२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कोरोना त्रास : बालमस्तिष्कमा कत्तिको असर ?

विशेषत :अहिले देशदेखि विदेशसम्म कोरोनाको प्रभाव कहाँ कस्तो भइरहेको छ भनेर हामी परिवार नै समाचार हेर्न गर्छौ । आफूसँगै समाचार हरिरहेको बालबालिकामा त्यो समाचारले उनीहरुको बालमस्तिष्कमा कस्तो प्रभाव पर्छ भनेर धेरैले सोचेको हुँदैन

रोहिणीमा देखिए कोरोना संक्रमित

रुपन्देहीको रोहिणी गाउँपालिकामा पनि एक जनामा कोभिड–१९ पिसिआर पोजिटिभ देखिएको छ । रोहिणी गाउँपालिकाका ५५ वर्षिय पुरुषमा कोभिड–१९ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

कोरोना कहर संकटमा शिक्षा

कोरोना भाइरसका कारणले विद्यालय र शहर बन्द भएको सुनेका उनीहरुलाई योभन्दा बढी जानकारी छैन । गाउँको नियमित दिनचर्यासँग अभ्यस्त उनीहरुलाई रोगको त्रासले पनि छोएको छैन् । रेडियो समेतको गतिलो पहुँच नभएका दुर्गमका बालबालिकाले अनलाइन कक्षाको कल्पना समेत गर्न सक्दैनन् ।

अस्पताललाई वेलफेयरको स्वास्थ्य सामग्री

ब्रिटिस गोर्खा वेलफेयरले जिल्ला अस्पताल खोटाङलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्वास्थ्य सामग्री (कोभिड–१९) रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्‍याउनका लागि वेलफेयरले जिल्ला अस्पताललाई सर्जिकल मास्क, गाउन, ग्लोव्स, मास्क लगायतका स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

‘कन्ट्रयाक ट्रेसिङ बिनै परीक्षण गरे भबिष्यमा आउने जोखिममा उपचार सामग्री अभाव’

भबिष्यमा आउन सक्ने कोरोना संक्रमणको सम्भावित भयाभह रुपलाई अहिले कायम रहेको स्रोत र शक्तिले कसरी थेग्ने ? यसलाई मध्यनजर गर्दै १ नं प्रदेश सरकारले संक्रमण खोजपड्ताल र सम्पर्क पहिचान सम्बन्धी अभियान सुरु गरेको छ ।

सुरक्षा सामग्री अभावले जोखिम

सरकारले कोरोनामा महामारीविरुद्ध अग्रपंक्तिमा खटिनेहरूलाई आवश्यक सुरक्षा सामग्री पुर्याउन नसक्दा उनीहरूमा संक्रमणको जोखिम बढेको छ । पिपिई, मास्क, पन्जा, स्यानिटाइजरजस्ता अत्यावश्यक सामग्रीमा सहज नहुँदा महामारीविरुद्ध खटिरहेका स्वास्थ्यकर्मी, सञ्चारकर्मी र सुरक्षाकर्मी बढी जोखिममा परेका हुन् ।

विदेशबाट आएकाले ३० दिनसम्म कारोना बीमा गर्न नपाउने

विदेशवाट फर्कैका नागरिकले ३० दिनसम्म कोरोना बीमा गर्न नपाउने भएका छन्। नियामक निकाय बीमा समितिले शुक्रबार एक सूचना जारी गर्दै विदेशबाट फर्कैको ३० दिनभित्र कोरोना बीमा नगर्न/नगराउन सम्पूर्ण निर्जीवन बीमा कम्पनीलाई निर्देशन दिएको हो।

थप ९ जनामा कोरोना पुष्टि

थप ९ जनामा कोरोना देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज साँझ हेटैडामा १, भक्तपुरमा १, सप्तिरीमा १, बाराको सिमरनगढमा ६ जनामा कोरोना पुष्टि भएको हो। यो सँगै संक्रमितको संख्या ५ सय १६ पुगेको छ।

डडेल्धुरामा पहिलो पटक एक जनामा कोभिड–१९ भएको पुष्टि

डडेल्धुरामा पहिलो पटक एक जना स्थानीयमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । ज्वारो आएपछि डडेल्धुरा अस्पताल पुगेका एक जनाको स्वाब जाँच गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको डडेल्धुरा अस्पतालले जनायो ।

मृतक महिलाको माइती र घरगाउँमा लगाइएको सिल हटाइयो

कोरोना भाइरसका कारण नेपालमा पहिलो पटक सुत्केरीको मृत्यु भएपछि उनको माइती र घरगाउँ तथा स्थानीय स्वास्थ्य संस्थामा लगाइएको सिल शुक्रबार हटाइएको छ।

लकडाउनले प्रभावित कृषक, तरकारी बजारीकरणमा समस्या

तरकारी उत्पादनमा पकड क्षेत्र मानिएको पाँचखाल नगरपालिकाको समस्या पनि उस्तै छ । उत्पादन तीब्र गतिमा भइरहे पनि त्यसको बजारीकरणमा समस्या भइरहेको पाँचखाल नगरपालिकाका कृषि शाखा प्रमुख ईश्वरप्रसाद अधिकारीले बताए । उनका अनुसार लकडाउनका कारण विशेष गरेर कृषकहरु प्रभावित भएका छन् ।

नेपालमा कोरोनाको टनेला र ह्याट्रिक

सरकारले पिसिआर परीक्षणको दायरा बढाउने काम भने गर्न नसकेकै हो । जसरी सरकारले भारतसँगको खुला सिमानाबाट रातारात नेपाल प्रवेश गर्नेहरुलाई रोक्न सकेको थिएन । स्वदेश फर्कन चाहनेहरुलाई देशभित्र ल्याएर क्वारेन्टिनमा प्रभावकारी रुपमा राख्नबाट पनि सरकार चुकेकै हो । त्यसैले त आज देशभित्र कोरोना संक्रमण भयावह बन्ने अमूर्त तस्बिर देखा परेको छ

धनकुटा बजारको सिल खुलाईयो

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि चारदिन अघिदेखि सिल गरिएको धनकुटा अस्पताल आसपासका क्षेत्र शुक्रबारबाट खोलिएको छ । धनकुटा जिल्लास्तरीय कोभिड १९ कमाण्ड फोर्सका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी केशबप्रसाद विमलीको अध्यक्षतामा बसेको बैठकले अस्पताल परिसर वाहेक बजार क्षेत्रमा लगाएको सिल हटाइएको कोभिड १९ कमाण्ड फोर्सका सदस्य सचिव तथा सूचना अधिकारी जयराम श्रेष्ठले बताए ।

विदेशबाट फर्किएकाको बल्ल निगरानी !

हवाई तथा स्थलमार्गबाट नेपाल प्रवेश गरेका र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुमा कोरोना संक्रमण बढेपछि लकडाउन सुरु भएको दुई महिनापछि बल्ल विदेशबाट आएकाको अवस्था बुझ्न सुरु गरिएको छ।

कोरोना संक्रमितको संख्या ५ सय नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ। पछिल्लो पटक २० जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै नेपालमा संक्रमितको संख्या ५ सय ७ पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्