८ वैशाख २०८१ शनिबार

भुरुङखेल महोत्सव सम्पन्न

काठमाडौं महानगरपालिकाको सहयोगमा स्थानीय उद्यमी प्रवर्द्धन भन्ने मूल नाराका साथ सुरु भएको उक्त कार्यक्रममा महानगरका कार्यकारी प्रमुख राजेश्वर ज्ञवालीका साथमा वडा १८ का अध्यक्ष न्हुछेकाजी महर्जन, सदस्य शोभा महर्जन,हेमज्योति शाक्यलगायत स्थानीयहरूको सहभागिता थियो।

ऐतिहासिक सम्पदाको पुनःनिर्माण कामपाको मुख्य दायित्वः मन्त्री श्रेष्ठ

उनले कर्मचारी र जनप्रतिनिधिलाई अन्य स्थानीय तहलाई पनि सिकाइ हुने गरी उदाहरणीय काम गर्न आग्रह गरे।

छत्रपाटी चिकित्सालयको नयाँ भवन शिलान्यास

छत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ भवन निर्माण शिलान्यास गरिएको छ। बुधबार काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले भवनको शिलान्यास गरेका हुन्। त्यस अवसरमा प्रमुखसहित उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष नवीन मानन्धर र अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले भूमि पूजन गरेका थिए।

कामनपा १२ वडा कार्यालय भवन शिलान्यास

काठमाडौं महानगरपालिका वडा नम्बर १२ ले नयाँ भवन बनाउने भएको छ। महानगर प्रमुख विद्यासुन्दर शाक्यले सो भवनको बुधबार शिलान्यास गरे। टेकुस्थित पुरानो कार्यालय भएकै ठाउँमा उनले सांस्कृतिक पूजा गर्दै भवन शिलान्यास गरेका हुन्।

समस्या परे जनप्रतिनिधिलाई सीधै सम्पर्क गर्न आग्रह

काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महामारीसँग सम्बन्धित वा अन्य कुनै समस्या परे आफू, उपप्रमुख वा नजिकको जनप्रतिनिधिलाई सम्पर्क गर्न आग्रह गरेका छन्।

‘स्थानीय भाषासंस्कृति जीवन्त राख्नुपर्छ’

काठमाडौं महानगरपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय भाषाको पाठ्यक्रम लागु गरेर स्थानीय भाषा, लिपि, कला, संस्कार, संस्कृति र सम्पदालाई जीवन्त राख्न ऐतिहासिक भूमिका निर्वाह गरेको भन्दै नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्लाले महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई नागरिक अभिनन्दन गरेको छ।

खानेपानी नआए पनि शुल्क असुल्नु आपत्तिजनकः प्रमुख शाक्य

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले खानेपानी नआए पनि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले शुल्क र जरिवाना लिइरहेकोमा आपत्ति जनाएका छन्।

काठमाडौं महानगरपालिकाका कर्मचारी समायोजनमा

काठमाडौं महानगरपालिकामा कार्यरत एक हजार ५५० कर्मचारीलाई एक तहमाथिको पदमा समायोजन गरिएको छ। यही फागुन ४ गते बसेको कामपाको विशेष नगरसभाबाट पारित भएको ‘काठमाडौं महानगरपालिका कर्मचारी समायोजन ऐन– २०७७’ बमोजिम सबै कर्मचारीको समायोजन गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्