८ वैशाख २०८१ शनिबार

निषेधाज्ञाले लिची बिक्री नहुँदा किसान समस्यामा

गत वर्ष पनि लिची बेच्न पाइएन यो वर्ष पनि यस्तै भयो, कृषक कोइरालाले भने, लिची खेती गर्दा वर्षमा एक पटकमात्र उत्पादन हुने हो, झण्डै चार क्विन्टल लिची ब्रिक्री नभएपछि बोटमै कुहिएर झर्न थालेको छ।

निषेधाज्ञाले उपत्यकामा खपत घट्दा तरकारी सस्तियो

तरकारी स्टक राख्दा कुहिएर क्षति हुने भएकाले किसानले सस्तो मूल्यमा बिक्री गरिरहेका छन्। कोभिडको संक्रमण बढेपछि उपभोक्ताहरू तरकारी किन्न बजारमा कम निस्किएका छन्। तरकारी किन्ने ठाउँमा भिडभाड हुने भएकाले पनि त्रसित छन्।

निषेधाज्ञाले काठमाडौंका डेढ सयभन्दा धेरै योजना ठप्प

सडक डिभिजन कार्यालय, काठमाडौं मातहत निर्माणाधीन डेढ सयभन्दा धेरै योजनाको काम रोकिएको हो। निषेधाज्ञाले काठमाडौंमा नियमित रूपमा हुँदै आएको सडक स्तरोन्नति, कालोपत्रे, मार्किङ, फुटपाथ निर्माण, नयाँ कालोपत्रे सडक विस्तार, ड्रेनेज तथा ट्र्याक खन्ने, लगायत मर्मतसम्भारका सम्पूर्ण कार्य ठप्प भएका छन्।

निषेधाज्ञाले फेरि निर्माण क्षेत्र प्रभावित हुने

नेपाल निर्माण व्यवसायी महासंघले बुधबार एक विज्ञप्ति जारी गरी निषेधाज्ञाको कारणले पूर्वाधार क्षेत्र फेरि जटिल मोडमा पुगेको जनाएको छ। महासंघका महासचिव रोशन दाहालले कोभिड १९ को कारण गत वर्ष झैं यसपटक पनि देशका विभिन्न ठाउँमा जारी निषेधाज्ञाका कारण म्यादको समस्या अझै पेचिलो हुँदै जाने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्