२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

मोटरसाइकल र टिप्पर ठोक्किँदा एकको मृत्यु

नुवाकोटको बट्टारमा शुक्रवार मोटरसाइकल र टिप्पर एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। गगटेबाट विदुरतर्फ आइरहेको बा.५ ख २८९८ नं. को ट्रिपरले ना. ३३ प ३४६६ नंं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक २३ वर्षीय दिवाकर खनालको घटनास्थलमा नै मृत्यु भएको हो।

माटोको ढिस्कोले पुरिएर एकको मृत्यु

ओखलढुंगामा माटोको ढिस्कोले पुरिएर नर्मदेश्वरमा एक जना महिलाको ज्यान गएको छ। लिखु गाउँपालिका–४ नर्मदेश्वरकी ५५ बर्षीय सेतीमाया मगरको बिहीबार माटोको ढिस्कोले पुरिएर ज्यान गएको हो। अन्य दुईजना घाइते भएका छन्।

पूर्व राजा चढ्ने गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

पूर्व राजा ज्ञानेन्द्र शाह चढ्ने गरेको गाडीको ठक्करबाट मोरङमा एक जनाको मृत्यु भएको छ। बुधबार राति शाहले चढ्ने गरेको बा ३ च ७९६२ नम्बरको कारले मोरङ सुन्दर हरैंचा —४ मा को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार इटहरी —८ का हेम चौधरीको मृत्यु भएको हो।

दुर्घटनामा परी पूर्व सासंदसहित ३ जनाकाे मृत्यु

गुल्मीकाे मुसिकोट नगरपालिकामा सवारी दुर्घटना परी पूर्व सासंदको मृत्युु भएको छ।

खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु

सर्लाहीको हरिवन नगरपालिका–४, सासापुर तीनघरेमा इँटा उद्योगको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।

ट्याक्टरले किच्दा बालकको मृत्यु

तनहुँको म्याग्दे गाउँपालिका–५ छाङपाटनमा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ। मंगलबार साँझ खैरेनीटारबाट छाङपाटन जाँदै गरेको ग १ त ४६४४ नम्बरको ट्याक्टरले किच्दा स्थानीय १२ बर्षीय बालक विवेक परियारको मृत्यु भएको हो।

पाथीभरा मन्दिर जाँदै गरेका एक तीर्थालुको मृत्यु

ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गर्न जाँदै गरेका एक व्यक्तिको मृत्यु भएको छ। मन्दिरको दर्शनका लागि मन्दिर प्रबेशको मुख्य द्धार पुग्न लागेका सुनसरी इनरुवाका ४५ बर्षीय तुलसीप्रसाद यादवको मृत्यु भएको हो।

भिरबाट लडेर एकको मृत्यु

सिद्धिचरण नगरपालिका ७ विगुटारमा सोमबार भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थान बस्ने बर्ष ३३ को लाक्पा दावा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शेर्पा दिउँसो घरबाट गाउँतिर जाने क्रममा दोल्पु भीरबाट लडेर करिब एक सय मिटर तल पुगेर गम्भीर घाइते भएका थिए। घाइते भएका शेर्पाको ओखलढुंगा सामुदायिक अस्पतालमा  उपचारका क्रममा ज्यान गएको हो।

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार ३ को मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लहान नगरपालिका १३ भोटियाटोल चोकमा तीन जना सवार मोटर साइकललाई ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ।

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ११ गम्भीर घाइते

अर्घाखाँचीमा भएको जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क  चुत्रावेशीबाट प्यूठानको बरौला गाउँतर्फ जाँदै गरेको यात्रुबाहक जिप अर्घाखाचीको लात्तेबाझमा दुर्घटना हुँदा घटनास्थलमा दुई उपचारका लैजाँदै गर्दा एकको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्याक्टरले किच्दा एकको मुत्यु

ताप्लेजुङमा ट्याक्टरले किच्दा एकजनाको मृत्यु भएको छ। जिल्लाको आठराई त्रिवेणी गाउँपालिका– २ फूलवारीमा ट्याक्टरले किच्दा स्थानीय १५ वर्षीय युवक फिरोज प्रधानकोको मृत्यु भएको हो।

सडक खन्ने क्रममा स्काभेटर पुरिएर चालकको मृत्यु

ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका वडा नं ५ पेदाङमा निर्माण भइरहेको सडक खन्ने क्रममा माथिबाट चट्टान खस्दा स्काभेटरसंगै चालक पुरिएर मृत्यु भएको छ। मेसिनसहित पुरिएर मृत्यु हुनेमा रामेछापका २४ बर्षीय बीरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए।

सर्लाहीमा हावाहुरी, एक जनाको मृत्यु

हावाहुरीले पसलको छानो उडाएर थिच्दा सर्लाहीमा एक जनाको मृत्यु भएको छ। शनिबार दिउँसो आएको हुरीबतासले जिल्लाको दक्षिण–पश्चिम क्षेत्र अन्तर्गत रामनगर गाउँपालिका–१ स्थित एक खाजा पसलको छानोले थिच्दा स्थानीय ४५ वर्षीय पनिलाल सहनीको मृत्यु भएको हो।

ट्रक र भ्यान ठोक्किँदा सानेपामा दुई जनाको मृत्यु

सानेपामा एक ट्रक भ्यानसँग ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जनक शिक्षा सामाग्री केन्द्रको ना १ घ ५३३ नम्बरको ट्रक बा ७ च २१३१ नम्बरको भ्यानसँग ठोक्किएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्