२३ वैशाख २०८१ आइतबार
image/svg+xml

निर्वाचन मिति तय गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा हुँदै

सत्ता गठबन्धन नेपाली कांग्रेस र माओवादी केन्द्रबीच स्थानीय निकायको निर्वाचन मिति घोषणा गर्नेबारे छलफल भइरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको बैठकमा दुई दलका शीर्ष नेताहरुको उपस्थिति छ।

मोर्चालाई फकाउँदै प्रधानमन्त्री, बालुवाटारमा बैठक

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पास नभएसम्म चुनावमा नजाने अडान राख्दै आएको मधेसी मोर्चालाई फकाउन थालेका छन्। मोर्चा सहमत नहुँदा प्रधानमन्त्रीले चुनाव मिति घोषणा गर्न सकिरहेका छैनन्। मोर्चाले चुनावमा जान एकपछि अर्को सर्त राख्दै आएको छ।

बालुवाटारमा त्रिपक्षीय बैठक जारी

दलहरुबीच तीव्र ध्रुवीकरण भइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालकाे अाह्वानमा त्रिपक्षीय बैठक बालुवाटारमा जारी छ। स्थानीय तह पुन: संरचना अायाेगकाे प्रतिवेदन, निर्वाचनकाे मिति घाेषणा, र संविधान संशाेधन प्रस्ताव परिमार्जनका विषयका छलफल केन्द्रित रहेकाे एक नेताले जनाए।। बैठकमा नेपाली कांग्रेस, माअाेवादी केन्द्र र संघीय गठबन्धनका शीर्ष नेताकाे उपस्थिति रहेकाे छ।

बालुवाटारमा शीर्ष नेताबीच ‘सकारात्मक’ छलफल

संविधान संशोधन प्रस्ताव, स्थानीय निकायको निर्वाचन, महाअभियोगको विषय तथा, पुर्नसंरचना आयोगका विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच सकारात्मक छलफल भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा सबै विषयमा प्याकेजमा सहमति खोज्ने विषयमा सकारात्मक छलफल भएको बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवाले जानकारी दिए।

प्रमुख तीन दलकाे बैठक बालुवाटारमा जारी

प्रधानमन्त्री पुष्पकमल दाहालकाे अाह्वानमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ। समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्रीकाे अाह्वानमा बैठक बसेकाे हाे। प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षकाे सहभागिता रहेकाे छ। बैठकमा संविधान संशोधन तथा आगामी चैतमा गर्ने भनिएको स्थानीय निकायको निर्वाचनलगायतका विषयमा छलफल भइरहेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

प्रधानमन्त्री निवास बालुवाटारमा अस्थायी शिक्षकको धर्ना

आठौँ संशोधित शिक्षा ऐनले आफूहरुको मागलाई सम्बोधन गर्न नसकेको भन्दै अस्थायी शिक्षकले आज प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका छन् ।

बालुवाटारमा धर्ना दिने ११ प्रदर्शनकारी पक्राउ

गंगामाया अधिकारीलाई न्याय दिलाउन बालुवाटारमा धर्ना दिइरहेका ११ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ। गंगामाया बचाउ अभियानअन्तर्गत धर्ना दिन पुगेका अधिकारकर्मी चरण प्रसाईँलगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको हो।

बालुवाटारमा तस्बिर आफै बोल्छन्

प्रधानमन्त्री निवास बालुवटारको एउटा चल्तीको मुख्य बैठक कक्षमा करिब दुई दर्जन तस्बिर झुन्डिएको देखिन्छ। प्रधानमन्त्रीले भेटघाटका निम्ति बोलाएका व्यक्तिहरू उनलाई पर्खिउञ्जेल ती तस्बिरमा ध्यान पुर्‍याउँछन् र मनमनै गम्छन् तिनका विगत।

बालुवाटारमा दाहालको पहिलो भेट

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा रहेको सरकारले नेपाली क्रिकेटमा देखिएको आन्तरिक समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेलगत्तै पहिलो औपचारिक कार्यक्रमका रूपमा प्रधानमन्त्री दाहालले राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेका थिए।

देउवा र दाहाललाई बालुवाटारमा प्रधानमन्त्रीको निमन्त्रणा

अविश्वास प्रस्तावको सामना गर्ने अडानमा रहेका प्रधानमन्त्री केपी ओलीले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्। आइतबार कानुन व्यवसायीसँग परामर्श गरेका प्रधानमन्त्री ओलीले सोमबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई छलफलका लागि बालुवाटार बोलाएका छन्। दुवै नेतालाई प्रधानमन्त्री ओलीले ५ बजे बालुवाटार बोलाएका हुन्।

सरकार परिवर्तनबारे ओलीसँग निर्णायक वार्ता गर्न दाहाल बालुवाटारमा

काठमाडौं—सत्ता परिवर्तनको चर्चा चुलिएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्णायक छलफल गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्