८ आश्विन २०८१ मंगलबार
image/svg+xml

रियललाई बराबरी र बार्यनलाई जित आवश्यक

च्याम्पियन्स लिग फुटबलको फाइनल प्रवेशका लागि सेमिफाइनलको दोस्रो लेगमा मंगलबार राति रियल मड्रिड र बार्यन म्युनिख भिड्दै छन्।

क्रान्तिकारी कम्युनिष्टबीच ध्रुविकरण आवश्यक :  बैद्य

नेकपा (क्रान्तिकारी माओबादी) का महासचिव मोहन बैद्य ‘किरण’ ले क्रान्तिकारी कम्युनिष्टबीच ध्रुविकरण आवश्यक रहेको बताएका छन्। नेकपा एमाले र माओबादी केन्द्रलाई दक्षिणपन्थी कम्युनिष्ट पार्टीको संज्ञा दिदै उनले आफ्नो पार्टीसहित केही क्रान्तिकारी कम्युनिष्ट शक्तिबीच नयाँ ध्रुविकरण र एकता हुने स्पष्ट पारे।

चितवनमा एकीकृत विकास मोडेल आवश्यक छः अध्यक्ष दाहाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको विकासको लागि एकीकृत मोडेल आवश्यक रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय प्राज्ञिक क्षेत्रमा प्रतिष्पर्धा गर्ने शिक्षा आवश्यक

प्रदेश नं ३ प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अन्तर्राष्ट्रिय प्राज्ञिक क्षेत्रमा प्रतिष्पर्धा गर्न सक्ने शिक्षाको विकासलाई संघीय सरकारले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताएका छन्।

शैक्षिक सुधारका लागि प्रधानमन्त्रीको अग्रसरता आवश्यक : भट्टराई

प्रतिनिधिसभाका सांसद तथा एमाले सचिव योगेशकुमार भट्टराईले सामुदायिक बिद्यालयको अवस्थामा सुधार ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरता आवश्यक रहेको बताएका छन्। उनले बिद्यार्थी भर्ना कार्यक्रम जस्तै सामुदायिक बिद्यालयको शैक्षिक सुधारका लागि आमूल परिवर्तन दिने गरी कार्यक्रम ल्याउन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण् गरेका छन्।

‘समृद्धिको कल्पना भन्दा आवश्यकता हेरौँ’

‘चुनावमा यो गरिदिन्छौँ र त्यो गरिदिन्छौँ भनेर बाह्र हात माथि उफ्रिएका हामी हौँ,’ दाङको समृद्धिका लागि सुझाव संकलनका लागि गरिएको कार्यक्रममा बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तवहादुर ओली भन्दै थिए ‘जनताका आधारभुत आवश्यक्ता त पूर्ती गर्न सकेका छैनौ, समृद्धिको कुरा गरेर सुहाउँछ?

शैक्षिक अनियमितता अन्त्यको आवश्यकता

शिक्षक कर्मचारी सरुवा गर्दा औचित्यको आधारमा संस्था, विद्यालय, विद्यार्थी र समग्र प्रणालीलाई फाइदा पुग्ने किसिमले सरुवा हुनुपर्ने हो।

शिक्षामा २० प्रतिशत बजेट लगानी आवश्यक : अध्यक्ष दाहाल

एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शिक्षामा २० प्रतिशत बजेट लगानी गर्नुपर्ने बताएका छन्। कम्तिमा बजेटको २० प्रतिशत शिक्षामा लगानी गरिनुपर्नेमा अहिले भैरहेको भन्दा घट्न सक्ने संभावना उनले औंल्याए।

‘खाँडो नाच संरक्षण आवश्यक छ’

पराष्ट्रपति नन्दबहादुर पुनले जाजरकोटमा मात्र प्रचलित वीरताको प्रतीक खाँडो नाच जोगाउन राज्य अग्रसर हुनुपर्ने बताए। नेपाल एकीकरण र नेपाली वीरताको प्रतीकका रूपमा रहेको जाजरकोटको खाँडो नाचले नेपालीलाई विश्वमा चिनाउन मद्दत गर्ने भएकाले यसको संरक्षण गर्न सरकारले विशेष पहल गर्नुपर्ने बताए।

परराष्ट्र, सुरक्षा र आर्थिक नीतिमा राष्ट्रिय सहमति आवश्यक : उपेन्द्र यादव

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधानमा संरचनागत विभेद रहेको बताएका छन्। संसद बैठकमा बोल्दै यादवले यो देशको लागि हानिकारक हुने बताए। उनले संविधानलाई संशोधन गरेर अघि बढ्नु पर्ने प्रष्ट पारे। ‘संविधानमा रहेका कमिकमजोरीलाई सच्याउँदै सबै समुदायलाई अपनत्व महशुस गर्ने बनाउनु पर्छ’, उनले भने ‘सबैले संविधानमा गर्व गर्ने सक्ने बनाउनु पर्छ।‘

‘सरकारी स्वामित्वका उद्योगको पुनःसंरचना आवश्यक’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सरकारी स्वामित्वमा रहेका उद्योगको पुनःसंरचना जरुरी रहेको बताएका छन्।

‘मालदिभ्स समाधानका लागि राष्ट्रसंघीय मध्यस्थता आवश्यक’

मालदिभ्सको प्रतिपक्षी गठबन्धन समूहले देशमा विद्यमान राजनीतिक संकट समाधान गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न संयुक्त राष्ट्रसंघका पूर्व प्रतिवेदकलाई बोलाएको जनाएको छ।

‘समृद्धिका लागि औद्योगिक विकास आवश्यक’

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले देश र जनताको समृद्धिका लागि व्यापक रुपमा औद्योगिकरण आवश्यक रहेको बताएका छन्। प्रदेशको प्राथमिकता नै उद्योग स्थापना र सञ्चालन भएको बताउँदै उनले उद्योग सम्बन्धी गलत नीति परिमार्जन गरिने बताए।

कांग्रेस जोगाउन नेतृत्व परिवर्तन आवश्यक : नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस विधिअनुसार चल्न नसकेको बताएका छन्। प्राविधिक विद्यार्थी परिषद् केन्द्रीय समितिले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘प्रजातान्त्रिक आन्दोलनमा नेपाली काँग्रेस र वर्तमान अवस्थामा प्राविधिक विद्यार्थीको भूमिका’ विषयक कार्यक्रममा पार्टी विधि, विधानअनुसार चल्न नसक्दा कमजोर हुँदै गएको बताएका हुन्।

शिक्षामा परिमार्जन आवश्यक : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा समाज परिवर्तनको महŒवपूर्ण पाटो भएको बताएकी छिन् । गुल्मीका मुसिकोट नगरपालिका ६ कुर्घास्थित त्रिभुवन माविको स्वर्ण महोत्सव उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले समाज परिवर्तनको महत्वपूर्ण पाटो शिक्षामा समयअनुकूल परिमार्जन र लगानी गर्नुपर्ने आवश्यकता औंल्याइन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्