७ आश्विन २०८१ सोमबार
image/svg+xml

ज्येष्ठ नागरिकलाई मोबाइल

कैलारी गाउँपालिका वडा नं ७ कार्यालयले वडाका सबै ज्येष्ठ नागरिकलाई आज मोबाइल र नेपाल टेलिकमको सीमकार्ड वितरण गरेको छ।

सेवाग्राहीको सन्तुष्टिलाई प्राथमिकता दिनुपर्नेमा जोड

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकमले पूर्वयोजना बमोजिम नै ठूला आयोजना कार्यान्वयनमा प्राथमिकता दिएको तथा एक वर्षको अवधिमा फोरजी मोबाइल सेवा ७७ वटै जिल्लामा विस्तार गरेको भन्दै टेलिकमको प्रशंसा गरेका छन्।

हराएका मोबाइल भेटाउन समस्या

भक्तपुर थिमीका श्यामकृष्ण बस्नेतले बुधबार जडिबुटी चोक नजिकै मोबाइल हराए। बाटोमा हिड्दैगर्दा उनले हराएको मोबाइलको अहिलेसम्म पत्तो नै छैन।

मोबाइल र इन्टरनेट बैंकिङमा सीमा

राष्ट्र बैंकका अनुसार चालु आव ०७६÷७७ को मंसिर महिनासम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या करिब ८३ हजार पुगेको छ भने इन्टरनेट बैंकिङ प्रयोगकर्ताको नौ लाख पुगेको छ ।

मायावी मोबाइल

के तपाईंका छोराछोरी यतिबेला हातमा पुस्तक लिएर पढिरहेका छन् ? बाहिर कौसीमा निस्केर हेर्नुहोस्, पुसको पारिलो घाममा तपाईंका छिमेकी पत्रिका पढिरहेका छन् कि मोबाइलमा केही हेरिरहेका छन् ?

मोबाइल प्रयोगकर्ता बढे

तीन करोडको हाराहारीमा रहेको जनसंख्याले प्रयोग गर्ने टेलिफोन सेवा लिने प्रयोगकर्ताको तथ्यांक भने चार करोड २० लाख पुगेको छ।

स्टेरिङमा हात र कानमा फोन लगाउने चालक धमाधम कारवाहीमा पर्दै

‘सवारी चलाउँदा मोबाइल फोनको प्रयोग नगरौँ’ यो सन्देश राजमार्ग होस् या मुख्य नाकाहरुमा ठुला अक्षरमा देखिने गरि साईनबोर्डमा टाँगिएको हुन्छ। सवारी चलाएका बेला चालकले गल्ती नगरुन, मोबाइल फोनमा ध्यान दिँदा दुर्घटनाको जोखिम बढ्ने भन्दै ट्राफिक प्रहरीले सचेत गराएता पनि गोरखामा अधिकाशं चालकले अटेरी गर्ने गरेको पाइएको छ। स्टेरिङमा हात र कानमा फोन लगाउने चालक धमाधम कारवाहीमा पर्न थालेका छन्।

चीनले स्याटलाइट बन्द गर्दा डोल्पामा मोबाइल सेवा बन्द

हिमाली जिल्ला डोल्पाका दुई स्थानीय तहमा मोबाइल सेवा बन्द भएको छ। चिनियाँ स्याटलाइट बन्द भएपछि जिल्लाका मुड्केचुला र काइके गाउँपालिकामा मोबाइल सेवा पुर्णरुपमा बन्द भएको हो।

कश्मीर उपत्यकामा सोमबारदेखि पोस्टपेड मोबाइल सेवा सुचारु

भारत प्रशासित जम्मु कश्मीरमा सोमबार दिउँसोदेखि पोस्टपेड मोबाइल सेवा सुरु गरिएको छ। अवरूद्ध गरिएको ७२ दिनपछि पोस्टपेड मोबाइल सेवा पुनः सुरु भएको हो। जम्मु कश्मीरका मुख्यसचिव रोहित कन्सालले सोमबार दिउँसो १२ बजेदेखि कश्मीरका सबै १० वटै जिल्लामा पोस्टपेड मोबाइल सेवा सञ्चालन भएको जानकारी दिएका छन्। सुरक्षा स्थितिको मूल्यांकनपछि जम्मु कश्मीरका सबै भागमा मोबाइल सेवा सुचारु गर्ने निर्णय भएको पनि उनले जानकारी दिएका छन्।

काश्मिर उपत्यकामा सोमबारदेखि पोस्टपेड मोबाइल खुल्यो

ल्यान्डलाइन सेवा चरणबद्ध रुपमा खुला गरिए पनि काश्मिर उपत्यकाका विभिन्न क्षेत्रमा मोबाइल उपकरणको प्रयोगमा प्रतिबन्धहरु लगाइएको थियो।

अब शिक्षकले कक्षामा मोबाइल प्रयोग गरे सुविधाबाट वञ्चित !

रुपन्देहीको एक विद्यालयले कक्षाकोठामा शिक्षकले मोबाइल चलाए पाउने सेवा सुविधा रोक्ने चेतावनी दिएको छ। विद्यालयमा उपस्थित भएर विद्यार्थीलाई पढाउनुभन्दा विद्यार्थीकै अगाडी कक्षा कोठामै मोबाइल चलाएर बस्ने गरेको खबर स्थानीय तहमा आएकोले सियारी गाउँपालिकाले यस्तो चेतावनी दिएको हो।

शे–फोक्सुण्डोको साल्दाङमा पहिलोपटक मोबाइल सेवा

सञ्चारको पहुँच नपुगेको माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउँपालिकाको केन्द्र साल्दाङमा पहिलोपटक नेपाल टेलिकमको मोबाइल सेवा सुरु भएको छ।

मोबाइल बैंकिङमा एक तिहाइ जनसंख्या

शान्तिनगरका क्षितिज प्रधानले मोबाइल बैंकिङ सेवा लिएको एक वर्ष भयो। सहकर्मीले उक्त सेवा लिएका कारण सानोतिनो कारोबारको लागि बैंक धाउन नपरेको देखेपछि आफू पनि लोभिएको उनले बताए।

मोबाइल चोरी गरेर किनबेच गर्ने तीन जना पक्राउ

खोटाङमा चोरीको मोबाइल किनबेच गर्ने तीन जना पक्राउ परेका छन्। विभिन्न पसलबाट मोबाइल चोरी गर्दै विक्री गर्ने दुई जना र खरिद गर्ने एक व्यवसायीलाई प्रहरीले पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्