२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

भविष्यवाणी

लघुकथा

प्रेम राई परीक्षित

धुम्म आकाश,शिविरको बास,त्रसित वातवरण अनि अनिश्चित भविष्य। हामी  घर  छाडेर  किन बारीमा मामु !  केटाकेटीहरूको कौतुहलता। ठूल्ठूला घरहरू भए पनि आपतमा आखिर काम नदिने भएपछि ठूलो घरको के अर्थ हुँदो रहेछ र !

– अब योभन्दा ठूलो भूकम्प आउँछ, हेर्दै जानुहोला। ज्योतिषीले पात्रो हेर्दै निर्धक्कता साथ भने।

ज्योतिषिको भविष्यवाणी  सुनिरहेका थिए मानिसहरू।यो सुनेपछि झन डर झाङ्गियो किनभने ज्योतिषिले यसअघि भनेका कुराहरू प्रायः पुग्दै आएका थिए। त्यसैले ज्योतिषिले भनेको कुरा गाउँटोल हुँदै शहरभरि फैलियो। भय – त्रासको वातावरण सिर्जना भयो। 

अब त्यसै मरिने उसै मरिने भन्दै मान्छेहरू घरका ठूल्ठूला खसी, भाले र राँगा ढाल्दै खान थाले। वीरबहादुरले पनि बीउका लागि पालेको ठूलो  नौसिङ्गे भाले ढालेर सबैलाई खुवायो। रामप्रसादले केराको पाकेको घरी ढाल्यो र सबैलाई बाँड्यो। हल्दार बाजेले घरको जिर्माको लोकल जुस खुवाए।

हुँदाहुँदा  त्यो कुरो प्रशासनमा पुग्यो। प्रसाशनले प्रहरी खटायो। प्रहरीले आतङ्क र त्रास फैलाएको कसुरमा ज्योतिषिलाई पक्रेर लग्यो।

मानिसहरू भनिरहेका थिए–  भूकम्प आउने कुरा थाहा पाएका ज्योतिषिले प्रहरी आउने कुरा कसरी थाहा पाएनछन् कुन्नि !

सबै मुखामुख गर्न थाले। ज्योतिषिको पात्रो ठूलो भूकम्पको पर्खाइमा बारीमा बेवारिसे भएर लडिरहेको थियो । 

प्रकाशित: २२ मंसिर २०७७ ०४:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App