१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

जसपा ठाकुर–महतो पक्षः मन्त्री नपाउँदा असन्तुष्टि

सरकारमा गएपछि जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षभित्र असन्तुष्टि देखिएको छ। पूर्वराष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका ६ सदस्यमध्ये एक राजकिशोर यादव सरकारमा जान पाएनन्।

ठाकुर–महतोलाई ८ मन्त्रालय

प्रधानमन्त्रीसँग वार्ता गर्न सोमबार जसपा अध्यक्ष ठाकुर, नेता महतो, शरत्सिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण पुगेका थिए। ‘प्रधानमन्त्रीज्यू ७ वटा मन्त्रालय दिन तयार हुनुभएको छ। हामीले ८ वटामा अडान राखेका छौं’, वार्तामा सहभागी एक सदस्यले भने, ‘त्यसैले ८ वटा मन्त्रालयमै सहमति भयो भने पनि हुन्छ।’ उनले आफ्नो नाम खुलाउन चाहेनन्।

ठाकुर–महतो पक्ष सरकारमा जान तयार

बहुमत जुटाउन दिइएको समय कटेपछि बिहीबार राति ठाकुर र महतो प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए।उक्त भेटमा प्रधानमन्त्रीले सरकारमा आउन आग्रह गरेको ठाकुरनिकट नेताहरू बताउँछन्।

ओलीविरोधी गठबन्धनको विपक्षमा ठाकुर–महतोको दौडधुप

केपी शर्मा ओली सरकारविरोधी गठबन्धनको विपक्षमा उभिएका जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो बुधबार दिनभर दौडधुपमै व्यस्त भए। ठाकुर र महतोले नयाँ सरकार निर्माणमा आफूहरू तटस्थ रहने बताउँदै आएका छन्।

भट्टराई–यादव पक्षले विपक्षमा मत दिने ठाकुर–महतो पक्ष तटस्थ बस्ने

जसपा बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षले प्रधानमन्त्री ओलीले सोमबार लिन लागेको विश्वासको मतको प्रस्तावको विपक्षमा भोट दिने भएको छ। तर महन्थ ठाकुर—राजेन्द्र महतो पक्ष भने विश्वासको मतको विषयमा तटस्थ बस्ने भएको छ।

ठाकुर–महतो बालुवाटारमा

आइतबार विहान कांग्रेस सभापति शेरबहादुर देउवासँग डेढ घण्टा लामो छलफलपछि उनीहरु बालुवाटार पुगेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्