२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

माछा मार्न गएका युवकको मृत्यु

ताप्लेजुङ– तमोर नदीमा माछा मार्न गएका ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ३ लिङ्खिमका एक युवाको ज्यान गएको छ। 

माछा मार्न गएका बेला आफूले टेकेको ढुङ्गासँगै लडेका अन्दाजी २०–२१ बर्षीय बिक्रम लिम्बूलाई माथिबाट आएको अर्काे ढुङ्गाले किचेपछि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख (डिएसपी) ज्ञानेन्द्रप्रसाद फुयाँलले शव ल्याइएको र पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाउने जानकारी दिए।

प्रकाशित: २२ भाद्र २०७६ १२:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App