७ आश्विन २०८१ सोमबार
image/svg+xml

गण्डकी स्मार्ट सञ्चालनमा

गण्डकी विकास बैंक लिमिटेडले विभिन्न अत्याधुनिक सुविधा सहितको गण्डकी स्मार्ट सेवा सञ्चालनमा ल्याएको छ। स्मार्ट मोबाइलबाट चलाउन सकिने उक्त सेवाभित्र पछिल्लो समयमा प्रयोगमा रहेको मोबाइल बैंकिङका साथै इन्टरनेट बैंकिङ र भुक्तानी प्रणालीका विशेषताहरु समेत समेटिएको बताइएको छ।

कामना सेवाको भी भाइभ सेवा

कामना सेवा विकास बैंकले विविध विशेषता भएको परिमार्जित, आधुनिक र सरल मोबाइल बैंकिङ भी भाइभ सेवा सञ्चालनमा ल्याएको छ। ग्राहकको समयसापेक्ष आवश्यकता र प्रतिस्पर्धी बजारलाई मध्यनजर गर्दै हाल सञ्चालनमा रहेको सेवामा केही सुविधा थप गरी सो सेवा सार्वजनिक गरिएको बैंकले जनाएको छ।

प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा

नेपाल टेलिकमले प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याएको छ। प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुनेछ।

पशुपतिमा १० मोबाइल र एक घुम्ती शौचालय सञ्चालनमा ल्याइँदै

पशुपति क्षेत्र विकास कोषले भक्तजनको सुविधाको लागि १० मोबाइल शौचालय र चार युनिटको एक घुम्ती शौचालय सञ्चालनमा ल्याउने भएको छ। एनआइसी एसिया बैंक र एभरेस्ट बैंक लिमिटेडको सहयोगमा शौचालय सञ्चालन गरिन लागिएको हो।

टेलिकमको प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा

नेपाल टेलिकमले प्रिपेड मोबाइलमा सोमबार (भोलि)देखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ। प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुनेछ। अब नेपाल टेलिकमका जीएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताहरु चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न, नेपालबाट आएको कल उठाउन र एसएमएस पठाउन तथा प्राप्त गर्न सक्ने भएका छन्।

मोबाइलमा कुरा गर्न पाउँदा माझफालवासी दंग

ठूलीभेरी नगरपालिका ६ मा पर्ने रिनपुले डाँडामा नेपाल टेलिकमको नमस्ते मोबाइल सेवाको बीटीएस स्थापना गरेपछि माझफालबासीको हजारौं वर्ष अघिदेखिको मोबाइल फोन प्रयोग गर्ने सपना पूरा भएको हो। पिछडिएको दुर्गमबस्ती माझफाल, थरगाउँ र काँडातालीवासीले एक वर्षसम्मको प्रयासपछि नेपाल टेलिकमको बीटीएस प्रणालीबाट लाभान्वित हुन पाएका छन्।

फोरजी विस्तारको साइट सर्भे सुरु

नेपाल टेलिकमले मुलुकभर चौथो पुस्ताको मोबाइल नेटवर्क (फोरजी) विस्तार परियोजनाअन्तर्गत साइट सर्भेको काम ६५ प्रतिशत सकिएको बताएको छ। साइट सर्भेसँगै नेटवर्क विस्तारको लागि चाहिने उपकरण आयातको काम सुरु भएको नेपाल टेलिकमले जनाएको छ।

विद्यालयमा मोबाइल प्रतिबन्ध

क्षिक गुणस्तर खस्किँदो विषयमा बहस भइरहेका बेला थुलुङ दुधकोसी गाउँपालिकाले शैक्षिक सुधारका लागि विद्यालय समयभित्र शिक्षक र विद्यार्थीलाई मोबाइल प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। सो गाउँपालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समितिका अध्यक्ष असिम राईको अध्यक्षतामा गत सोमबार बसेको बैठकले शैक्षिक गुणस्तर वृद्धिका लागि नयाँ शैक्षिक सत्रदेखि मोबाइल प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

मुक्तिनाथ विकास बैंकको तीन योजना

मुक्तिनाथ विकास बैंक लिमिटेडले तीन नयाँ योजना ल्याएको छ। २०७६ वैशाख १ गतेदेखि लागू गरिएको उक्त योजनामा बैंकले भिसा डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा सुविधा थप गरेको जनाएको छ।

मोबाइल टावरको आवश्यक सामाग्रीसहित डोल्पा पुगे विद्यार्थी

संचार प्रविधिको पहुँचबाट टाढा रहेको ठुलीभेरी नगरपालिका वडा नं ६ अन्तर्गत पर्ने रिन्पुले डाँडामा मोबाइल टावर निमार्ण गरिन थालिएको छ ।

थाइल्यान्डमा पियाजियो थ्री ह्विलर्स सम्मेलन

विवेक अटोमोबाइल्स प्रालिले प्रथम वार्षिकोसत्वको अवसरमा थाइल्यान्डमा अन्तर्राष्ट्रिय सम्मेलन गरेको छ। सम्मेलनमा ४६ शाखा तथा डिलरका प्रतिनिधि सहभागी रहेको कम्पनीले जनाएको छ।

प्रभावकारी बन्दै मोबाइल स्वास्थ्य कार्यक्रम

मातृ तथा नवजात शिशुको सुरक्षाका लागि जिल्लामा सञ्चालित मोबाइल स्वास्थ सेवा कार्यक्रम प्रभावकारी बन्दै गएको छ। मातृ तथा नवजात शिशुको मृत्युदर तथा घरमै प्रसूति हुने महिलाहरूको सङ्ख्यालाई शून्यमा पु-याउने उद्देश्यले धादिङमा मोबाइल स्वास्थ्य कार्यक्रम सञ्चाको छ।

बाबुआमा नै मोबाइल फोनमा भुल्दा...

भदौ १५ गते बुबाको मुख हेर्ने दिन थियो। हामीले स्कुलमा अभिभावकलाई बोलाएका थियौँ। छोराछोरीले नै सम्मान गर्ने कार्यक्रम राखेका थियौँ। दुई कक्षाका विद्यार्थी र अभिभावकबीच अन्तक्रिया पनि थियो। कार्यक्रममा पनि खेल थियो। बालबालिकाले आफ्नो बाबाबारे तथा बाबाले आफ्ना नानीहरूबारेको बुझाइसम्बन्धी प्रश्न सोध्ने खेल थियो।

भ्वाइस सेवाका ग्राहक चार करोड

मोबाइल र टेलिफोन सेवाका ग्राहकको संख्या झण्डै चार करोड पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार भ्वाइस सेवा लिने ग्राहक पछिल्लो समय उल्लेख्य रुपमा बढेका छन्।

नेपालमा दैनिक २५ देखि ३० करोडको मोबाइल कारोबार

सूचना प्रविधि प्रयोगको बलियो माध्यम हो मोबाइल फोन सेवा। जसबाट पलपलको सूचना प्राप्त गर्न सकिन्छ। अहिले नेपालका हरेक व्यक्तिको हातमा लगभग मोबाइल फोन पुगिसकेको अवस्था छ। पछिल्लो समय यसको प्रयोगकर्ता झन् बढ्दै गएको देखिछ। प्रयोगसँगै यसकाब्रान्ड र स्वरूप पनि थपिएका छन्। नेपालमा मोबाइल फोनको बजार अवस्था कस्तो छ त < कुल जनसंख्याको कति प्रतिशतले मोबाइल बोक्छन्< यसै विषयमा आजको रिपोर्ट केन्द्रित छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्