३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

ठूलो जहाज भाडामा लिन ग्लोबल टेन्डर आह्वान

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि एकथान ठूलो जहाज भाडामा लिन 'ग्लोबल टेन्डर' आह्वान गरेको छ। निगमले दुई महिनाका लागि एकथान जहाज भाडामा लिन टेन्डर आह्वान गरेको हो। यसअघि आह्वान गरेको टेन्डरमा कुनै पनि कम्पनीले सहभागिता नजनाएपछि निगमले दोस्रो पटक टेन्डर आह्वान गरेको हो।

न्यूनतम १७ करोडमा बोइङ बेच्न ग्लोबल टेन्डर आह्वान

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले तीन दशक पुरानो एकथान ठूलो जहाज लिलाम बढाबढमा बिक्री गर्न 'ग्लोबल टेन्डर' आह्वान गरेको छ।

नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

सात दिने भ्रमणमा चीन आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको जलविद्युत आयोजना, पर्यटनलगायतका क्षेत्रमा अन्तर्राष्ट्रिय लगानीको आह्वान गरेका छन्। एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

नेपाल लगानी सम्मेलनमा आठ क्षेत्रमा लगानी गर्न आह्वान गरिने

सरकारले यसै साता गर्न लागेको नेपाल लगानी सम्मेलनमा २५ देशका दुई सयभन्दा धेरै लगानीकर्ताले सहभागिता जनाउँदै छन्। विश्वका विभिन्न देशका व्यवसायीबीच सरकारले नेपालका आठ क्षेत्रमा लगानी गर्न आह्वान गर्दैछ।

लाप्राकमा स्वयंसेवा गर्न अमेरिकाबासी नेपालीलाई आह्वान

गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले गोरखाको लाप्राकस्थित एकीकृत बस्ती निर्माण अभियानमा स्वयंसेवा गर्न अमेरिकामा रहेका नेपालीलाई आह्वान गरेका छन्।

तेरियालाई जिताउन परिवारको आह्वान

भारतीय टेलिभिजन च्यानल कलर्सबाट प्रसारण भइरहेको डान्स रियालिटी सो 'झलक दिखलाजा'को फाइनलमा पुगेकी नेपाली कलाकार तेरिया फौजा मगरलाई जिताउन परिवारले आह्वान गरेको छ।

ट्विनअटरका तीनथान इन्जिन साट्न ग्लोबल टेन्डर आह्वान

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले साढे दुई महिनाभित्र अर्को ट्विनअटर जहाज थपेर उडान गर्न तीनथान इन्जिन साट्ने उद्देश्यले ‘ग्लोबल टेन्डर’ आवह्वान गरेको छ । त्यसपछि निगमसँग आन्तरिक उडान गर्न तीनथान ट्विनअटर जहाज हुनेछन् ।

दल दर्ता आह्वान

काठमाडौं– संविधान कार्यान्वयनसँगै राजनीतिक दलहरू निर्वाचन आयोगमा फेरि दर्ता हुनुपर्ने भएको छ। हाल निर्वाचन आयोगमा १ सय ५९ दल दर्ता छन् । ती सबै दल नयाँ संविधानको धारा २ सय ६९ अनुसार पुनः आयोगमा दर्ता हुनुपर्नेछ । निर्वाचन आयोगले दलहरूलाई नयाँ संविधानअनुसार दर्ता हुन आह्वान गरेको हो।

प्रधानमन्त्री कार्यालयको आधिकारिक इमेलबाट माआवादी बैठक आह्वान

प्रधानमन्त्री कार्यालयको आधिकारिक इमेलबाट नेकपा माओवादी केन्द्रको बैठक आह्वानको सूचना सम्प्रेषण गरिएको छ। सो इमेलअनुसार माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले असोज ८ गते केन्द्रीय सचिवालय बैठक आह्वान गर्ने निर्णय गरेको हो।

संविधान कार्यान्वयनमा जुट्न आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानसभाबाट जारी नयाँ संविधान कार्यान्वयन गरी लोकतन्त्र जगेर्ना गर्न सबै राजनीतिक दललाई आह्वान गरेकी छन्। संविधान दिवसको पूर्वसन्ध्यामा आइतबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले संविधानले लामो समयको राजनीतिक द्वन्द्व र संक्रमणको विधिवत् अन्त्य गरी जनतालाई देशको भाग्य र भविष्य आफैँ निर्धारण गर्ने अभिभारा सुम्पेको जनाएकी हुन्।

५० लाखको छात्रवृत्तिका लागि आवेदन आह्वान

अनामनगरस्थित लिबर्टी कलेजले ५० लाखको छात्रवृत्तिका लागि विद्यार्थीबाट आवेदन आह्वान गरेको छ । कलेजले आज पत्रकार सम्मेलनको आयोजना गरी ब्याचलर अफ बिजनेश एड्मिनिस्ट्रेसनका लागि छात्रवृत्तिको आह्वान गरेको हो ।

नेपाली फिल्मलाई अस्करको आह्वान

आगामी ८९ औं अस्कर अवार्डमा सहभागी हुनका लागि नेपाली फिल्मलाई आह्वान गरिएको छ। आफ्नो फिल्म अस्कर अवार्डमा सहभागी गराउन चाहनेले २०७३ भदौ १५ भित्र दर्ता गरिसक्नुपर्ने नेपालको अस्कर अवार्ड छनोट समितिले आइतबार जनाएको छ।

मूल्यांकन गर्न अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गर्ने एउटा ठूलो जहाजको वर्तमान बजार भाउ मूल्यांकन गर्न अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान गरेको छ। निगम सञ्चालक समितिले दुईमध्ये एउटा बोइङ जहाज बिक्रीका लागि सैद्धान्तिक सहमति दिएपछि व्यवस्थापनले उक्त जहाजको वर्तमान बजार भाउ मूल्यांकन गर्न अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान गरेको हो। इच्छुक कम्पनीले २१ दिनभित्र प्रस्ताव पेस गर्नसक्ने छन्।

बहुमतीय आधारमा प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिको आह्वान

काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतका आधारमा प्रधानमन्त्री चयन प्रक्रिया सुरु गर्न आह्वान गरेकि छन् । सहमतिका लागि तोकिएको समयसीमामा कुनै सहमति हुन नसकेपछि राष्ट्रपति भण्डारीले आज व्यवस्थापिका–संसद् सचिवालयलाई पत्र पठाएर बहुमतका आधारमा प्रधानमन्त्री चयन प्रक्रिया सुरु गर्न आग्रह गरेकी हुन् ।

सहमतीय सरकार आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई आह्वान गरेकी छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रधानमन्त्रीबाट राजीनामा गरेसँगै राष्ट्रपति भण्डारीले सोमबार संविधानको व्यवस्था र विगतको परम्पराअनुसार सहमतीय सरकार गठनको आह्वान गरेकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्