१५ असार २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

पालिकाका स्वास्थ्यकर्मीलाई स्वतस्फुर्त खटिइदिन ताप्लेजुङ अस्पतालको आह्वान

ताप्लेजुङ जिल्ला अस्पतालले जिल्ला अस्पतालको कोभिड–१९ र कोभिड बाहेकका बिरामीको उपचारमा स्वतस्फुर्त खटिइदिन जिल्ला भरका सबै पालिकाका स्वास्थ्यकर्मीहरुलाई आह्वान गरेको छ। अस्पतालले जागिर नभइ घरमै बसीरहेका हेल्थ असिष्टेन्ट र अहेवहरुले यो बेला सेवा पुर्‍याउन चाहे ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामासंग सम्पर्क गर्न समेत भनेको छ।  

अस्पतालले जिल्ला अस्पतालको कोभिड–१९ र कोभिड बाहेकका बिरामीको उपचारमा स्वतस्फुर्त खटिनुपर्ने अवस्थामा कार्यरत रहेको पालिकासंग समन्वय गर्ने काम जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयले गर्ने समेत बताएको छ। अस्पतालमा बिरामीको संख्या बढ्दै गएको तर जनशक्तिको अभाव कायम रहेको अवस्थामा अभाव पूर्ति गर्न अस्पतालले आफ्नो आधिकारिक फेसबुकपेजमार्फत यस्तो अपिल गरेको हो।

प्रकाशित: ६ जेष्ठ २०७८ ०७:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App