४ मंसिर २०८१ मंगलबार
image/svg+xml

कृषिबाट बर्सेनि ४ करोड कारोबार

स्याङजाको गल्याङ नगरपालिका–११, जिमुवाका कृषकले बर्सेनि करिब ४ करोड आर्थिक करोबार गर्छन् । करिब दुई सय ५० हेक्टर क्षेत्रफलमा लगाएको विभिन्न नगदे तथा खाद्य बालीबाट भएको आम्दानीले उनीहरू कारोबार गर्न सफल भएका हुन्। कृषिमा जिल्लाकै नमुना क्षेत्र भनेर जिमुवा क्षेत्रलाई चिनिन्छ।

पोषण संम्बेदनशील कृषिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

पहाडी क्षेत्रका बासिन्दाको पोषणको अवस्थामा सुधार ल्याउन पोषण संवेदनशील कृषि अभ्यासको प्रवर्द्धन गर्न सञ्चालित परियोजनाको सफल अभ्यासबारे छलफल गर्न मंगलबारदेखि अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ।

सामूहिक कृषि व्यवसायमा युवा

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडा बुवासुङका युवाहरु पूर्णकालीन रुपमा समूह बनाएर कृषि पेसामा लागेका छन् । घरजग्गा छाडेर तराई गएका आफन्तको ८० रोपनीभन्दा बढी जग्गा भाडामा लिएर बुवासुङका १० युवाले सामुहिक खेती सुरु गरेका हुन्।

कृषि मेलामा २८ कृषक पुरस्कृत

कृषि तथा पोषण मेला प्रदर्शनीमा सोलुखुम्बुका २८ जना कृषक पुरस्कृत भएका छन्। थुलुङ–दुधकोसी गाउँपालीका वडा नम्बर १ नेलेमा भएको कृषि तथा पोषण मेला प्रदर्शनी प्रदर्शनीमा ७ विधामा २८ जना कृषक पुरस्कृत भएका हुन्।

कृषि सहकारीको दुई कराेड ९२ लाख कारोबार

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सुत्केरी ढुंगा साना किसान कृषि सहकारी करिब दुई करोड ९२ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको छ ।

अन्तर्राष्ट्रिय कृषि मेलामा १० करोड कारोबार

काठमाडौं भृकुटीमण्डपमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय कृषि मेला आइतबार सम्पन्न भएको छ । मेला झन्डै ४३ हजार व्यक्तिले अवलोकन गरेको आयोजकले जनाएको छ ।

कृषि प्रदर्शनीमा उत्साहजनक सहभागिता

भर्खरै वैदेशिक रोजगारीबाट फर्किएका विकास श्रेष्ठ शनिबार भृकुटीमण्डपस्थित अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा भेटिए । कृषिमा लगानी गर्ने सोंचका साथ चार वर्षको कतार बसाइ टुंग्याएर फर्किएका हुन् उनी ।

कृषियोग्य जमिनको खण्डीकरण रोक्न सर्वाेच्चको समर्थन

कृषियोग्य जमिन खण्डीकरण गरी घडेरीको रुपमा बिक्रीवितरण गर्न नपाउने सरकारको निर्णय सर्वोच्च अदालतले सदर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसे र तेजबहादुर केसीको संयुक्त इजलासले सरकारको निर्णय सदर गर्दै खण्डीकरण कार्य रोक्ने फैसला गरेको हो । अन्तरिम आदेशमार्फत रोकिएको सरकारको निर्णय कार्यान्वयनको बाटोसमेत खुलेको छ।

कृषि विकास बैंकको २०% बोनस सेयर

कृषि विकास बैंकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर तथा १.०५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) दिने प्रस्ताव पारित गरेको छ । सोमबार सम्पन्न बैंकको ११औं वार्षिक साधारणसभाले कम्पनीको सञ्चालक समितिको उक्त प्रस्ताव पारित गरेको हो।

फागुन पहिलो साता अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी

कृषि क्षेत्रको व्यावसायिक विकासमा सहयोग पु¥याउने उद्देश्यले आगामी फागुन पहिलो साता बृहत् अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस् प्रालिले संयुक्त रुपमा प्रदर्शनी आयोजना गर्न लागेको हो।

‘कृषिमा लगानी, ल्याउँछ सुनौलो विहानी’

‘कृषिमा लगानी, ल्याउँछ सुनौलो विहानी’ भन्ने मूल नाराका साथ उदयपुरको बेलका नगरपालिकामा आयोजित जिल्लास्तरीय कृषि मेलामा ५१ कृषक पुरस्कृत भएका छन्।

गफमै सीमित कृषि

सरकारी आँकडाअनुसार कृषि पेसामा संलग्न निर्वाहमुखी किसानको संख्या करिब ६७ प्रतिशत रहेको देखिन्छ । यसको अर्थ नेपालमा निर्वाहमुखी किसानको संख्या बिस्तारै दिनप्रतिदिन घट्दै गएको छ । पहिले ८७ प्रतिशत हाराहारी जनता कृषक रहेको हुनाले नै होला, हाम्रो देशलाई कृषिप्रधान भनिएको । तर आज न कृषिप्रधान छ, न राज्यले कृषकलाई आवश्यक अनुदान सहयोग तथा प्रोत्साहन नै गरेको छ ।

स्थानीय तहमा कृषि र जनशक्ति

मुलुक केन्द्रीकृत व्यवस्थाबाट सही मानेमा विकेन्द्रीकृत व्यवस्थामा गएको छ । यसका राम्रा–नराम्रा दुवै पक्ष होलान् । नेपालको भू–राजनीति र कर्मचारीतन्त्रले यसलाई कसरी डो¥याउँछ, हेर्न बाँकी नै छ । जेहोस्, अबको जिम्मेवारी भनेको आ–आफ्नो क्षेत्रको विकास आ–आफैँले गर्ने हो । यसका लागि स्रोत साधन अाफैँले जुटाउने हो ।

कटारीमा कृषि क्याम्पस खुल्ने

उदयपुरको कटारीमा कृषि क्याम्पस खोल्ने तयारी अन्तिम चरणमा पुगेको छ। जिल्लाको प्राकृतिक स्रोत व्यवस्थापन तथा विद्यार्थीलाई प्राविधिक शिक्षातर्फ उन्मुख गराउने उदेश्यले कटारी नगरपालिका ५ मा कृषि क्याम्पस खोल्न लागिएको हो।

कृषि तथा वनविज्ञानको सोसियल अडिट

देशको मेरूदण्डका रूपमा रहेको कृषि क्षेत्रको सर्वाङ्गीण विकास गर्न, कृषिको आधुनिकीकरण, व्यवसायीकरण र विविधीकरण गर्दै ग्रामीण समुदायको सामाजिक र आर्थिक स्तर उठाउनका निम्ति एकीकृत रूपले शिक्षण, अनुसन्धान र प्रसारको समग्र प्रयोग गरी उच्च तहको स्तरीय र दक्ष जनशक्ति उत्पादन गर्नु यस विश्वविद्यालयको उद्देश्य रहेकाले यिनै उद्देश्य पूरा गर्न नेपाल सरकारको पूर्ण लगानीमा २०६७ असार ३ गते चितवनको रामपुरमा स्थापना भएको यो नेपालको पहिलो प्राविधिक विश्वविद्यालय हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्