४ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

‘कृषिमा लगानी, ल्याउँछ सुनौलो विहानी’

उदयपुर – ‘कृषिमा लगानी, ल्याउँछ सुनौलो विहानी’ भन्ने मूल नाराका साथ उदयपुरको बेलका नगरपालिकामा आयोजित जिल्लास्तरीय कृषि मेलामा ५१ कृषक पुरस्कृत भएका छन्। शनिबार सम्पन्न ‘नगरस्तरीय बृहद कृषि मेला २०७४’ मा स्थानीय किसानले उत्पादन गरेका सबैखाले कृषि सामग्रीको प्रदर्शनी तथा विक्री गर्न स्टल राखिएको थियो। 

नगरपालिकाको आयोजना, विषयगत सरकारी तथा गैरसरकारी संघसंस्थाहरूको साझेदारीमा माघ १७ देखि सञ्चालित ४ दिने जिल्लास्तरीय मेलामा कृषि उत्पादनका खाद्यान्न, पशुपंक्षी, माछा, फलफुल, तरकारी, दलहन, लहरेबाली लगायत उत्पादनहरूको बृहत प्रदर्शनी भएको थियो। कृषि प्रविधि तथा औजार, मेसिनहरूको पनि प्रदर्शनीमा राखिएका थिए। 

स्वच्छ, सफा र सभ्य एउटा घरसँगै हुनुपर्ने करेसाबारी, जुठेल्नो, फलफुलका बोटहरू, फुलबारी, माछापोखरी, घरगोठ, चर्पी आदि समेटिएको ‘नमूना घरवगैँचा’ ले मेलामा थप आकर्षण थपेको थियो। नमुना घरवगैचा देखेर सहभागी कृषकहरूले आप्mना घर बगैंचा पनि त्यस्तै बनाउने प्रतिबद्धता जनाएका थिए। बारीमा फलाएका तरूल, फर्सी, लौका, मुला, रायो साँग, केरा, जुनार, च्याउ, अदुवा, बेसार, धानको बाला, मकैको घोगा आदि पनि मेलाका आकर्षण रहेका थिए। 

त्यसैगरी उन्नत पशुपालन, कृत्रिम पशुगर्भधान प्रबृद्धिको प्रदर्शनी तथा सेवा पनि विशेष आकर्षणको रूपमा रहेको थियो। कृषकहरूले हाँस, कुखुरा, बंगुर, राँगा, खसी बाख्रा, जर्सीसमेत प्रदर्शनीमा ल्याएका थिए। नगदेबालीमा बेसार, अदुवा, उखु, खुर्सानी, फलपूmलको पनि प्रदर्शनीमा किनबेच भएको छ। 

प्रदर्शनीका क्रममा कृषक–कृषकबीच परिचय, अन्तरक्रिया र अनुभव आदान प्रदानको अवसर मिलेको बेलका ५ का रमण भट्टराईले बताए। फरक फरक ठाउँ र परिवेशमा कृषि उद्यममा लागी पर्दै आएका किसानहरूले एकापसमा जानकारी र अनुभव लिन दिन पाएको उनले बताए। अरूले गरेको असल कुरा, ज्ञान, सिप लिने र आफूले जानेको बाँड्ने अवसरको रूपमा मेला महत्वपूर्ण भएको कृषि प्राविधिक नरनाथ लुईटेलले बताए।

मेलामा लगभग १० लाख बरावरको कारोबार भएको आयोजक नगरपालिकाका मेयर दुर्गाकुमार थापाले बताए। मेलामा विभिन्न विषयगत संघसंस्था तथा कार्यालयले स्थानीय कृषकसँग साक्षात्कार गर्दै सिकाई उपलब्धीबारे अन्तरक्रिया गरेका थिए। जिल्लाको आधुनिक कृष पैणालीलाई बढावा दिने उद्देश्यले आयोजित मेलामा कृषि प्रवितधि, कृषि व्यवसायलाई प्रविधिमैत्री बनाउँदै लैजाने तरिका र बढी भन्दा बढी जनतालाई कृषिक्षेत्रमा सहभागी गराउने उद्देश्य लिइएको मेयर थापाले बताएका छन्।

मेला प्रभावकारी भएको साझेदार संस्था समाजसेवी समुह उदयपुरले जनाएको छ। वर्षेनी कृषि मेला प्रदर्शनी गर्दै आएको उदयपुरमा गतवर्ष सदरमुकाम गाईघाटमा आयोजना गरिएकाले यो वर्ष पूर्वी भेगको नगरपालिका बेलकामा आयोजना गरिएको जनाइएको छ। 

प्रकाशित: २१ माघ २०७४ १४:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App