडफोड

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको दुई दिने मधेस आन्दोलनको पहिलो दिन रौतहटमा बिहानैदेखि प्रदर्शन सुरु भएको छ। मोर्चाका कार्यकर्ता र विद्यार्थीहरुले रौतहटको विभिन्न ठाउँमा प्रदर्शन गरेका छन्।

मोटरसाइकल ठक्करले वृद्धाको मृत्यु

मोटरसाइकल ठक्करबाट नेपालगन्ज १ विशालनगरचोक नजिकै एक वृद्धाको मृत्यु भएको छ। सोमबार विहान ११ बजे विशालनगर चोक नजिकै भे४प ७४४२ नम्बरको मोटरसाईकले ठक्कर दिँदा हुम्ला पिप्लाङ घर भई नेपालगन्ज बस्दै आएकी ७७ बर्षीय जयसरा शाहीको मृत्यु भएको हो ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

रौतहटमा शनिवार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। गौर–चन्द्रनिगाहपुर सड्क खण्ड अन्तर्गतको पिपरा भगवानपुर चोकमा शनिवार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा गरुडा नगरपालिका वडा नम्बर १ का १७ बर्षिय धिरेन्द्र रौनियारको घटनास्थलमै ज्यान गएको हो।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

र्दियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। बर्दियाको ठाकुरद्वारा आम्बासा सडकखण्डअन्तर्गत ठाकुरद्वारामा गएराति मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि बसेका एक जनाको ज्यान गएको हो।

चोरीको मोटरसाइकलसहित दुई पक्राउ

चोरीको मोटरसाइकलसहित प्रहरीले दुईजनालाई मंगलबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक गुन्सा–२ का कृष्ण थिङ र भोटेनाम्लाङ गाविस–४ का दावा तामाङ रहेका छन्।

मोटरसाइकलकाे सिटमुनिबाट साढे पाँच किलो चाँदी बरामद

भारतबाट चोरी पैठारी गरी भित्र्याइएको साढे पाँच किलो चाँदीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। दिउँसो करिब सावा १२ बजे प्रहरीले वीरगन्जको रजतजयन्ति चोकमा पाँच किलो पाँच सय ग्राम चाँदीसहित वीरगन्ज–३ छपकैयाका बाबुलाल साहलाई पक्रेको हो।

‘अनटेष्ट’ मोटरसाइकलमा आएका लुटेराले पाँच लाख लुटे

खडकपुर–३ बस्ने रुपेस यादबलाई नगद तथा मोबाइल लुटपाट गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । काचन–४ बस्ने रजनेश्वर साह स.३ प ९५५६ नम्बरको मोटरसाइकलमा लाहानबाट घरतर्फ जाने क्रममा लुटिएका थिए।

मोटरसाइकलको सिट भित्र चाँदी भेटियो

मोटरसाइकलको सिट मुनी लुकाई ल्याएको ३ केजी चाँदीसहित एकजना पक्राउ परेका छन्। पर्सा जिल्ला वीरगञ्ज उपमहानगरपालिका–११ बस्ने ३५ बर्षीय राजकिशोर गुप्तालाई प्रहरीले पक्राउ गरेको हो।

तीव्र गतिका दुई मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु

चाँगुनारायण नगरपालिका–१ पिखेलमा शुक्रबार मध्याह्न १२ बजे दुबैतर्फबाट तीव्र गतिमा आएका दुई मोटरसाइकल ठक्कर खाँदा खोरिया गाउँका ३६ वर्षीय बाबुलाल तामाङको मृत्यु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्