विश्वविश्रुत विकास
१)
कोरोनामय
तिहार रमझम
हरायो कता !
२)
बेरस, खल्लो
यसपालि यस्तै भो
तिहार खुसी ।
३)
समयसँगै
बहनुपर्छ हावा
गति नरोकी ।
४)
हेमन्त ऋतु
बाफिलो, चिसो शीत
कक्रक दिन ।
५)
हेमन्त ऋतु
दीनहीन दैनिकी
कन्तविजोक ।
६)
चिसो मौसम
एक टुक्रा सिरक
अभाव उस्तै ।
७)
नीति चाहियो
युगसापेक्ष एक
नेता चाहियो ।
८)
मृत्युको मुख
बाटो सबैको एक
आउँछ पक्कै ।
९)
मान्छेपिच्छेको
व्यवहार फरक
सोचेर बोलौं ।
१०)
जीवन के हो
पैसा, प्रेम, करुणा
वा बाँच्नु मात्र ।
प्रकाशित: २२ मंसिर २०७७ ०४:०५ सोमबार