२० आश्विन २०८१ आइतबार
image/svg+xml

कोरोना संक्रमणपछि बल्ल खुल्यो नेपाल–भारत नाका

सोही अनुरुप रौतहट सदरमुकामसँगै जोडिएको गौर–बैरगनिया नाका पनि बन्द भएको थियो। कोभिडको असर कम भएपछि सरकारले नाका सूचारु गर्दा सर्वसाधारणहरु पैदल आवत-जावत गर्दे आएपनि भारतीय पक्षले सार्वजनिक सवारी साधनको अवागमनमा रोक नै लगाएको थियो।

चर्काे ब्याजमा ऋण खोजेर पनि जनताको घरघरमा औषधि पुर्‍याएँ: मेटमणि चौधरी

‘कोभिडको महामारीमा सयकडा ३ मा ऋण खोजेर डाक्टरको टोली र औषधिसहित विपन्न जनताको घरघरमा पुगेको थिएँ। नाका नाका पुगेको थिएँ।' मन्त्री चौधरीले भने, 'जनतालाई भोकले मर्न दिन्नँ भनेर चामल बोकेर गएँ। दोस्रो चरणको कोभिड लहरमा म पनि संक्रमित हुन पुगेँ। तर पनि जनताको सेवामा दिनरात भनिनँ। बाढी, पहिरो, आगलागी लगायत हरेक विपत्तिमा जनताको सारथी बनेको छु।’

दक्षिण कोरियामा कोभिड–१९ सोमबारको तुलनामा केही कम

कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसिए)का अनुसार अघिल्लो दिन ३३ हजार दुई सय ४८ को तुलनामा मङ्गलबार केही कमी अर्थात २९ हजार पाँच सय तीन सङ्क्रमित भएका छन्।

थप ४५ मा कोरोना सङ्क्रमण पुष्टि

एक हजार तीन सय सात जनाले पिसीआर र एक हजार तीन सय ७१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

कोरोनाले रोकिएको श्रीएयरको माउन्टेन फ्लाइट पुनः सुरु

कोभिड–१९ को सङ्क्रमणको महामारीका कारण रोकिएको श्री एयरलाइन्सको माउन्टेन फ्लाइट (उडान) पुनः सुरु भएको छ ।

यातायात सञ्चालनमा अवरोध नगर्न ताप्लेजुङका यातायात व्यवसायीको अपिल

जारी विज्ञप्तिमा विगतदेखि नै दशैंसहित नेपालीहरुका महान पर्वका बेला पाथीभरा मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने भएकोले आउने तीर्थालुका लागि आफूहरुले यातायातका साधनहरुको पर्याप्त व्यवस्था गर्दै आएको स्मरण गर्दै यसपटक पनि तीर्थालुका लागि यातायातका साधनको व्यवस्था भएको उल्लेख गरिएको छ।

थप ६३ जनामा सङ्क्रमण पुष्टि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार तीन हजार सात सय ४० जनामा गरिएको परीक्षणमध्ये ६३ जनामा सङ्क्रमण पुष्टि भएको छ।

फिलिपिन्समा कोभिडबाट एकैदिन ३१ जनाको मृत्यु

फिलिपिन्समा बिहीबार मात्र कोभिड १९ बाट दुई हजार एक सय ४१ जनामा सङ्क्रमण भएको बताइएको छ।

अध्यक्ष लीको भ्रमणसँगै तातोपानी र रसुवा नाका खुला

नाका खुलेसँगै रसुवाबाट बिहान सात ठूला कन्टेनर सामान नेपाल भित्रिसकेको र बाँकी सात कन्टेनर साँझसम्म आइपुग्ने भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए। रसुवा नाकाबाट यसअघि दैनिक ठूला १४ कन्टेनर समान आउने गरेका थिए। तातोपानी नाकाबाट रसुवा नाकाको तुलनामा केही कम सामान आउने गरेको र बढी फलफूल आउने गरेको विभागले जनाएको छ।

थप १७९ मा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा थप एक सय ७९ मा कोभिड सङ्क्रमण पुष्टि भएकोछ। यस अवधिमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ।

थप १०४ जना सङ्क्रमित

कोरोना भाइरसको सङ्क्रमण आज एक सय चार जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित बुलेटिनमा तीन हजार पाँच सय ८७ परीक्षणमध्ये एक सय चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो।

विश्वव्यापीरूपमा क्रमशः कम भएपनि कोरियामा घटेन कोरोना सङ्क्रमण

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने अघिल्ला दिनका तुलनामा कारोनाजन्य मृत्यु र सङ्क्रमण बढेको छ। यद्यपि अघिल्ला साताका तुलनामा भने सङ्क्रमण दरमा भने केही कमी आएको छ।

कोरियामा कोभिडबाट एकैदिन एकहत्तर जनाको मृत्यु

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार सोमबार दक्षिण कोरियामा ७१, मलेसियामा आठ र न्युजिल्याण्डमा अनुसार ११ जनाको मृत्यु भएको छ।

यो साता कोभिड सङ्क्रमण घट्दो क्रममा

यो महिनामा सबैभन्दा बढी सङ्क्रमण भदौ १ गते देखिएको थियो। त्यसदिन आठ सय ५२ सङ्क्रमित भेटिएका थिए। त्यसपछिका दिनमा क्रमशः घट्दै गएकामा भदौ ६ गते एक्कासि बढेर छ सय ५८ सङ्क्रमित फेला परेका थिए। भदौ ७ गतेपछि भने सङ्क्रमण पुनः घट्दो क्रममा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सार्वजनिक विवरणमा उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्