९ आश्विन २०८१ बुधबार
image/svg+xml

पहाडी गाउँमा पनि भारतीय तरकारी र फलफूलको बिगबिगी

ताप्लेजुङको फुरुम्बोगढी बजारमा बिहानको खाजा खाने क्रममा कसैले थप खुर्सानी र प्याज माग्यो। तिनैमध्येका धर्म पौडेलले टिप्पणी गरे, ‘यो सब भारतकै त होला नि ?’

एक सातामा भारतबाट ७१ महिलाको उद्धार

मानव तस्करहरूले खाडी मुलुकमा आकर्षक रोजगार दिने प्रलोभन देखाई भारतका विभिन्न स्थानमा पु-याएका ७१ नेपाली महिलाको उद्धार गरिएको छ।

चुरे र महाभारतबाट बग्ने नदी तटीय क्षेत्रका बासिन्दालार्इ सतर्क रहन आग्रह

मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएकाले आज देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाउँदै नदी आसपासका जनतालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

एक वर्षमा भारतबाट १८ अर्बको बिजुली खरिद

स्वदेशमा उत्पादित बिजुलीले मुलुक उल्यालो बनाउन नपुगेपछि चालू आर्थिक वर्षको १० महिनामा १५ अर्ब २१ करोड रुपैयाँको बिजुली आयात गरिएको छ । यो तथ्यांकअनुसार मासिक १ अर्ब ५२ करोड रुपैययाँको बिजुली आयात भएको देखिन्छ । चालू आर्थिक वर्ष सकिन अझै दुई महिना बाँकी छ।

भारतबाट ल्याएको इन्टरनेट पनि महँगो

विश्वमै इन्टरनेट शुल्क घटिरहेको बेला नेपाल भने भारतबाट महँगो मूल्यमा इन्टरनेट किन्न बाध्य छ । नेपालमा फोन गर्दा उच्च मूल्य राखेको भारतले नेपाललाई बेच्ने ब्यान्डविथ पनि महँगो रहेको सरोकारवालाले बताएका छन्।

घर बनाउन भारतबाट गाउँमा

रसुवाको नौकुण्ड गाउँपालिका–२, यार्साका शेरलामा थोक्राको परिवार भारतको हिमाञ्चलमा बस्छन्। २६ वर्षदेखि उनको परिवार त्यहाँको जेभी कम्पनीमा काम गर्दै आएको छ। थोक्रा अहिले तीन वर्षअघि गएको भूकम्पले भत्काएको घर बनाउँदै छन्। घर निर्माणका लागि थोक्रासँगै उनकी श्रीमती पनि नेपाल आएकी छन्।

भारतबाट ल्याइने बिजुलीको भाउ बढ्यो

भारतले नेपाललाई बेच्दै आएको बिजुलीको भाउ बढाएको छ। भारतले ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनबाट आयात भइरहेको बिजुलीको मूल्य प्रतियुनिट ६० पैसा बढाएको हो।

भारतबाट ३ चेलीको उद्धार

एक महिनाकै अवधिमा भारतबाट ३ चेलीको उद्धार गरिएको छ। बेचबिखन र हिंसा प्रभावितलाई उद्धार पुनःस्थापन तथा सीप सिकाएर आत्मनिर्भर बनाउने काममा सक्रिय रहेको केआइ नेपालको पहलमा भारतबाट एक महिनामै ३ चेलीको उद्धार भएको हो।

भारतबाट ज्यादती भएको अन्तर्राष्ट्रिय अधिकारकर्मीको ठहर

भारतीय पक्षले निर्माण गरेको लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र सीमा सडकले पु¥याएको क्षतिको अन्र्तराष्ट्रिय अधिकारकर्मीले अनुगमन गरेका छन् ।

भारतबाट काम गरेर फर्कनेहरूमा डेङ्गुको संक्रमण

एडिज नामक लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका चारजना बिरामी कञ्चनपुरमा फेला परेका छन्। भारतबाट काम गरेर फर्केका चारजना बिरामीमा डेङ्गुको संक्रमण देखापरेको हो।  चारै जना महाकाली अञ्चल अस्पतालमा उपचारपछि निको भई घर फर्केको जिल्ला जनस्वास्थ्य कार्यालयका कीटजन्य अधिकृत हेमराज जोशीले बताए। उनका अनुसार साउन, भदौमा एक/एक र असोजमा दुई जनामा डेङ्गुको संक्रमण भएको पाइएको थियो। “जिल्लाको दक्षिणी क्षेत्रका डेङ्गुबाट संक्रमित छजनाभन्दा बढीले कैलालीको सेती अञ्चल अस्पतालमा उपचार गराएको जानकारीसमेत पाएका छौँ”, अधिकृत जोशीले भने।

भारतबाट ३५ हजार खसीबोका ल्याइँदै

व्यवसायीले दसैंलाई लक्ष्य गरेर ५० करोड रुपैयाँका खसीबोका भारतबाट ल्याउने भएका छन् । यहाँको उत्पादनले नथेगेपछि भारतबाट करिब ३५ हजार खसीबोका ल्याउने तयारी गरेका छन् ।

दुबई र भारतबाट नेपालमा कल बाइपास

प्रहरीले अवैध कल बाइपासमा संलग्न संगठित समूहविरुद्धको कारबाहीलाई तीव्र्र बनाएपछि गिरोहले नेपालमा सहयोगी राखेर भारत र दुबईबाट कल बाइपास गराउँदै आएको खुलेको छ। अनुमति लिएर दूरसञ्चार सुविधा दिएका कम्पनीको गेटवे छल्दै भइरहेको अवैध कल बाइपास रोक्न प्रहरीले ७ वर्षदेखि कारबाही गर्दै आएको छ।

सर्लाहीबाट अपहरणमा परेका ७ वर्षे बालक भारतबाट मुक्त

सर्लाहीको बरहथवाबाट अपरणमा परेका ७ वर्षीय बालकलाई सर्लाही प्रहरीले भारतबाट सकुशल अपहरण मुक्त गराएको छ। भारतको बैरगनिया भन्दा पश्चिमबाट भारतीय प्रहरीको सहयोगमा अपरणमा संकलन अपहरणकारी सहित बरहथवा–६ का गोरु ब्यपारी पुकार यादवका ७ वर्षीय छोरा राकेश यादवलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मतदान गर्न भारतबाट घर फर्कनेको लर्को

बुढीगङ्गा नगरपालिका– १० का खम्म सार्की स्थानीय तहको निर्वाचन हुने भएपछि भारतबाट घर फर्किएका छन् । उनी आठ वर्षपछि घर फर्किएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्