१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

थप १७९ मा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा थप एक सय ७९ मा कोभिड सङ्क्रमण पुष्टि भएकोछ। यस अवधिमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ।  

पछिल्लो २४ घण्टामा चार हजार नौ सय ५९ को नमूना परीक्षण गरिएको थियो। दुई हजार छ सयले पिसिआर र दुई हजार तीन सय ५९ को एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।  

यस अवधिमा एक सय ७१ कोरोना सङ्क्रमणमुक्त भएका छन्। यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ८४ हजार पाँच सय ८४ पुगेको छ। सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार दुई सय ७१ रहेको छ अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १५ पुगेको छ। होम आइसोलेसनमा दुई हजार एक सय ९०, संस्थागत आइसोलेसनमा ८१ र आइसियुमा १५  सङ्क्रमित रहेका छन्।  

हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित रहेको जिल्लामा ललितपुर र चितवन रहेका छन्। शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, जाजरकोट, हुम्ला, डोल्पा, मुगु, जुम्ला, बझाङ र दार्चुला रहेका छन्।  

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौंमा आठ सय ९२, ललितपुर तीन सय ९९ र भक्तपुरमा ३२ सक्रिय सङ्क्रमित रहेका छन्। कूलमा सङ्क्रमणदर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित: २७ भाद्र २०७९ ११:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App