१० मंसिर २०८१ सोमबार
image/svg+xml

गर्भवती मन्त्री साइकल चलाएरै अस्पताल पुगेपछि...

न्युजिल्यान्डकी महिला मन्त्री जुली आन गेन्टर पहिलो बच्चा जन्माउने क्रममा प्रसूतिका लागि आफैंले साइकल चलाएर अस्पताल भर्ना भएकी छिन्। साइकलप्रेमी ग्रीन पार्टीकी सांसद गेन्टरले साइकलबाट घरदेखि एक किलोमिटर टाढाको अकल्यान्ड सिटी अस्पतालसम्म यात्रा गरी प्रसूतिका लागि भर्ना भएकी थिइन। “मेरा पति र म साइकलबाटै अस्पताल आएका थियौं, तर मलाई कुनै अप्ठ्यारो भएन,” साइकलको तस्वीर सहित सामाजिक सञ्जालमा उनले लेखेकी छिन्।

गण्डकी प्रदेशमा ‘हेलो मुख्यमन्त्री’ टेलिफोन सेवा सुरु

गण्डकी प्रदेश सरकारले ‘हेलो मुख्यमन्त्री’ टेलिफोन सेवा सुरु गरेको छ। जनताको गुनासो सिधै मुख्यमन्त्रीले सुन्ने व्यवस्थाका लागि ‘हेलो मुख्यमन्त्री’ सेवा सुचारु गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

सबै सूचना दिन मिल्दैन : अाेली

प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हक संविधानले नै व्यवस्था गरे पनि सबै सूचना दिन नमिल्ने बताएका छन्।

प्रदेश २ मा प्रधानमन्त्रीलाई जरिवानाको माग

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका बरिष्ठ उपाध्यक्ष एवम् राष्ट्रिय सभाका संसदीय दलका नेता वृषेशचन्द्र लालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरित अनधिकृत रुपमा प्रदेश नम्बर २ को सभामा हिजो सम्बोधन गरेको आरोप लगाएका छन्।

पदासिन भएको ६ महिनामा प्रधानमन्त्री ओलीको सन्देश बहुभाषामा

प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवारी सम्हालेको आज ६ महिना पुगेको अवसरमा बहुभाषामा सन्देश दिंदै सुशासन र विकासको आधारशीला तयार भएको दावी गरेका छन्। शनिबार प्रदेश नम्बर २ काे प्रदेशसभामा सम्बाेधन गरेका प्रधानमन्त्री अाेलीले पहिलाेपटक देशभित्रका मातृ भाषा समेटेर बहुभाषामा अाफ्नाे सन्देश सार्वजनिक गरेका हुन्।

प्रधानमन्त्रीको अर्थपूर्ण सम्वोधन

प्रधानमन्त्री केपी ओलीले शनिबार प्रदेश २ को प्रदेश सभालाई गरेको विशेष सम्वोधनले राजनीतिक वृतलाई तरंगित बनाएको छ। प्रदेश सभामा प्रधानमन्त्रीको सम्वोधन सत्ता साझेदार दल राष्ट्रिय जनता पार्टी (राजपा) का केहि सांसदहरुले बहिस्कार गरे पनि केहि सांसदले स्वागत गरे।

एघारौं सूचना दिवसः सूचनाको हकको सम्मान गर्न प्रधानमन्त्रीको आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै निकायलाई लोकतन्त्रको मर्म अनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न आग्रह गरेका छन्। एघारौं राष्ट्रिय सूचना दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सूचनाको हकको बिषयमा कानुनी प्रक्रियाको अनुशरण गरी आफ्नो संवैधानिक हकको उपयोग गर्न सम्पूर्ण देशवासीलाई आह्वान पनि गरेका छन्।

कामु प्रधानन्यायाधीश जोशी होइन मिश्र हुन् : कानूनमन्त्री ढकाल

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कामु प्रधानन्यायाधीश दिपकराज जोशी नभएर ओमप्रकाश मिश्र नै भएको दाबी गरेका छन्। शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री ढकालले कायम मुकायम प्रधानन्यायाधीश जोशी नभएर मिश्र नै रहेको बताएका हुन्।

पाकिस्तानी प्रधानमन्त्रीलाई ओलीको बधाई, सम्बन्ध मजबुद हुने विश्वास

प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री इमरान खानलाई बधाई दिएका छन्। पूर्वक्रिकेटर समेत रहेका खानले शनिबार विहान पाकिस्तानको २२ औं प्रधानमन्त्रीको रुपमा सपथ लिएका थिए। सपथ लिएलगत्तै ओलीले बधाई सन्देश पठाउँदै खानलाई बधाई दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

विकासको नेतृत्व लिन जनप्रतिनिधिलाई प्रधानमन्त्रीकाे आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिहरुलाई विकासको नेतृत्व लिन आग्रह गरेका छन्।

प्रधानमन्त्रीले प्रदेश सभामा भने : मोदीलाई मुक्तिनाथ र जनकपुर बोलाउनुको अर्थ छ

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर दुईको प्रदेश सभालाई सम्वोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको चर्चा गरेका छन्।

प्रदेश २ मा प्रदेशसभा वैठकलाई प्रधानमन्त्री ओलीको सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नंं. २ को प्रदेशसभा वैठकलाई आज सम्बोधन गर्दै छन्।

ऐनको विराेध गर्नुकाे कुनै तुक छैन : मुख्यमन्त्री पौडेल

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले लामो छलफल र बहसपछि ल्याएको कानूनको विरोधै मात्र गर्न नहुने बताएका छन्। मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयद्वारा शुक्रबार हेटौंडामा आयोजित देवानी तथा फौजदारी संहिता कार्यान्वयन दिवस कार्यक्रममा उनले ऐनहरु कार्यान्वयन गर्न सबैको दायित्व भएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्