८ मंसिर २०८१ शनिबार
image/svg+xml

ओलीविरुद्ध एक हुन आह्वान

एमाले स्थायी कमिटीका १५ सदस्यले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीका निरंकुश र प्रतिगामी कामकारबाहीविरुद्ध एकता र सहकार्यका साथ अग्रसर हुन सबैलाई आह्वान गरेका छन्।

पालिकाका स्वास्थ्यकर्मीलाई स्वतस्फुर्त खटिइदिन ताप्लेजुङ अस्पतालको आह्वान

ताप्लेजुङ जिल्ला अस्पतालले जिल्ला अस्पतालको कोभिड–१९ र कोभिड बाहेकका बिरामीको उपचारमा स्वतस्फुर्त खटिइदिन जिल्ला भरका सबै पालिकाका स्वास्थ्यकर्मीहरुलाई आह्वान गरेको छ।

राष्ट्रपतिबाट नयाँ सरकार गठनका लागि आह्वान

२०७४ फागुन ३ गते झन्डै दुईतिहाइ समर्थनमा प्रधानमन्त्री भएका ओलीले सोमबार प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सकेनन्। ओलीको पक्षमा जम्मा ९३ मत परेको छ। जब कि उनकै दल एमालेका १ सय २१ जना प्रतिनिधिसभा सदस्य छन्।

संविधान रक्षामा जुट्न आह्वान

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकार कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा असफल भएको जनाएका छन्। प्रमुख प्रतिपक्षी दलको नेतासमेत रहेका देउवाले नयाँ वर्षको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै २०७७ साल नागरिकका प्रति सर्वथा उदासीन रहन पुगेको उल्लेख गरेका छन्।

अरूण तेस्रोको बिजुली बेच्न प्रस्ताव आह्वान

कम्पनीले सोमबार सार्वजनिक सूचना जारी गरेर बिजुली किन्न अनुरोध गरेको हो। भारतीय कम्पनीले नौ सय मेगावाट आयोजना संखुवासभामा निर्माण गरिरहेको छ। अहिलेसम्म आयोजनाको करिब ४० प्रतिशत काम सकिएको छ। कम्पनीले इच्छुक फर्म वा कम्पनीले ४ अप्रिल २०२१ सम्म बिजुली खरिदबिक्री प्रक्रियामा सहभागिता जनाउनुपर्ने बताएको छ।

धमाधम पूर्वाधारका टेन्डर आह्वान

सडक विभागले चालु आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा परेका पूर्वाधार निर्माणको ठेक्का प्रक्रिया धमाधम अघि बढाएको छ। सडक विभागले बर्खाअगावै चालु आवमा निर्माण गर्नुपर्ने योजनाको बोलपत्र आह्वान गर्दै प्राविधिक प्रक्रिया अघि सारेको हो।

लिवर्टी इनर्जीले साधारण शेयर बिक्री गर्ने

लिवर्टी इनर्जीले आयोजना प्रभावितलाई पहिलो चरणमा १५ करोड रूपैँया बराबरको १५ लाख कित्ता साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ।

अल्जेरियाका नवनिर्वाचित राष्ट्रपतिद्वारा वार्ताको आह्वान

अल्जेरियाका नवनिर्वाचित राष्ट्रपति अब्देलमाजिद ताबुनले वार्तामा आउन सवैलाई आह्वान गरेका छन्। असन्तुष्ट र आन्दोलनरत सबै पक्षलाई उनले वार्तामार्फत् नै निकास निकाल्न आह्वान गरेको समाचारमा जनाइएको छ। उनले वार्तामार्फत् आन्दोलनकारीको जायज माग सम्बोधन गर्न आफू सधैँ तयार रहेको पनि स्पष्ट पारेका छन्।

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ। आगामी माघ ९ गते १८ सिटका लागि हुने राष्ट्रियसभा निर्वाचनका लागि आयोगले दल दर्ता गर्न आह्वान गरेको हो।

एमबिबिएस र बिडिएस तहमा छात्रवृत्तिका लागि दरखास्त आह्वान

बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को छात्रवृत्ति सम्बन्धी प्रावधान कार्यान्वयनमा आएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ऐनको प्रावधान अनुसार पहिलो पटक चिकित्सा शिक्षा अन्तर्गतको एमबिबिएस र बिडिएस तहमा ७५ प्रतिशत निःशुल्क छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेसँगै ऐनको प्रावधान पहिलो पटक कार्यान्वयनमा आएको हो ।

अफगानिस्तानमा युद्धविरामका लागि इयुको आह्वान

युरोपेली संघ (इयु) का अधिकारीहरूले अफगानिस्तानमा युद्धविरामको लागि आह्वान गरेका छन्। अमेरिकी रक्षामन्त्री मार्क एस्परले अप्रत्याशित रुपमा काबुलको भ्रमण गरेलगत्तै इयुले युद्धविरामको आह्वान गरेको हो।

सिफारिस राजदूतविरुद्ध उजुरी आह्वान

संसदीय सुनुवाइ समितिले चार देशका लागि सिफारिस भएका राजदूतको सुनुवाइ प्रक्रिया सुरु गर्दै बुधबार उजुरी आह्वान गरेको छ। समितिले राजनीतिक सिफारिसमा परेका अष्ट्रेलियाका लागि राजदूत महेशप्रसाद दाहा, स्पेनका लागि सिफारिस दावाफुटी शेर्पा, बंगलादेशका लागि सिफारिस वंशीधर मिश्र तथा कतारका लागि सिफारिस नारद भारद्वाजको सुनुवाइ सुरु गर्दै उनीहरूविरुद्ध उजुरी आह्वान गरेको हो। सरकारले आफंैले तयार पारेको राजदूत सिफारिस मापदण्ड उल्लंघन गर्दै राजनीतिक पहुँचको आधारमा राजदूतमा सिफारिस गरेपछि यसको चौतर्फी आलोचना भइरहेका बेला उनीहरुको सुनुवाइ सुरु भएको हो।

थपलिया र ओझाविरुद्ध उजुरी आह्वान

संवैधानिक परिषद्द्वारा निर्वाचन आयोगका प्रमुख आयुक्तमा प्रस्ताव गरिएका दिनेशकुमार थपलिया र राष्ट्रिय समावेशी आयोगका सदस्य पदमा प्रस्ताव गरेका विष्णुमाया ओझाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढको छ।

आठ संवैधानिक आयोग गठन प्रक्रिया सुरु

संविधान जारी भएको तीन वर्ष पुग्नै लाग्दा बल्ल सरकारले नयाँ आठ संवैधानिक आयोग गठन प्रक्रिया सुरु गरेको छ । संवैधानिक परिषद् सचिवालयले आठ संवैधानिक परिषद्का अध्यक्ष र सदस्यका लागि सार्वजनिक रुपमा दरखास्त आह्वान गरेको छ ।

डा. केसीका पक्षलाई निःशर्त वार्तामा आउन वार्ता टोलीको आह्वान

सरकारी वार्ता टोलीले डा.गोविन्द केसी पक्षलाई निःशर्त वार्तामा आउन आह्वान गरेको छ। वार्ता टोलीका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले शनिबार विज्ञप्ति जारी गर्दै डा केसी पक्षलाई निःशर्त वार्तामा आउनका लागि आह्वान गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्