१० मंसिर २०८१ सोमबार
image/svg+xml

पानीमा डुबेर तीन बालिकाको मृत्यु

रौतहटमा पानीमा डुवेर तीन बालिकाको ज्यान गएको छ। रौतहटको ईशनाथ नगरपालिका–१ बन्जरहाका तीन बालिकाको माछा मार्ने क्रममा पानीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ।

पहिरोमा पुरिएर एकको मृत्यु, एक घाइते

अविरल वर्षातका कारण आएको पहिरोले पुरिएर जाजरकोटमा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्।

विदेशमा औषधि, स्वदेशमा मृत्यु

चीनमा च्याउलाई औषधिका रुपमा प्रयोग गर्न थालिसके तर नेपालमा भने च्याउ खाएर वर्षेनी मानिसको मृत्यु हुने गरेको छ ।

भाइरल ज्वरोको अस्पतालमै राम्रो उपचार नपाउँदा एकको ज्यान गयाे

भाइरल ज्वरोले विरामी भएर अस्पताल भर्ना भएकी एक स्कुले छात्राको ज्यान गएको छ।

बुर्किना फासोमा आतङ्ककारी आक्रमण, २९ जनाको मृत्यु

उत्तर फुर्किना फासोमा आइतबार भएका दुई ओटा आतङ्ककारी आक्रमणमा परी २९ जनाभन्दा बढीको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले सोमबार जनाएका छन्।

माछा मार्न गएका युवकको मृत्यु

तमोर नदीमा माछा मार्न गएका ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ३ लिङ्खिमका एक युवाको ज्यान गएको छ।

एसिड आक्रमणकारीलाई मृत्युदण्ड दिन सांसदको माग

सांसदहरुले एसिड आक्रमणकारीलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन्। यसका लागि कानुन संशोधन गर्नुपर्ने उनीहरुको माग छ। आइतबारको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्ने अधिकांश महिला सांसदहरुले वीरगञ्जकी १५ बर्षिया किशोरी मुस्कान खातुनमाथि भएको एसिड आक्रमण घटनाको विरोध गर्दै आक्रमणकारीलाई जन्मकैद वा फाँसीको सजाय दिनुपर्ने माग राखे।

ट्र्याक्टरको ठक्करबाट मृत्यु

दाङमा ट्र्याक्टरको ठक्करबाट एक किशोरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार तुलसीपुर उपमहानगरपालिका–६ गोलौरामा ट्र्याक्टरले ठक्कर दिँदा १४ वर्षीय अनिल विकको मृत्यु भएको हो।

दाङमा डुबेर तीन जनाको मृत्यु

दाङमा पानीमा डुबेर तीन जनाको मृत्यु भएको छ। शुुक्रवार राती दुईजना र शनिवार एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अछाममा डुबेर २ जनाको मृत्यु

खाल्डोमा जमेको पानीमा डुबेर अछाममा दुई जनाको ज्यान गएको छ। शनिवार विहान बाख्रा चराउन घर नजिकैको जंगलमा गएका १३ वर्षीय ललित बादी र १२ वर्षीय युकेश दमाईको अछामको मंगलसेन नगरपालिका वडा नं ७ जनालीमा सडकको खाल्डोमा जमेको पानीमा डुबेर ज्यान गएको हो।

चितुवाको आक्रमणबाट बालकको मृत्यु

चितुवाको आक्रमणबाट बैतडीको तल्लोस्वराडमा एक बालकको ज्यान गएको छ । शिवनाथ गाउँपालिका–२ टाणीखर्कका रामसिंह मडैका ७ वर्षीय छोरा सुदीपको चितुवाको आक्रमणबाट ज्यान गएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्