२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

घुससहित समातिएका नेपालगन्ज भन्सारका नायव सुब्बाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५२ हजार घुससहित पक्राउ परेका नेपालगन्ज भन्सार कार्यालयका नायव सुब्बा लक्ष्मण बहादुर चन्दविरुद्ध  विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। चन्दले भन्सारबाट आयात हुने चामललगायत अन्य सामानहरुको प्रज्ञापन पत्र बनाइदिने तथा भन्सार जाँच पासमा सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग घुस रकम माग गरिरहेको उजुरीको आधारमा अख्तियार बुटवलअन्तर्गतको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले ५२ हजार घुससहित नियन्त्रणमा लिएको थियो।

व्यवस्थित बन्यो महेन्द्रनगर बसपार्क, यात्रुलाई दुःख दिने १४ जनाविरुद्ध मुद्दा

कञ्चनपुरको सदरमुकाममा रहेको महेन्द्रनगर बसपार्क व्यवस्थित बनेको छ। स्थानीय प्रशासन, यातायात व्यवसायी, प्रहरी, होटल व्यवसायी र स्थानीयको सक्रियतामा जिल्लाकै नमूना बसपार्क व्यवस्थित बनेको हो। बसपार्क व्यवस्थित गर्न महाकाली यातायातका अध्यक्ष डम्बर पन्त, पवनदूतका केशव जोशी, नमस्ते शुक्लाफाँटाका दिलीप कुँवर, ट्राफिक प्रहरी निरीक्षक भरत शाह, वडा प्रहरी कार्यालय प्रमुख र जिल्ला प्रहरी कार्यालयका डिएसपीले अगुवाई गरेका थिए।

देशभरका न्यायाधीश काठमाडौंमा, तीन दिन मुद्दा नहेरिने

सर्वोच्च अदालत र मातहतका अदालतमा बुधबार कुनै पनि मुद्दाका पेशी तोकिएनन्। बुधबारदेखि सुरु भएको तेस्रो न्यायाधीश सम्मेलनमा भाग लिन देशभरका सबै अदालतका न्यायाधीश काठमाडौं आएका कारण पेशी नतोकिएकाले मुद्दामा सुनुवाइ नभएको हो।

विदेशमा रहेका नेपालीमाझ पूर्वमाओवादी नेता ‘तारो’ बन्दै

त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘त्यहाँ त नेपालीले नेपाली नेतालाई सम्मान गरेको पाइनँ।’

एसियाली आर्थिक मुद्दाको साझा थलो पोआउ मञ्च

बिहीबार बिहान चीनको दक्षिणमा रहेको टापु हाइनानको पो आउ (अंग्रेजीमा बोआवो)मा पोआउ एसिया मञ्चको वार्षिक सम्मेलन सुरु भयो। सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै चीनका प्रधानमन्त्री ली ख छ्याङले वैदेशिक लगानी कानुन पारित गरेर चीनले विदेशी लगानीलाई अझै सहज बनाएको औंल्याए। ‘साझा भाग्य, साझा प्रयास र साझा विकास’ मुख्य विषय रहेको पोआउ सम्मेलनले विशेषगरी आर्थिक मुद्दालाई प्राथमिकतामा राख्ने गरेको छ। चालु वर्षको वार्षिक सम्मेलनमा ६० मुलुक तथा क्षेत्रका दुई हजार प्रतिनिधि सहभागी छन्।

आठ महिनामा दुई सय ३७ मुद्दा फस्र्योट

नयाँ र पुराना गरी पाँच सय मुद्दा रहेको नुवाकोट जिल्ला अदालतले फागुन मसान्तसम्ममा दुई सय ३७ वटा मुद्दा फस्र्योट गरेको छ। सो अदालतमा आर्थिक वर्ष सुरु हुँदा दुई सय ४९ मुद्दा फस्र्योट हुन बाँकी थिए भने फागुन मसान्तसम्ममा तीन सय आटवटा नयाँ मुद्दा थपिएका थिए।

राष्ट्रिय मुद्दामा नेतृत्व स्पष्ट भएन : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रिय मुद्दामा स्पष्ट दृष्टिकोणसहित पार्टीलाई गतिशिल बनाउन नसकेको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका छन्। उनले कांग्रेसले आर्थिक क्रान्ति र समृद्धिको अभियानको नेतृत्व गर्ने हो भने अहिलेकै अवस्थाको पार्टीले गतिशिलता अपर्याप्त हुने बताए।

आर्थिक वर्षको ८ महिनामा २ सय ३७ वटा मुद्दा फर्स्यौट

नुवाकोट जिल्ला अदालतमा आर्थिक वर्ष सुरु हुँदा २ सय ४९ वटा मुद्दा फर्स्यौट हुन बाँकी रहेका थिए। फागुन मसान्त सम्ममा ३ सय ८ वटा नयाँ मुद्दा थपिए।

विप्लवका कोसी ब्यूरो इञ्चार्ज श्रेष्ठलाई संगठित अपराधमा म्याद थप

आइतबार राति मोरङबाट पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कोसी ब्युरो इञ्चार्ज घनश्याम श्रेष्ठ (पुस्कर) सहित दुई जनालाई धरानमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

जुम्लामा पहिलोपटक बालविवाह मुद्दा दर्ता

तिला गाउँपालिका ३ की परिवर्तित नाम जेटक्यू लाई चन्दननाथ नगरपालिका १० वस्ने दीपक कामीले ललाईफकाई भगाएको जाहेरी जिल्ला प्रहरी कार्यालयमा परेपछि पहिलो पटक जिल्लामा बालविवाह कसुर मुद्दा दर्ता भएको हो।

राजस्व चुहावटमा संलग्नविरुद्ध १७ करोडको मुद्दा

विभागले भारतबाट भन्सार चोरी पैठारी गरी ३२ किलो सुन नेपाल भित्र्याएर राजस्व चुहावट गरेकोे आरोपमा लक्ष्मण तिरुवा, सुरज तिरुवा, सरिता तिरुवा, शंकरबहादुर विक र इन्दिरा विकविरुद्ध आइतबार कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

जनमत संग्रह अनावश्यक

संविधान जारी भएयता मुलुकमा निर्णय गर्नुपर्ने विवादास्पद राजनीतिक मुद्दा निरुपण भइसकेका छन्। तैपनि पटक–पटक यस्ता मुद्दा उछालेर मुलुकलाई फेरि द्वन्द्वतर्फ लैजाने प्रयास भइरहेका छन्। संविधानमार्फत समाधान भइसकेका मुद्दामा फेरि जनमत संग्रह गर्नुपर्ने मागको औचित्यमा प्रश्न गर्ने ठाउँ छन्। यस्ता कुनै राजनीतिक प्रश्न भए संविधान जारी हुनुअघि उठाउनु र निरुपण गर्नु उचित हुन्थ्यो।

नेताकाे मात्र व्यवस्थापन, मुद्दा उस्तै

झन्डै एक दशक (जेठ ०६९) देखि मधेसको राजनीतिलाई बेग्लै धारमा ‘स्वतन्त्र मधेस’ तरंगित गर्दै आएका डा.सिके राउतको नामले परिचित चन्द्रकान्त (सिके) राउतसँग शुक्रबार सरकारले ११ बुँदे सहमति गरेर आफ्ना एजेन्डा विसाएका छन्।

ठगी मुद्दामा चिन्तन पुर्पक्षको लागि थुनामा

तीन करोड ३५ लाख ठगी मुद्दामा डा. गोपाल शिवाकोटी चिन्तनलाई अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ। यसअघि अदालतमा बयान दिन इन्कार गरेका उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश सूर्यनाथ अधिकारीको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको हो। सिवाकोटी सहित अर्का अभियुक्त बद्री थापालाई पनि थुनामा पठाइएको हो।

प्रहरी नायब निरीक्षक घिमिरेविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी प्रहरी सेवामा प्रवेश गरेका प्रहरी नायब निरीक्षक प्रकाशचन्द्र घिमिरेविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्