२३ आश्विन २०८१ बुधबार
image/svg+xml

द्वन्द्वकालीन मुद्दालाई विशेष अदालत

बलात्कार, यातना, कब्जामा गरिएको हत्या र बेपत्ता जस्ता गम्भीर अपराधमा उन्मुक्ति नदिने त भनिएको छ तर विशेष अदालत गठन गरेर अहिले विचाराधीन माथिल्लो अदालतका मुद्दासमेत सार्ने जुन प्रयास भइरहेको छ यसबाट अन्तर्राष्ट्रिय मापदण्डबमोजिमको काम हुन्छ नै भन्ने सुनिश्चित छैन।

धोनीविरुद्धको मुद्दा खारेज

भारतको उच्च अदालतले एकदिवसीय क्रिकेटका कप्तान महेन्द्रसिंह धोनीविरुद्धको आपराधिक मुद्दा खारेज गरिदिएको छ।

मानव बेचबिखन मुद्दामा ७० वर्षीय वृद्ध जेल परे

मानव बेचबिखनको मुद्दामा गुल्मीका एक वृद्ध दश वर्षका लागि कारागार चलान भएका छन्। यसरी कारागार चलान हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका–१४ निवासी ७० वर्षीय धनबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

द्वन्द्वकालीन मुद्दा हेर्न छुट्टै विशेष अदालत

सरकारले द्वन्द्वकालीन मुद्दा सुनुवाइ गर्न अलग्गै विशेष अदालतको आवश्यकता औंल्याउँदै यसका लागि कानुन बनाउन गृहकार्य थालेको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्यनिरुपण र मेलमिलाप ऐनको व्यवस्थाअनुसार सम्बद्ध आयोगबाट सिफारिस भएर आउने मुद्दा सुनुवाइ गर्न अलग्गै अदालत गठन गर्न लागिएको हो।

एसिड आक्रमण सम्बन्धि मुद्दा प्राथमिकतामा

सर्वोच्च अदालतले एसिड आक्रमण गर्ने व्यक्तिलाई जघन्य अपराध अन्तर्गत कारबाही हुनु पर्ने माग दाबी गरिएको मुद्दालाई प्राथमिकताका साथ सुनुवाई गर्ने भएको छ। एसिड आक्रमण अपराध गर्ने व्यक्तिलाई सजाय गर्ने कानुन छिटो निर्माण हुन आवश्यक देखिएको भन्दै सर्वोच्चले अग्राधिकार दिई सुनुवाई गर्ने सूचिमा राखेको हो।

बाल बिबाह गर्ने विरुद्ध मुद्दा

बाजुरा- जिल्ला अदालतमा बाल विवाहको मुद्दा दर्ता भएको छ। केटी पक्षको आफन्तको नामबाट जिल्ला अदालत बाजुरामा मुद्दा दर्ता गरिएको हो। बाल विवाहको मुद्दा पहिलो पटक अदालतमा दर्ता गरिएको प्रहरी नायव निरीक्षक कृष्ण खड्काले बताए।

नेपालीलाई चौकीदारसँग तुलना गरेको भन्दै फ्लिपकार्ड विरुद्ध मुद्दा दर्ता

गोरखा युवा तथा विद्यार्थी संगठनले उक्त नयाँ विज्ञापनमा एक बालकलाई नेपाली भादगाउँले टोपीमा चौकीदारको रुपमा प्रस्तुत गरेको र त्यसले विश्वभर रहेका सारा नेपालीको अपमान भएको भन्दै दिल्ली प्रहरीमा मुद्दा दर्ता गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।

मधेसका ३ सय ५० आन्दोलनकारीलाई मुद्दा

नयाँ संविधानप्रति बिमति जनाउँदै तराई–मधेस केन्द्रित दलले गरेको आन्दोलनको क्रममा ३ सय ५० भन्दा बढीलाई बिभिन्न खाले मुद्दा लगाइएको खुलेको छ । गृह मन्त्रालयले तयार पारेको सूची अनुसार उक्त संख्या बराबरका आन्दोलनकारीलाई बिभिन्न आरोपमा मुद्दा लगाइएको खुलेको हो। टिकापुरमा प्रहरी आक्रमणदेखि महोत्तरीमा प्रहरीलाई थुतेर मार्नेहरुको पहिचान गरी त्यस्ता व्यक्तिलाई सूचीमा समावेश छन्।

पुरानो मुद्दा, नयाँ सरकार

सरकार गठन/विघटन नियमित भई नै रहेको छ । प्रधान मन्त्रीहरुका भाषण, आरोप÷प्रत्यारोप, नाटक दिनहुँ देखिरहेका छौँ।

संवैधानिक इजलासमा मुद्दा अलपत्र

काठमाडौं-न्यायपरिषद्मा आफूनिकटका कानुन व्यवसायीलाई पार्ने दलीय होडबाजीले संवैधानिक विवादको निरूपण माग गर्दै अदालत पुगेका मुद्दाको सुनुवाइ अघि बढ्न सकेको छैन।

४६ करोड बिगो दाबी गरेको मुद्दा अख्तियारले हार्‍यो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४६ करोड ५६ लाख बिगो दाबी सहितको एउटा मुद्दा विशेष अदालतमा हारेको छ।

भ्रष्टाचार मुद्दामा ल्हारक्यालसँग १ करोड धरौटी माग

काठमाडौं— विशेष अदालतले विवादास्पद तथा निलम्वित माओवादी केन्द्रका सांसद ल्हारक्याल लामासँग १ करोड धरौटी माग गरेको छ। गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा पहिलो सुनुवाई गर्दै बुधबार विशेषले उक्त रकम धरौटी माग गरेको हो।

क्लिन्टन विरुद्ध मुद्दा दर्ता

अमेरिकी राष्ट्रपतीय चुनावमा डेमोक्रयाटिक पार्टीकातर्फबाट उमेद्वार रहेकी हिलारी क्लिन्टन विरुद्ध मुद्दा दर्ता भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

मालपोत अधिकृतविरुद्ध मुद्दा

काठमाडौँ-सार्वजनिक पदमा बहाल रहँदा मालपोत कार्यालय कलङ्कीका अधिकृत जीवनाथ सिवाकोटीले स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

ऋण असुली न्यायाधीकरणका तत्कालीन उपसचिव ढुङ्गानाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऋण असुली न्यायाधीकरणका तत्कालीन उपसचिव इन्द्रप्रसाद ढुङ्गानाले गैरकानुनी रुपमा रु एक करोड ९६ लाख ८२ हजार २५४ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्