११ वैशाख २०८२ बिहीबार
image/svg+xml १३:२५ अपराह्न
अन्तर्राष्ट्रिय

फिलिपिन्समा कोभिडबाट एकैदिन ३१ जनाको मृत्यु

फाइल तस्बिर

फिलिपिन्समा बिहीबार मात्र कोभिड १९ बाट दुई हजार एक सय ४१ जनामा सङ्क्रमण भएको बताइएको छ। यो समेत गरी यहाँ अहिलेसम्म ३९ लाखभन्दा बढी व्यक्तिमा कोभिडको सङ्क्रमण भएको जनाइएको छ। 

साथै यहाँ कोभिडका कारण बिहीबार मात्र ३१ जनाको ज्यान गएको फिलिपिन्सको स्वास्थ्य विभागले जानकारी दिएको हो। यो समेतगरी यहाँका ६२ हजार चार सय ४७ जनाको कोभिडबाट निधन भएको थियो। फिलिपिन्सको मेट्रो मनिला क्षेत्रमा कोभिडले सबैभन्दा बढी प्रभावित बनाएको छ। 

सो क्षेत्रमा मात्र कम्तीमा पनि एक हजार नयाँ सङ्क्रमित बिहीबार थपिएका बताइएको छ। यहाँ गत जनवरीमा एकै दिन ३९ हजार जनामा पनि सङ्क्रमण भएको थियो। तर अहिले भने दैनिक दुई हजार जनाको हाराहारीमा सङ्क्रमित भेटिने गरेका यहाँको स्वास्थ्य विभागले जानकारी दिएको छ। यहाँको जनसंख्याको ७२.८ प्रतिशत नागरिकले कोरोनाका विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन्। 

प्रकाशित: ३१ भाद्र २०७९ ०८:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App