धनकुटा बस दुघर्टनाः १३ को मृत्यु, २८ घाइते
धनकुटा– कोसी राजमार्गअन्र्तगत धनकुटाको सिधुवाबजार नजिकै भएको यात्रुबाहक बस दुघर्टनामा १३ जनाको ज्यान गएको छ भने २८ जना यात्रु घाइते भएका छन्। सात जनाको घट्नास्थलमै र ६ जनाको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ। बसमा ४१ यात्रु सवार थिए।