ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु, ६ घाइते
उदयपुरको लिङपिङगुङ–४ बलाम्ताको मैसङखामा बिहीबार राति १० बजे ट्याक्टर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।
उदयपुरको लिङपिङगुङ–४ बलाम्ताको मैसङखामा बिहीबार राति १० बजे ट्याक्टर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।
दाङको बंगलाचुलीमा गएराती एउटा घरमा घरमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ। बंगलाचुली गाउँपालिका वडा नम्बर ८ गुराँसेका नवराज पुनको घरमा आगलागी भएको हो।
पूर्वखोला गाउँपालिका–२, जल्पाको रमितापुरमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। पूर्वखोला गाउँपालिकाको जल्पाबाट माथागढी गाउँपालिका–८, बहादुरपुर जादै गरेको लु १ ज २६५३ नम्बरको जीप बिहीवार राती दुर्घटना भएको हो।
दाङमा जन्ती बोकेको स्कारपियो जीप र बस एक आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ। अन्य दुई जना गम्भिर घाइते भएका छन्।
रुकुम (पूर्व)मा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको सिस्ने गाउँपालिका–२ प्वाङका ५९ वर्षीय पुरवीर रोका र रुकुम (पश्चिम) मुसिकोट नगरपालिका–७ साँखका १२ वर्षीय रमेश सुनारको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
झापाको दमकमा छुट्टाछुट्टै दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। मंगलवार अपराह्न भारतीय ट्रकको ठक्करबाट पथरी शनिश्चरेका बाबुछोराको र साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।
दाङको गढवा गाउँपालिका–५ धर्मपुरमा कुलोमा डुबेर मृत्यु भएका वृद्धका आफन्त अझै सम्पर्कमा आएका छैनन्।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका १ कौशलटारस्थित भित्री सडक खण्डमा बुधबार अचेत अवस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको छ।
इन्डोनेसियाको पपुवामा पृथकतावादी समूहले गरेको आक्रमणमा परी निर्माणाधीन परियोजनामा कार्यरत कम्तीमा ३१ कामदारको मृत्यु भएको त्यहाँको प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएको छ।
आइतबार राति कैलालीको टीकापुरमा भएको दुई वटा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ।
काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा परी एक ट्राफिक प्रहरीको मृत्यु भएको छ।
औषधिको अत्यधिक प्रयोग र आत्महत्याका कारण मृत्युदर बढेसँगै संयुक्तराज्य अमेरिकामा औसत आयु यस वर्ष पुनः घटेको छ।
हात्तीको आक्रमणमा परेर माडीमा दुई जनाको मृत्यु भएको छ।
झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडास्थित गए राति आगलागी हुँदा राति सुतेको अवस्थामा एकै घरका चार जनाको मृत्यु भएको छ।
भारतको कर्नाटक राज्यमा शनिबार भएको बस दुर्घटनामा मृत्यु हुने व्यक्तिको सङ्ख्या २८ पुगेको भारतीय प्रहरीले जनाएको छ। भारतमा प्रत्येक बर्ष सडक दुर्घटनामा परी १ लाख ५० हजार व्यक्तिले ज्यान गुमाउने गरेका छन्।