१० मंसिर २०८१ सोमबार
image/svg+xml

कराँचीस्थित चिनियाँ महाबाणिज्य दूतावासमा आक्रमण, पाँच जनाको मृत्यु

पाकिस्तानको राजधानी कराँचीस्थित चिनियाँ महाबाणिज्य दूतावासमा बन्दुकधारीले आक्रमण गर्दा दुर्इ प्रहरीसहित पाँच जनाकाे मृत्यु भएकाे छ।

टिपरको ठक्करबाट एकको मृत्यु

सूर्यविनायक नगरपालिका–२ बालकोटमा बुधबार राती करिब ९ बजे एक टिपरले मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालकको मृत्यु भएको छ।

स्वास्थ्य सेवाको स्वास्थ्य

पछिल्लो समय नेपालमा मातृ मृत्युदरमा आशातित रूपमा कमी आउन नसकेको समाचार प्रकाशमा आएबाट सम्बन्धित निकाय चिन्तित हुन पुगेको छ। त्यसो त २० वर्ष अगाडिसम्म नेपालमा मातृ मृत्युदर (५४३ प्रतिलाख महिला) निकै बढी थियो।

क्यालिफोर्निया डढेलोमा मृतकको संख्या ७७ पुग्यो

क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ७७ पुगेको त्यहाँका अधिकारीले जानकारी दिएका छन्।

पानी ट्यांकरको ठक्करबाट पैदल यात्रीको मृत्यु

भक्तपुरमा आइतबार विहान भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। बिहान साढे ७ बजे भक्तपुरको मध्यपुर थिमी नगरपालिका ३ नमुना बस्तीमा बा ४ क ४२१४ नम्बरको पानी ट्यांकरले पैदल यात्री तेह्रथुम आठराई गाउँपालिका ७ घर भई हाल मध्यपुर थिमी नगरपालिका ३ गठ्ठाघर बस्ने ७८ वर्षीय नेत्र प्रसाद पराजुलीलाई ठक्कर दिँदा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु, १३ घाइते

डडेल्धुराको भागेश्वरमा यात्रु बोेकेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

छानोबाट खसेर मजदुरको मृत्यु

घरको छानोबाट खसेर जिल्लाको दक्षिणी क्षेत्र स्थित चक्रघट्टा गाउँपालिकामा घरको छानोबाट खसेर एक मजदुरको ज्यान गएको छ। चक्रघट्टा गाउँपालिका–८, औरही गाउँ निवासी शिवशङ्कर महतोको दुईतले घरको छानो मर्मत गर्ने क्रममा खसेर स्थानीय ४६ वर्षीय रामाधार रायको शुक्रबार दिउँसो ज्यान गएको प्रहरीले जनाएको छ।

दुध दुहुन खोज्दा भैंसीले हानेर ज्यान गयो

भैंसीले हानेर म्याग्दीमा एक जनाको ज्यान गएको छ। बेनी नगरपालिका–६ राउवडामा बिहिबार बिहान भकारोमा दुध दुहुन गएका ३९ बर्षीय पुष्कल सुबेदीलाई भैंसीले हानेर घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन्।

कर्णलीमा डुवेर अष्ट्रेलियन नागरिकको मृत्यु

जिल्लाको आम्ताडा स्थित कर्णाली नदीमा एक अष्ट्रेलियन नागरिकको मृत्यु भएको छ। कर्णालीमा र्‍याफ्टिङ गरिरहेको अवस्थामा डुबेर एक अष्ट्रेलियन नागरिकको मृत्यु भएको हो।

बाँदरले १२ दिने बच्चाको लियो ज्यान

आमाको काखमा दुध खाँदै गरेका बालकलाई बाँदरले खोसेर ज्यान लिएको छ। भारतको आग्रामा बाँदर घरमा एक्कासी पस्यो र आमाको काखबाटै ती बालकलाई खोस्यो र पिट्यो। त्यसपछि बालकलाई झुन्ड्याउँदै बाँदर छिमेकीको घरको छतमा पुग्यो र बालकलाई खसालिदियो। बाँदरले घाइते बनाएका ती बालकको स्थानीय अस्पतालमा पुर्याउँदा निधन भयो।

सडक दुर्घटनामा नेमकिपाकी नेतृ शाहीको मृत्यु, पति गम्भिर घाइते

बाँकेको कोहलपुरमा सडक दुर्घटनामा परी नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य गोमा शाहीको बुधबार मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्