१५ वैशाख २०८१ शनिबार
image/svg+xml

दोलखामा कसले मार्ला बाजी ?

बहुदल आएयता प्रायः चुनावमा कम्युनिस्टको पल्ला भारी हुनेगरेको दोलखामा यसपालि भने कांग्रेस र कम्युनिस्टबीच रोचक प्रतिस्पर्धा देखिँदैछ। यसअघि दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा बहुदलयताका ५ चुनावमध्ये २०५१ मा क्षेत्र नं. १ कांग्रेस र २०६४ मा दुवै क्षेत्रमा माओवादी केन्द्रले जितेको थियो । त्यसबाहेक २०५१ मा क्षेत्र नं. २ सहित अन्य संसदीय चुनाव एमालेले जितेको थियो।

सबैभन्दा बढी उम्मेदवारी दोलखामा र कम मनाङमा

पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सबैभन्दा बढी उम्मेदवारी दोलखामा परेको छ भने सबैभन्दा कम मनाङमा परेको छ।  प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि आइतबार उम्मेदवारले मनोनयन दर्ता गरेका छन्।

दोलखामा कांग्रेसबाट नयाँ अनुहार

मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा दोलखा कांग्रेसले नयाँ अनुहार अघि सारेको छ ।  आइतबार जिल्ला निर्वाचन अधिकृतको कार्यालय चरिकोटमा कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गर्नेहरू सबै नयाँ अनुहार हुन्।

दोलखामा माओवादी केन्द्रलाई सिट नदिन एमाले भित्र चर्को लबिङ

एमाले र नेकपा माओवादी केन्द्रबीच ‘पानी बाराबार’ सम्मको टकराव सम्बन्ध रहेको दोलखामा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रलाई सिट नदिन एमाले जिल्ला नेतृत्वले पार्टी केन्द्रमा चर्को दबाब थालेको छ।

विवेकशीलले दोलखामा शिवाकोटीलार्इ उठाउने

विवेकशील साझा पार्टीले दोलखा जिल्लाबाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष तर्फ ३२ वर्षीय विजय बाबु शिवाकोटीलाई उम्मेदवार चयन गरेको छ ।  प्रतिनिधि सभा सदस्यका लागि एक र प्रदेश सभा सदस्यका लागि दुई क्षेत्र रहेको दोलखामा प्रतिनिधि सभा सदस्यका रुपमा प्रत्यक्षबाट पार्टीबाट विजयबाबुलाई उठाउने निर्णय गरिएको विवेकशील साझा पार्टीले जनाएको छ।

दोलखामा ४ रेक्टरको भूकम्प

दोलखाको खोलाखर्क केन्द्रविन्दु भई गोरखा भूकम्पको परकम्प गएको छ । सोमबार बिहान १० बजेर २९ मिनेट जाँदा ४ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

दोलखामा कांग्रेसले खाता खोल्यो, जिरीको मेयरमा अग्रता

दोलखामा कांग्रेसले खाता खोलेको छ। जिरी नगरपालिका वडा नम्बर १ मा कांग्रेसका लाक्पा शेर्पा वडाध्यक्ष निर्वाचित भएका छन्। त्यहाँ सबै वडा सदस्य समेत कांग्रेसले जितेको छ।

हिसांकाबीच दोलखामा चुनाव

एक जनाको ज्यान जाने गरी भएको घटना सहित केही स्थानमा झडप र हिंसाबीच दोलखामा स्थानीय तह निर्वाचन सम्पन्न भएको छ।

दोलखामा कांग्रेस – माओवादी केन्द्र तालमेल

जिल्लामा चुनावी तालमेल गरेका कांग्रेस र माओवादी केन्द्रले ४ ओटा पालिकामा उम्मेदवार ब्यबस्थापन गर्न नसक्दा दर्ताका बखत दुवै दलका छुट्टा छुट्टै उम्मेदवारी परे।

दोलखामा काँग्रेस र माओवादी केन्द्रबीच तालमेल

स्थानीय तह निर्वाचनमा दोलखामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन् ।

दोलखामा एमालेले उम्मेदवार छान्यो

दोलखामा नेकपा एमालेले स्थानीय तहका उम्मेदवारको टुंगो लगाएको छ। प्रमुख पदहरुमा जिल्ला स्तरका नेता आफैले टिकट लिएका छन्। जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेल तामाकोशी गाउँपालिकाको प्रमुख पदको उम्मेदवार बनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्