coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भुरुङखेल महोत्सव सम्पन्न

भुरुङखेल महोत्सव तथा क्लब भवन उद्घाटन गर्दै मेयर विद्यासुन्दर शाक्य ।तस्बिरः नीलः साय्मि/नागरिक

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भुरुङखेल महोत्सवसँगै क्लबको भवन उद्घाटन गरेका छन्। क्लब भवनको तेस्रो तल्ला थप गर्न र बाहिरी आवरण सौन्दर्यीकरण गर्न महानगरपालिकाले सहयोग गरेको थियो।

बुराँख्यः ल्याय्म्ह पुचः क्लबको आयोजनामा स्थानीय उद्यमी प्रवर्द्धननार्थ विशेष सांस्कृतिक कार्यक्रमको मेयर शाक्यले शनिबार पानसमा बत्ती बालेर उद्घाटन गरेका हन्।

काठमाडौं महानगरपालिकाको सहयोगमा स्थानीय उद्यमी प्रवर्द्धन भन्ने मूल नाराका साथ सुरु भएको उक्त कार्यक्रममा महानगरका कार्यकारी प्रमुख राजेश्वर ज्ञवालीका साथमा वडा १८ का अध्यक्ष न्हुछेकाजी महर्जन, सदस्य शोभा महर्जन,हेमज्योति शाक्यलगायत स्थानीयहरूको सहभागिता थियो।

सांस्कृतिक कार्यक्रमसँगै फुड स्टल, स्थानीय उद्यमीहरूले तयार पारेका कपडा, धातुका वस्तु तथा विभिन्न झाँकीहरूको प्रदर्शनीमा राखिएका थिए।

कार्यक्रममा क्लबका अध्यक्ष बिजु श्रेष्ठले महानगरका मेयर शाक्य तथा कार्यकारी प्रमुख ज्ञवालीलाई मायाको चिनो प्रदान गरिएका थिए। उत्सवमा तीन दशकभन्दा बढी समय संगीत क्षेत्रमा क्रियाशील फ्युजन गिटारिस्ट, संगीतकार तथा गायक द सुल्तान अफ स्ट्रिङ अनिल शाहीको नेतृत्वमा विभिन्न कलाकार, गायक र ब्यान्डले आफ्नो प्रस्तुति दिएका थिए।

प्रकाशित: ५ पुस २०७८ ०३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App