१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

थप ४५ मा कोरोना सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ।

यस अवधिमा दुई हजार छ सय ७८ जनाको नमूना परीक्षण गरिएको थियो। एक हजार तीन सय सात जनाले पिसीआर र एक हजार तीन सय ७१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।  

आज ७० सङ्क्रमित कोरोना सङ्क्रमणमुक्त भएका छन्। यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ८६ हजार छ सय १७ पुगेको छ। सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ७७ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १८ पुगेको छ। होम आइसोलेशनमा एक हजार ४१, संस्थागत आइसोलेशन ३६ र आइसियूमा नौ जना सङ्क्रमित रहेका छन्।  

हाल देशभरमा दुई सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ रहेको छ। शून्य सङ्क्रमित रहेका जिल्लामा ताप्लेजुङ, तेह्रथुम, भोजपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, मनाङ, मुस्ताङ, म्याग्दी, स्याङ्जा, हुम्ला, डोल्पा, कालिकोट, रुकुम पश्चिम, जाजरकोट, दैलेख, मुगु, जुम्ला र दार्चुला रहेका छन्। 

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा चार सय ३३, ललितपुर एक सय ४१ र भक्तपुरमा २१ सक्रिय सङक्रमित रहेका छन्।कूलमा सङ्क्रमणदर १६ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।रासस

प्रकाशित: १३ आश्विन २०७९ १२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App