७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

५२ बुलेट मोटरसाइकल नियन्त्रणमा

पोखरा–जिल्ला ट्राफिक कार्यालय कास्कीले ध्वनि परिवर्तन गरी प्रदूषण र क्रस फायर गर्ने ५२ बुलेट मोटरसाइकल आज नियन्त्रणमा लिएको छ। 

कार्यालयले ती मोटरसाइकलका चालकलाई नियमानुसार अधिकतम कारबाही गरी मोटरसाइकलको ध्वनिलाई पहिलाकै स्वरुपमा ल्याई अब उप्रान्त त्यस्तो नगर्ने सर्तमा छाडिएको कार्यालयका प्रमुख विश्वराज अधिकारीले जानकारी दिए। 

यस्तै कार्यालयले विभिन्न मोटरसाइकल वर्कसपका ५५ मिस्त्रीलाई सवारीसाधनमा ध्वनि परिवर्तन गर्न नहुने र यदि गरेको पाइएमा कानुनअनुसार सार्वजनिक मुद्दासमेत चलाइने चेतावनी पनि दिएको वताइएको छ । रासस 

प्रकाशित: २९ फाल्गुन २०७३ ०७:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App