२८ आश्विन २०८१ सोमबार
image/svg+xml

अनमोल मुस्कान

एकजना महिला अभबैंसे हुन्छे जसले कसैको अधरमा पनि मधुर मुस्कान ल्याउन सक्छ रे भन्ने सुनेर ऊ त्यस महिलाको शरणमा पुग्छ ।महिलाको सर्त हुन्छ – ऊ तिनीसँग रातभर बस्नुपर्छ ।सारा जिन्दगी हाँसोको खडेरी ! ऊ तयार हुन्छ ।सबैले बिहान देख्छन्– ऊ महिलाको काखमा मरेको हुन्छ तर उसको चेहरा र ओठमा मधुर मुस्कान खेलिरहेको देखिन्छ । – अनमोल मुस्कान !

स्वदेशी फल

सुजा भन्दै थिइन्– अर्को खेप प्रश्नहरू सजिला राखेर नहुने भयो सर ! अघिल्लो महिना सबै उत्तर मिलाएकै हो, खै त जागिर पाइएन भनेर हैरान पारे फोनमा । मसान्त पनि हो, गत महिना र यो महिना आजसम्म चार सय चालिसले फारम भरे । आजीवन सदस्य बनाएबापत र रोजगार फारम भर्नेहरूको बाट मेरो कमिसनको हरहिसाब गरौँ ।

फूलकुमारी

अरू कसैले पढे अनर्गल कुरा गर्लान् । छोरी बढेपछि आमाबालाई पिरलोमा पार्ने रहेछन् भन्लान् । यो चिठी एक कान दुई कान हुँदै मैदान होला । पढ्नेले एक थोक पढ्लान् । सुन्नेले अर्कै थोक सुन्लान् । सुनाउले अझ अर्कै पाराले सुनाउलान् । तसर्थ त्यस कापीको पाना च्यातेर गोजीमा राखेँ र सबै कापीहरू जाँचेर विद्यार्थीहरूलाई बुझाइदिएँ ।

रचना पुनर्जन्मका सुखद क्षणहरू !

डा. वानीरा गिरिलाई लेखेको एउटा सानो समीक्षात्मक पत्र उल्लेख्य र ऐतिहासिक भएको सुखद सन्दर्भ लाग्छ अहिले । आजसम्म पनि मैले वहाँका पुस्तकाकार कृति पढेको छुइनँ ।

भविष्यवाणी

हुँदाहुँदा त्यो कुरो प्रशासनमा पुग्यो। प्रसाशनले प्रहरी खटायो। प्रहरीले आतङ्क र त्रास फैलाएको कसुरमा ज्योतिषिलाई पक्रेर लग्यो।मानिसहरू भनिरहेका थिए– भूकम्प आउने कुरा थाहा पाएका ज्योतिषिले प्रहरी आउने कुरा कसरी थाहा पाएनछन् कुन्नि ! सबै मुखामुख गर्न थाले। ज्योतिषिको पात्रो ठूलो भूकम्पको पर्खाइमा बारीमा बेवारिसे भएर लडिरहेको थियो ।

जीवन के हो

समयसँगै बहनुपर्छ हावा गति नरोकी । हेमन्त ऋतु बाफिलो, चिसो शीत कक्रक दिन ।चिसो मौसम एक टुक्रा सिरक अभाव उस्तै ।

विद्रोह

रोपाहार त म जान्छु नि बोल्छिन् बहिनी ! – नजा छोरी सक्दिनस् भन्छिन् आमा उपद्रो गर्नेहरूले बिटुलाउन सक्छन् तिम्रो त्यो शरीर लडाउने छन् हिलोमा रमाइलो मान्ने छ जिम्मावाल तेरो शरीर हेरेर लोभिनेछ उसको पापी मन !

जोहो

पद्मा दिदीको बलेको यौवन, सुगन्ध चल्ने रूप सौन्दर्य र सुन्दर शैली भए पनि मर्यादाका सिमाले चल्नुपर्ने सामाजिक गतिसँग अरूभन्दा पर पद्मा दिदीलाई परम्परागत धर्मले छेकेको थियो । जीवनको भावजस्तो भए पनि मानसिक आशाको कुण्ठाभाव असन्तोषको विषय थियो । एकदिन पद्मा दिदीलाई निकै वर्षपछि कुच्चिएकी, खल्ड्याङ्ग्री र मानसिक दबाबमा लर्बराएर हिंडिरहेको उनका भाइहरूले देखे ।

नविन यान

एकदिन विद्याललयमा टिफिनको समय चलिरहेको थियो। मंसिरको चिसो दिनमा न्यानो घाम ताप्दै धेरै विद्यार्थी गफिरहेका थिए। नविनले सबैका अगाडि एउटा प्रयोग गर्नलाई केही तार, बेट्री तथा रसायनहरूको साथ काम गर्न थाल्यो। एकैछिनमा सानो विष्फोट भयो। ड्याम्म आवाजसहित धुँवा समेत आयो। तर, ऊ निरास भएन। उसलाई प्रधानाध्यापकको कक्षमा बोलाइयो।

छक्क

आज चुनावको मौन रात । सुनसान वातावरण । सुनसान भने पनि प्रत्येक घरमा मान्छेको छाया देखिन्थ्यो । गाइगुइ उस्तै सुनिन्थ्यो । भोलिपल्ट पैसा र कपडा बाँडेको कुरा आयो । सबै गाउँलेहरूलाई भनिएको थियो – आएको लिनु , भोट यता दिनु । यसले गर्दा उनीहरूसँग नराम्रो पनि भएन ।

चोरेको फोटो

जे होस् त्यो बाला उमेरमा पवित्र प्रेमको बगैंचामा पुतलीझैं फुर–फुर नाचेका, उडेका हामी दुई विवाहको लौकिक बन्धनमा नबाँधिए पनि र उनलाई नियतिले चाँडै लगे पनि उनीसँगको त्यो प्रेमको मधुर स्मृति यो जीवन रहेसम्म बाँचिरहनेछ । उनी यो लोकबाट बिदा भएको जुगौं भयो । उनले मायाले दिएको सर्ट फाट्यो । प्रेमको चिनोस्वरुप दिएको खटिया पोस पनि पुरानो भएर मक्कियो र कतै मिल्कियो । तर, मैले त्यही बेला चोरेको उनको त्यो फोटो बिगतमा केही समय हराए पनि घुम्दै–फिर्दै फेरि मैसँग आयो ।

कोरोनामा बिहे

दुलाहाको सिंगारिएको कार र एउटा माइक्रो पहिल्यै भरिएको थियो। माइक्रोको पछाडिको एउटा सिट बाँकी थियो। ऊ त्यही सिटमा गएर बस्यो। एकछिनमा दुलाहको भान्जा भित्रबाट आयो। आफ्नो सिटमा कोही बसेको देख्यो। यो देखेर दुलाहाका बाले भने – माफ गर्नुहोला दिवाकरजी, हजुरले राम्रोसंग बिहेको कार्ड हेर्नु भएन जस्तो छ।

परिणाम

एक दिन उसको घरमा पुलिस आयो । आरोप थियो – मेसेन्जरमा अर्की केटीलाई यौन अंगको फोटो र भिडियो पठाएको । यो कानुनअनुसार साइबर क्राइम थियो । अचेल उसको पत्नी आफ्नो पतिका लागि साँझबिहान जेलमा खाना बोक्ने गर्छ ।

हेडसरको आँखामा धनराज गिरीको ‘साथी’

जीवनका आदर्शमय रहहरूमा डुबुल्की मारिरहनुको छुट्टै मजा हुन्छ नि तर के गर्नु, नियतिजन्य समय छ मेरा अगाडि । त्यसैले मैले रहको रमाइलो छोडेर अर्को गोरेटोमा पाइला हाल्न जानै छ । किनकि जीवन छउञ्जेल त कुद्नु पर्यो नि । मलाई थाहा छ कि कुदेर कहीँ पुगिन्न । भ्यागुताको धार्नी हो जीवनका उपलब्धिहरू । अमेरिकामा मध्यरात भएको छ र त्यहाँ अस्ट्रेलियामा त दिन छ नि, नेपालमा त झन् बिहान छ । यस्तै समयको चक्करमा हामी सबै परेका छौँ ।

चौतारी र एक्लो पिपल

समय थियो ,बल थियो, वर्कत थियो । जरा बलियो थियो । हाँगाहरू बलिया थिए । पातहरू हराभरा थिए । बैँस थियो र थियो सबथोक । उसको छहारीमा शीतल ताप्न गोठाला आउँथे । केटाकेटी आउँथे । काखमा बस्थे । लडीबुडी खेल्थे । गट्टा खेल्थे, बाघचाल खेल्थे । वरिपरि लुकामारी खेल्थे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्