२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्लिन्टन विरुद्ध मुद्दा दर्ता

वासिङटन–अमेरिकी राष्ट्रपतीय चुनावमा डेमोक्रयाटिक पार्टीकातर्फबाट उमेद्वार रहेकी हिलारी क्लिन्टन विरुद्ध मुद्दा दर्ता भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। क्लिन्टनमाथि सन् २०१२ मा लिबियाको बनगाजी शरहमा रहेको मारिएका दुई अमेरिकी नागरिकका अविभावकले वारिङटन डिसीस्थित एक  अदाततमा मुद्दा दर्ता गरेका हुन्।

उक्त हमलामा मारिएका प्याट्रिका स्मिथ र चाल्र्स उड्सका अविभावकले हिलारीले इमेलमार्फत सूचना चुवाहट गरेका कारण आफ्ना सन्तान गुमाउनु परेको भन्दै मानहानीको मुद्दासमेत दर्ता गरेका छन्।

सन् २०१२ मा लिभियामा रहेको अमेरिकी कुटनीतिक प्रतिनिधि बस्ने कम्पाउन्ड भित्र भएको आक्रमणमा शेन स्मिथ र टाइरन उड्सका साथै अन्य दुई अमेरिकी नागरिक मारिएका थिए। तर क्लिन्टनलाई अमेरिकाको रिपब्लिकन हाउस अफ कमिटीले यस अघिनै उक्त घटनामा सफाइ दिइसकेको छ। यस मुद्दाले हिलारीको चुनावी अभियानमा केही असर पर्ने विष्लेशकले बताएका छन्।

 

प्रकाशित: २६ श्रावण २०७३ ०६:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App